जेठ १, गैंडाकोट । गैंडाकोट नगरपालिका वडा नं १७ को वडा अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार गोपी कडेल विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका रत्न बहादुर खड्कालाई ५ मतको मतान्तरमा पछि पार्दै कँडेल विजयी हुनुभएको हो ।
कँडेलले ३४२ मत प्राप्त गर्नुभएको थियो । यो वडामा गठबन्धनका दलहरुवीच मित्रवत प्रतिस्पर्धा भएको थियो ।यस्तै गैँडाकोट १ मा नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्ष सुरेन्द्रप्रसाद रेग्मी विजयी हुनु भएको छ ।
तपाईको प्रतिक्रिया



