• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • २. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ३. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

  • ५. पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

  • ६. सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ७. सरकारसँगको वार्तापछि सोनम वाङ्चुकले अन्त्य गरे आमरण अनसन

  • ८. शिक्षामन्त्रीको राजीनामा पछि सीजेपीको आन्दोलन फिर्ता

  • ९. चितवनमा ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

  • १०. विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

आजबाट दोस्रो एनपिएल

  •   सोमबार, मङि्सर ०१, २०८२ मा प्रकाशित

काठमाडौँ, मङ्सिर १ । विश्वमा फ्रेन्चाई क्रिकेट लिग निकै लोकप्रिय छ । भारतमा आइपिएल, अस्ट्रेलियामा बिग ब्यास, वेस्ट इन्डिजमा सिपिएल, इङ्ग्ल्यान्डमा दी हन्ड्रेड, दक्षिण अफ्रिकामा रामस्लाम टी–२० च्यालेन्ज, बङ्गलादेशमा बिपिएल, पाकिस्तानमा पिएसएल, श्रीलङ्कामा एसपिल आदि । यी सबै टेस्ट मान्यता प्राप्त राष्ट्रमा खेलिने टी–२० फ्रेन्चाई लिग हुन् ।

यीबाहेक अन्य देशमा पनि फ्रेन्चाई लिग खेलिन्छ । यद्यपि आइपिएल जस्तो सफल लिग अहिलेसम्म कुनै देशको हुन सकेको छैन तर क्रिकेटमा उदाउँदै गरेको नेपालले आयोजना गरेको फ्रेन्चाई लिगको नेपाल प्रिमियर लिग (एनपिएल) लाई भने पहिलो संस्करणमै आइपिएलसँग तुलना गरिएको थियो । पहिलो संस्करणमै विश्वको सबभन्दा भ्यालुएबल फ्रेन्चाई क्रिकेट लिगको शीर्ष पाँचमा परेको थियो एनपिएल ।

सोही एनपिएलको दोस्रो संस्करण त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार सुरु हुँदै छ । पहिलो संस्करण अत्यधिक रूपमा सफल भएपछि नेपाल क्रिकेट सङ्घ (क्यान) समक्ष दोस्रो एनपिएल अझ बढी उत्कृष्ट गर्ने ठुलो चुनौती तेर्सिएको छ । क्यानका सचिव तथा प्रतियोगिता संयोजक पारस खड्काले पनि सोमबारदेखि करिब एक महिना हुने एनपिएललाई सफल बनाउने चुनौती स्विकार्दै सबै पक्षको साथ भएकाले सफल हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

दोस्रो एनपिएलको सिङ्गल राउन्ड रोबिन, इलिमिनेटर र क्वालिफायर हुँदै मङ्सिर २७ गते उपाधि भिडन्त हुने छ । यस पटक कुल ३२ खेल हुने छन् । क्यानले गत वर्ष एनपिएलका लागि आठ सहरका नाममा टिम छुट्याएर बिक्री गरेको थियो । विगतकै टिमहरू च्याम्पियन जनकपुर बोल्ट्स, गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स,  लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्ने छन् । सबै टिमले टिम अक्सन र विश्वका सुपरस्टार क्रिकेटरहरू आबद्ध गरेर एकसे एक टिम तयार पारेका छन् ।

हरेक टिमसमक्ष कम्तीमा चारदेखि अधिकतम छ जनासम्म विदेशी खेलाडी टिममा राख्न पाउने प्रावधान छ । यस पटक फाप डुप्लेसिस, जेसन रोय, वायने पार्नेल, क्रिस लिन, इमरान ताहिर जस्ता सुपरस्टार विदेशी खेलाडी पनि थपिएका छन् । दोस्रो एनपिएलमा ४० भन्दा बढी विदेशी आबद्ध भइसकेका छन् । सहभागी टिमहरूले खेलाडी मात्र होइन, विश्वका नामी प्रशिक्षकलाई पनि आबद्ध गरेर दोस्रो एनपिएलको आकर्षण बढाएका छन् । यसपालि आठमध्ये पाँच टिमले विदेशी प्रशिक्षक आबद्ध गरेका छन् । गत वर्ष जनकपुर बोल्ट्सलाई च्याम्पियन बनाउने पुबुदु दसनायके विराटनगर किङ्सको प्रशिक्षक बन्नुभएको छ । अन्य चार विदेशी प्रशिक्षक नयाँ हुन् । जनकपुरले वेस्ट इन्डिजका महान् ब्याट्सम्यानमध्ये एक शिवनारायण चन्दरपलले प्रमुख प्रशिक्षकका रूपमा टिममा भित्र्याएको छ । नेपालका पूर्वप्रशिक्षक मोन्टी देसाईमाथि काठमाडौँ गोर्खाजले विश्वास गरेको छ । यसै गरी पोखरा एभेन्जर्सले भारतका राजीव कुमार र लुम्बिनी लाइन्सले भारतीय मूलका टिनु योहान्नालाई आआफ्नो टिमलाई च्याम्पियन बनाउने जिम्मेवारी सुम्पेका छन् ।

