जेठ २,चितवन । माडी नगरपालिका वडा नं. ७ को वडाध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का नेतृ चन्द्रा बानियाँ निर्वाचित हुनुभएको छ ।
सोमबार साँझपख सकिएको मतगणना अनुसार समाजवादी नेतृ बानियाँले नेकपा (एमाले)का वडाध्यक्ष उम्मेदवार बिष्णु आचार्य र राप्रपाका वडाध्यक्ष उम्मेदवार रामकृष्ण क्षेत्रीलाई झिनो मतान्तरले पछाडी पार्दै वडाध्यक्ष जित्नुभएको हो ।
लामो समय नेकपा (एमाले)मा आबद्ध नेतृ बानियाँ एमाले विभाजनपछि नेकपा (एकीकृत समाजवादी)मा लाग्नुभएको हो । उहाँसंग स्थानीय सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष एवं तात्कालीन नेकपा एमाले कल्याणपुर पार्टी अध्यक्षका रुपमा काम गरेको अनुभव छ । उहाँ आफ्नो गाउँ टोल क्षेत्रको लोकप्रीय सामाजिक अगुवा पनि हुनुहुन्छ ।
तपाईको प्रतिक्रिया


