• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

यस्तो छ विवाहसम्बन्धी कानुन संशोधन मसौदा

  •   सोमबार, साउन १९, २०८२ मा प्रकाशित

पुरुषले बहुविवाह गर्न पाउने गरी मुलुकी अपराधसंहिताको व्यवस्था संशोधन गर्न लागेको भन्दै सरकारको आलोचना भइरहेको छ । अपराधसंहिताको दफा १७५ संशोधन गरी उक्त व्यवस्था गर्न लागिएको भन्दै सरोकारवालाले बताए पनि मन्त्रीपरिषद्मा विचाराधीन विधेयकको मसौदा भने फरक रहेको पाइएको छ । कानुनमन्त्री अजयकुमार चौरसियाले कसुर यथावत् राखेर निश्चित परिस्थितिमा विवाह बदर नहुने व्यवस्था थप गर्न लागिएको बताउनुभयो ।

चौरसियाले भन्नुभयो, “गलत गर्ने व्यक्तिलाई कसुरमा हुने सजाय यथावत् राखेर निश्चित अवस्थामा बहुविवाह बदर नहुने प्रस्ताव गरिएको हो । सन्तानको अधिकार सुनिश्चित हुनु पर्छ भनेर यो व्यवस्था गर्न लागिएको हो । मसौदामा कुनै दुबिधा रहेमा प्रस्ट पार्न सकिन्छ तर बहुविवाहलाई कानुनी मान्यता दिन प्रस्ताव तयार भएको होइन, त्यस्तो मनासाय पनि छैन ।”

अपराधसंहिता संशोधनका लागि बनेको विधेयकको प्रारम्भिक मसौदामा प्राप्त सुझाव अनुसार प्रचलित व्यवस्था संशोधन गर्न लागिएको हो । संशोधन गर्न लागिएकामध्ये दफा १७५ को बहुविवाह गर्न नहुने व्यवस्था पनि एक छ । उक्त दफामा नयाँ व्यवस्था थप गर्न मसौदामा प्रस्ताव गरिएको छ । दफा १७५ (५) संशोधनका लागि प्रस्तावित व्यवस्थामा भनिएको छ, “…जुनसुकै कुरा लेखिएको भए तापनि वैवाहिक सम्बन्धबाट बच्चाको जन्म भइसकेको वा महिला गर्भवती रहेको भए वहुविवाहको कसुरमा सजाय भएको कारणले मात्र त्यस्तो विवाह बदर हुने छैन ।”

मसौदामा संलग्न अधिकारीका अनुसार यसअघि यस्तो विवाह स्वतः बदरयोग्य थियो । जसको परिणामले बच्चा जन्मिए पनि केही कानुनी हक स्थापित गर्न कठिनाइ भएकाले कसुर कायमै राखेर विवाह बदर नहुने व्यवस्था गर्न लागिएको हो । प्रचलनमै रहेको मुलुकी देवानीसंहिताको दफा ७५ को व्यवस्था पर्याप्त नरहेकाले यस्तो व्यवस्था गर्न लागिएको उनीहरूको भनाइ छ । देवानीसंहिताको दफा ७५ ले विवाह बदर भए पनि जन्मिएको शिशुको कानुनी हकमा कुनै असर नपर्ने व्यवस्था गरेको छ ।

अपराधसंहिताको अहिलेको प्रस्तावित विधेयकमा कुनै पुरुष वा महिलाले वैवाहिक अवस्था झुक्याई विवाह गरेमा ढाँट्ने व्यक्तिबाट पीडितलाई क्षतिपूर्ति भराउने प्रस्ताव गरेको छ । ढाँटेर विवाह गरेमा ढाँट्नेले क्षतिपूर्ति दिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको हो । सरकारले प्रचलनमा रहेको देवानीसंहिताको दफा ७२ मा रहेको विवाह बदर हुने अवस्थामा तात्त्विक असर पर्ने गरी कुनै संशोधन प्रस्ताव अघि बढाएको छैन ।

सरकारले दफा १७५ संशोधन प्रस्तावमा पुरुषले मात्र बहुविवाह गर्छन् भन्ने व्यवस्था संशोधन गर्न लागेको छ । बहुविवाहमा हुने कैद र जरिबानाको व्यवस्था हालकै यथावत् राखिएको छ । बहुविवाहमा अहिले न्यूनतम एक वर्षदेखि पाँच वर्षसम्म कैद र कम्तीमा १० हजारदेखि ५० हजार रुपियाँसम्म जरिबानाको व्यवस्था छ ।

सोमबार, साउन १९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.