दुर्गा दाहाल, बैशाख ३१ ,चितवन। राप्तीको भण्डारा माविमा राति १ बजेबाट मत गणना सुरु भएको थियो । सुरुमा राप्ती ६ को मत गणना सुरु गरीएको हो । राप्ती वडा नं.६ को ३ सय मत गणना हुदा मेयर र उपमेयरमा एमालेको अग्रता रहेको छ ।
मतगणनाको प्रारम्भिक नतिजामा एमालेले अग्रता कायम गरेको हो । मेयरमा एमालेका गोविन्दप्रसाद कडेलले १ सय ५२ मत प्राप्त गरेका छन् भने गठबन्धनको तर्फबाट नेकपा एकिकृत समाजवादीका शमसेर लामाले १ सय ३ मत प्राप्त गरेका छन । राप्रपाका मनोज अधिकारीले १, राष्ट्रिय नागरिक पार्टिका बिक्रमी महतोले ५, मौलिक जरोकिलो पार्टिका कुशल पाठकले १ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपमेयरमा एमालेकी मेनुका पाठकले १ सय ७० र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका देवेन्द्र लामाले ९७ मत प्राप्त गरेका छन । राष्ट्रिय नागरिक पार्टिका जितबहादुर बिकले २ मत प्राप्त गरेका छन् । त्यसैगरी राप्ती ६ को वडा अध्यक्षमा एमालेबाट जलु चौधरी थारुले १ सय ८३, नेपाली कांग्रेसबाट बिक्रम चौधरीले ८७ र नेकपा एकिकृत समाजबादीबाट शुक्रराज चौधरीले ८ मत प्राप्त गरेका छन् । यस राप्ती वडा नम्बर ६ मा ३४ सय ८२ मत खसेको थियो


