• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

नेपाल–बङ्गलादेश सहकार्य विस्तार गर्ने सहमति

  •   शुक्रबार, मङि्सर १२, २०८२ मा प्रकाशित

नेपाल र बङ्गलादेशबिच विद्युत् उत्पादन तथा व्यापारलाई थप विस्तारित गर्न दुई देशसम्बद्ध सचिवबिच सहमति भएको छ ।

बुधबार र बिहीबार बङ्गलादेशमा सम्पन्न नेपाल–बङ्गलादेश सचिवस्तरीय बैठकमा नेपालबाट बङ्गलादेश निर्यात हुने विद्युत् परिमाण विस्तारदेखि जलविद्युत् आयोजना निर्माण, प्रसारण लाइन संरचना विस्तारलगायतका विषयमा सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

बिहीबार नेपाल–बङ्गलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको सातौँ बैठक बसेको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौत तथा बङ्गलादेश सरकारको विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सचिव फर्जाना ममताजको सहअध्यक्षतामा बङ्गलादेशको ढाकामा सम्पन्न बैठकले विभिन्न छ बुँदामा सहमति गरेको हो ।

सहमति अनुसार नेपालबाट हालसम्म ४० मेगावाट विद्युत् निर्यात हुँदै आएकोमा आगामी वर्ष थप २० मेगावाट बिजुली बङ्गलादेशले नेपालबाट खरिद गर्ने छ ।

नेपाल, भारत र बङ्गलादेशबिच हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म पाँच वर्षका लागि ४० मेगावाट विद्युत् निर्यात गर्ने सम्झौता भई कार्यान्वयनमा आइसकेको छ । अहिले यही सम्झौता अनुसार २० मेगावाट निर्यात थप गर्ने सहमति भएको जनाइएको छ ।

यसअघि बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देव तथा जनगणतान्त्रिक बङ्गलादेश सरकारको विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका अतिरिक्त सचिव केएम अली रेजाको सहअध्यक्षतामा संयुक्त कार्यदलको बैठकले विभिन्न विषयवस्तु सचिवस्तरीय बैठकका लागि एजेन्डाका रूपमा तय गरेको थियो ।

सचिवस्तरीय बैठकमा सुनकोशी–३ जलविद्युत् आयोजनाको लगानी प्रक्रिया अगाडि बढाउन बङ्गलादेशले आयोजना मूल्याङ्कनका लागि विशेषज्ञ समिति गठन गरी लगानी प्रक्रियालाई अघि बढाउने र संयुक्त लगानीको मोडालिटी टुङ्ग्याउने पनि सहमति भएको छ । काभ्रे र रामेछापको सिमाना क्षेत्रमा निर्माण प्रस्ताव गरिएको ६८३ मेगावाट क्षमताको सो आयोजना विकासका लागि बङ्गलादेशका उच्च सरकारी अधिकारीले तीन वर्षपहिले नै स्थलगत अवलोकनसमेत गरेका थिए । २०७५ सालदेखि नै सो आयोजनामा बङ्गलादेशको लगानी भित्र्याउने विषयमा औपचारिक छलफल चल्दै आएको थियो ।

बिहीबारको बैठकले नेपालबाट भारतीय प्रसारण संरचना प्रयोग गर्दै बरापुरारया, पञ्चगढ, ठाकुरगाउँ, भरमारा र कोमिल्लासम्म प्रसारण लाइनमार्फत विद्युत् निर्यात गर्न आवश्यक अध्ययन पनि गर्ने सहमति गरेको छ । त्यस्तै गरी नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता प्रवर्धन गर्नेसम्बन्धी समझदारीपत्रमा आआफ्नो आन्तरिक प्रक्रिया पूरा गरी हस्ताक्षर गर्ने सहमति भएको छ । त्यस्तै गरी बङ्गलादेशले नेपाललाई सौर्य ऊर्जा, विद्युतीय सवारी चार्जिङ स्टेसन जस्ता क्षेत्रमा प्राविधिक सहायता प्रदान गर्ने सहमति भएको छ । बैठकले नेपाल, भारत र बङ्गलादेशबिच ऊर्जा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा भारतको सहमति लिन दुवै देशले संयुक्त रूपमा प्रयास गर्ने निर्णय गरेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

शुक्रबार, मङि्सर १२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.