• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

इजरायल र हमासबिच युद्धविराम : दुई वर्ष चलेको युद्ध अन्त्य हुँदै

  •   शुक्रबार, असोज २४, २०८२ मा प्रकाशित

काठमाडौँ, असोज २४ गते । इजरायल र हमासबिच दुई वर्षदेखि चलेको युद्ध अन्त्य हुने भएको छ । अमेरिका, इजिप्ट, कतार र टर्कीको पहलमा युद्धविराम गर्न दुवै पक्ष सहमत भएपछि जारी युद्ध अन्त्य हुन लागेको हो । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासबिच गाजाको युद्ध अन्त्यतर्फको ‘पहिलो चरण’ को सम्झौतामा सहमति भएको घोषणा गर्नु भएको छ । उहाँले आफ्नो २० बुँदे शान्ति योजना अन्तर्गत इजिप्टमा भएको वार्तापछि घोषणा गर्दै भन्नुभयो, “म विश्वस्त छु, सबै बन्धक सोमबारसम्म फिर्ता हुने छन् ।” विश्व नेताहरूले बिहीबार शान्तिको नयाँ आशा व्यक्त गर्दै दुवै पक्षलाई प्रतिबद्धता पूरा गर्न आग्रह गरेका छन् । यो सम्झौतालाई गाजामा दुई वर्ष लामो विनाशकारी युद्धको अन्त्यतर्फको ठुलो कूटनीतिक उपलब्धि मानिएको अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको छ ।

ट्रम्पका अनुसार हमासले आगामी दिनमा सबै २० जना जीवित इजरायली बन्धकलाई मुक्त गर्ने छ, जसको सट्टामा प्यालेस्टिनी कैदी रिहा गरिने छन् । साथै इजरायली सेना गाजाको अधिकांश भागबाट फिर्ता हुन सुरु गर्ने छ ।

“यसको अर्थ के हो भने सबै बन्धक चाँडै आफ्ना घर फर्किने छन् र इजरायलले बलियो, दीर्घकालीन र चिरस्थायी शान्तिको दिशामा पहिलो कदमका रूपमा सहमत रेखासम्म आफ्नो सेना फिर्ता लिनेछ,” राष्ट्रपति ट्रम्पले भन्नुभयो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भन्नुभयो, “भगवान्को कृपाले हामी सबैलाई घर ल्याउने छौँ ।” संयुक्त राष्ट्रसङ्घका महासचिव  एन्टोनियो गुटेर्रेसले भन्नुभयो, “संयुक्त राष्ट्रसङ्घले सम्झौताको पूर्ण कार्यान्वयनलाई समर्थन गर्ने छ र गाजामा दिगो मानवीय राहत, पुनर्निर्माण र पुनस्र्थापनाका प्रयासलाई तीव्र पार्ने छ ।”

“यो अवसरले कब्जाको अन्त्यतर्फ विश्वसनीय राजनीतिक मार्ग निर्माण गर्न, प्यालेस्टिनी जनताको आत्मनिर्णयको अधिकारलाई सम्मान गर्न र इजरायली तथा प्यालेस्टिनी दुवै जनतालाई शान्ति र सुरक्षामा जीवन यापन गर्न सक्षम बनाउने दुई–राज्य समाधानको दिशामा अघि बढ्न सहयोग पु¥याउने छ,” उहाँले भन्नुभयो ।

जापानका मुख्य क्याबिनेट सचिव योसिमासा हयासीले पत्रकारहरूलाई सम्बोधन गर्दै भन्नुभयो, “जापानले सहभागी पक्षहरूबिच ‘पहिलो चरण’ मा सहमति भएकोमा स्वागत गर्दछ । यो सम्झौता द्वन्द्व शमन र दुई–राज्य समाधानतर्फको महत्वपूर्ण कदम हो ।” क्यानडाका प्रधानमन्त्री मार्क कार्नी, अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेई, मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम, अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिज, न्युजिल्यान्डका विदेशमन्त्री विन्स्टन पिटर्सलगायतले युद्धविराम गर्ने सहमतिको स्वागत गर्नुभएको छ ।

गाजाका विस्थापित नागरिक समीर जुदेहले भन्नुभयो, “दुई वर्षसम्म हामी निरन्तर बम, आतङ्क, विनाश र मृत्युको डरमा बाँच्यौँ । आज जब यो खबर सुनेँ, खुसीका आँसु रोक्न सकिनँ । अब हामीलाई अन्ततः शान्तिको सास फेर्ने मौका मिलेको अनुभूति भइरहेको छ ।”

हमास स्रोतका अनुसार इजरायलमा आजीवन कारावास सजाय पाएका २५० जना र एक हजार सात सय अन्य प्यालेस्टिनी कैदीहरूलाई रिहा गरिने छ । सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि हमासले आक्रमण गरी एक हजार २१९ नागरिकको हत्या गरेपछि इजरायल प्रत्याक्रमणमा उत्रिएसँगै युद्धले चरम विनाशकारी रूप लिएको हो । हमासको आक्रमणमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने नेपाली विद्यार्थी विपिन जोशीलाई बन्धक बनाएर लगेका थिए ।

हमासले २५१ जनालाई गाजामा बन्धक बनाइएकोमा ४७ जना अझै बाँकी छन् । इजरायली सेनाका अनुसार तीमध्ये २५ जनाको मृत्यु भइसकेको छ । हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको सैन्य आक्रमणमा कम्तीमा ६७ हजार १८३ प्यालेस्टिनीको मृत्यु भएको छ । मृतकमध्ये आधाभन्दा बढी महिला र बालबालिका रहेको जनाइएको छ । यो युद्धमा एक लाखभन्दा बढी प्यालेस्टिनी घाइते भएका छन् । इजरायलमा पाँच हजारभन्दा बढी नेपाली कार्यरत छन् ।

इजरायलमा मारिएका १० नेपाली विद्यार्थी

हमासको आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएका थिए । मारिनेमा घोडाघोडी–४, कैलालीका नारायणप्रसाद न्यौपाने, जयपृथ्वी–६, बझाङका गणेशकुमार नेपाली, बौनियाँ–३, कैलालीका आशिष चौधरी, लेकम–५, दार्चुलाका दीपेशराज बिष्ट, पचनाली–३, डोटीका राजन फुलारा हुनुहुन्छ ।

यस्तै लामिखाल–८, डोटीका पदम थापा, शारदा–३, सल्यानका प्रवेश भण्डारी, मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्रसिंह धामी, सपही–६, धनुषाका आनन्द साह र मधुवन–१, सुनसरीका राजेशकुमार स्वर्णकारको पनि सोही आक्रमणमा ज्यान गएको थियो । भीमदत्त–३, कञ्चनपुरका विपिन जोशीलाई हमासले बन्धक बनाएर लगेकोमा उहाँको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन ।

शुक्रबार, असोज २४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.