• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

रुस-युक्रेन वार्ताका लागि जेलन्स्की र युरोपेली नेताहरु व्हाइट हाउसतर्फ

  •   सोमबार, भदौ ०२, २०८२ मा प्रकाशित

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच आज वाशिङटनमा भेटवार्ता हुँदैछ । यसअघि व्हाइट हाउसमा दुबैबीच तिक्ततापूर्ण भेटपछि यसपटक जेलेन्स्की यूरोपेली सहयोगी नेताहरूसहित वाशिङटन पुग्नुभएको छ ।

नाटोका महासचिव मार्क रुट्टे र बेलायतका प्रधानमन्त्री सर कियर स्टार्मर पनि रसियासँगको युद्ध अन्त्य गर्ने छलफलका लागि जेलेन्स्कीसँग वाशिङटन जानुहुनेछ ।

रसियासँगको युद्ध अन्त्यबारे अलास्कामा सम्पन्न ट्रम्प–पुटिन शिखरवार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले तत्काल युद्धविरामको माग छाडेर स्थायी शान्ति सम्झौताको पक्षमा उभिनुभएको थियो ।

आजको भेटका लागि फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोँ, इटलीकी प्रधानमन्त्री जियोर्जिया मेलोनी, जर्मनीका चान्सलर फ्रिड्रिख मर्ज, फिनल्यान्डका राष्ट्रपति अलेक्जान्डर स्टुब र यूरोपेली आयोगकी अध्यक्ष उर्सुला भन डेर लेयेन पनि वाशिङटन जानुहुँदैछ । तर उनीहरूमध्ये कति जना व्हाइट हाउस पुग्नेछन् भन्ने स्पष्ट पारिएको छैन ।

यति धेरै राष्ट्रप्रमुखहरू अटलान्टिक पार गरेर रुस-युक्रेन संकट समाधान गर्ने बैठकमा उपस्थित हुनु आधुनिक इतिहासमै अभूतपूर्व देखिन्छ, जसले यस घटनाको उच्च महत्त्वलाई देखाउँछ ।

कूटनीतिक स्रोतका अनुसार गत शुक्रबार भएको ट्रम्प–पुटिन भेटमा जेलेन्स्कीलाई सहभागी नगराइनुले ट्रम्पले जेलेन्स्कीलाई कुनै सम्झौतामा दबाब दिन सक्ने भन्दै यूरोपेली अधिकारीहरुले चिन्ता र चासो व्यक्त गरेका छन् ।

तर अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सीबीएससँग कुरा गर्दै जेलेन्स्कीलाई ट्रम्पले दबाब दिएर सम्झौतामा बाध्य पार्ने भन्ने अडकललाई “मिडियाको मूर्ख कथा” भन्नुभएको छ ।

नाटो नेताहरू पनि फेब्रुअरीमा भएको झैँ जेलेन्स्कीको ट्रम्प र उपराष्ट्रपति जे.डी. भान्ससँगको भेट दुबै पक्षबीच विवादमा अन्त्य नहोस् भन्ने चाहन्छन् । त्यतिबेला ट्रम्पले जेलेन्स्कीलाई “तिमी त तेस्रो विश्वयुद्धसँग जुवा खेल्दैछौ” भनेर आरोप लगाएपछि दुबै देशबीचको सम्बन्ध चर्किएको थियो ।

यूरोपेली नेताहरूले त्यसयता सम्बन्ध सुधार्न पर्दापछाडि निकै मेहनत गरेका छन् । जेलेन्स्कीलाई पनि “डिल मेकिङ” शैलीमा कुरा गर्न सल्लाह दिइएको छ ।

सोमबार, भदौ ०२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.