पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरू जवाफदेही बन्नुपर्ने बताउनु भएको छ । बिहीबार मदन भण्डारीको ७५ औँ जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै यस्तो बताउनु भएको हो ।
आफूले अहिले दलहरूले गरेका कामकारबाहीबारे सबै कुरा नजिकबाट हेरिसकेको समेत बताउनु भयो । उहाँले आफू माले हुँदै एमाले भएको स्मरण गर्दै त्यसवेला मार्क्सवादी र मालेबिच एकता भएर नेकपा एमाले भएको उल्लेख गर्नुभयो । उहाँले पार्टीभित्र विकृति विसङ्गति फस्टाएको भन्दै त्यसलाई समाधान गर्न नसकेको बताउनु भयो । ‘राजनीतिक दलहरूले देशमा सुशासन प्रवर्द्धन गर्नुपर्ने हो । संस्थागत हिसाबले सिस्टम र प्रणालीमा जान सकेका छैनन् । राज्य संयन्त्र पनि प्रणालीमा सञ्चालनमा हुन सकेका छैनन्’, उनले संसद् नै निरीह थलो बनेको छ ।
उहाँले दलहरूले संविधान संशोधन गर्ने भनेर सहमति गरे पनि समस्याको समाधान गर्न छलफल हुन नसकेको भन्दै निर्वाचित भएका जनप्रतिनिधिहरूले आदर्श अनुसार काम गर्नुपर्ने बताउनु भयो । ‘संसदका केही ठुला दलका नेताहरू निलम्बन यात्रा भोगिरहेका छन् । जनताले निर्वाचित गरेकाहरु प्रमाणित नभएसम्म दोषी हुँदैन तर पनि निलम्बन भइरहेको छ’, भण्डारीले शिक्षासम्बन्धी राम्रो कानुन बन्न नसकेको बताउनु भयो ।
नयाँ पुस्ताको अपेक्षा अनुसार शिक्षा नीति बन्नुपर्ने भन्दै उहाँले कपिपेस्ट शिक्षाले पलायनतिर धकेल्ने दाबी गर्नुभयो ।


