काठमाडौं। आइसिसी टी-२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफक छनोट खेलमा नेपालले जापानलाई ५ विकेटले पराजित गरेको छ। शुक्रबार भएको खेलमा जितका लागि १३२ रनको लक्ष्य पछ्याएको नेपालले १८ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो।
नेपालका लागि आसिफ शेखले सर्वाधिक ३८ रन बनाए। यस्तै गुल्शन झाले २८ तथा कुशल भुर्तेलले २१ रन बनाए। कप्तान रोहित कुमार पौडेलले १८ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले १४ रन बनाए।
यसअघि ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जापानले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३१ रनको योगफल तयार पारेको थियो।
जापानका लागि कप्तान केन्डल काडोवाकी फ्लेमिङले ४६ बलमा पाँच चौका र तीन छक्काको मद्दतले सर्वाधिक ६० रनको योगदान दिए। त्यसैगरी इसाम रहमानले ३१ तथा बेन्जामिन इटो डेभिसले १७ रन बनाए।
नेपालका लागि गुल्शनकुमार झा र सन्दीप लामिछानेले समान दुई–दुई विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले समान एक–एक विकेट लिए।