क्यानका सचिव खड्काले यी विदेशी खेलाडी तथा प्रशिक्षकको आगमनले नेपाली खेलाडीहरूले मैदानभित्र मात्र होइन मैदान बाहिरका अनुभव पनि साट्न सकिने बताउनुभयो । “यी हस्तीहरूको आगमनले अन्तर्राष्ट्रिय रूपमा पनि एनपिएलको चर्चा हुन्छ र नेपाली खेलाडीले पनि यो प्रतियोगितामार्फत राम्रो एक्सपोजर पाउनेहुन्छ,” उहाँको भनाइ छ । विदेशी क्रिकेटरहरूसँगको सम्झौता खासै खुलाइएको छैन तर नेपाली क्रिकेटरहरूले एनपिएलबाट ठुलै रकम प्राप्त गरेका छन् । प्रत्येक टिमका मार्की खेलाडीले जनही २० लाख रुपियाँ प्राप्त गरे । अन्य घरेलु खेलाडीले अधिकतम १५ लाखदेखि न्यूनतम दुई लाख रुपियाँसम्म पाएका छन् । प्रतिभा खोजबाट छानिएका आइकोनिक खेलाडीलाई पनि राम्रो रकम दिइएको छ । यसबाहेक टिमहरूले प्रचारप्रसारमा पनि ठुलै रकम खर्चेका छन् ।

विगतमा एनपिएलमा एक अर्ब रुपियाँभन्दा माथिको कारोबार भएको थियो । सचिव पारसले दोस्रो संस्करणको ब्रान्ड भ्यालु दुई अर्ब रुपियाँमाथि पु¥याउने लक्ष्य रहेको भन्नुभयो । उहाँका अनुसार नेपाल क्रिकेट अब एक उद्योगका रूपमा विकसित भइरहेको अवस्थामा दोस्रो संस्करणमा अझ बढी कारोबार हुने छ । एनपिएल नेपालको सबभन्दा ठुलो बजेटको क्रिकेट प्रतियोगिता हो । दोस्रो एनपिएलको अर्को विशेषता हो, नेपालमा पहिलो पटक कृत्रिम प्रकाशमा क्रिकेट हुँदै छ । लिगका नौ खेल दिउँसो र २३ खेल कृत्रिम प्रकाशमा हुने क्यानले जनाएको छ । सरकारले क्यानसँग मिलेर फ्लड लाइट्सका साथ त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति गरेको हो । गत वर्षको एनपिएलको सफलताले र नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय रूपमा प्राप्त गरेको निरन्तर सफलताले त्रिवि क्रिकेट रङ्गशालाको मुहार फेर्ने अवसर पाएको छ । यसपालिको एनपिएल रङ्गीविरङ्गी दर्शक सिट र कृत्रिम प्रकाशका बिच खेलिने छ । हरेक खेलमा नौ हजार पाँच सय टिकट बिक्री गरिने छ । त्रिवि रङ्गशालाको दर्शक क्षमता भने १३ हजार रहेको बताइएको छ ।

यसै गरी पहिलो संस्करणसरह एनपिएल यस पटक पनि स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने छ । त्यसैले यस प्रतियोगिताले अझ व्यापकता पाउने छ ।

 जनकपुर र काठमाडौँबिच उद्घाटन खेल

दोस्रो एनपिएलको पहिलो खेलमा सोमबार साँझ ४ बजे च्याम्पियन जनकपुर बोल्ट्सले काठमान्डु गोर्खाजको सामना गर्ने छ । गत संस्करणमा जनकपुरले काठमाडौँलाई पाँच विकेटले हराएको थियो । जनकपुर सोही लय देखाएर उपाधि रक्षा अभियानको सुरुवात सकारात्मक रूपमा गर्ने योजनामा छ । काठमाडौँ भने बदला लिने दाउमो छ ।

सोमबार, मङि्सर ०१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्णालीमा नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ
मन्त्रीपरिषद् बैठकका पाँच निर्णय (सूचीसहित)
अस्ट्रेलियामा ‘मालती मंगले’को भव्य रेड कार्पेट प्रिमियर, सिड्नीमा हाउसफुलसँगै ओभरफ्लो दर्शक
‘बेहुली’को ‘दिलमा ठाउँ छ’ डिजिटलमा सुपरहिट, ४ दिनमै १३ लाख भ्युज
रहस्यमय थिम पोस्टरसहित ‘पञ्चमी’को घोषणा, निर्देशनमा सौगात बस्नेतको डेब्यु
‘ककाकिकी’को थिम गीत सार्वजनिक, नयाँ कथाको झल्को

Namaste Chitwan

लोकप्रिय

  • १.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • २.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

  • ३.
    छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४.
    अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार

  • ५.
    पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

  • ६.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली

भर्खरै

  • १.
    कर्णालीमा नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ

  • २.
    मन्त्रीपरिषद् बैठकका पाँच निर्णय (सूचीसहित)

  • ३.
    अस्ट्रेलियामा ‘मालती मंगले’को भव्य रेड कार्पेट प्रिमियर, सिड्नीमा हाउसफुलसँगै ओभरफ्लो दर्शक

  • ४.
    ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ डिजिटलमा सुपरहिट, ४ दिनमै १३ लाख भ्युज

  • ५.
    रहस्यमय थिम पोस्टरसहित ‘पञ्चमी’को घोषणा, निर्देशनमा सौगात बस्नेतको डेब्यु

  • ६.
    ‘ककाकिकी’को थिम गीत सार्वजनिक, नयाँ कथाको झल्को

  • ७.
    ‘पार्वती’को टिजर सार्वजनिक, अटिजम भएकी दिदी र भाइको भावुक कथाले बढायो उत्सुकता

  • ८.
    शान्ति–सद्भावका लागि राष्ट्रिय एकता आवश्यकः सभापति लामिछाने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.