• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आश्रित नागरिकको मताधिकार अनिश्चित

  •   बिहिबार, मङि्सर २५, २०८२ मा प्रकाशित

निर्वाचन आयोगको अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधिले निर्वाचन क्षेत्रबाहिर रहेका अपाङ्ग भएका र ज्येष्ठ नागरिकलाई समेटेको छैन । आयोगले मङ्सिर १७ सार्वजनिक गरेको कार्यविधिमा यो विषय समावेश छैन ।

अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधिले अस्थायी मतदाताका रूपमा तिनै तहका सरकारको नियन्त्रणमा रहेका संस्थामा कार्यरत कर्मचारी तथा सुरक्षाकर्मी, कैदी र थुनुवा तथा वृद्धाश्रममा रहेका व्यक्तिलाई परिभाषित गरेको छ । मतदाता नामावली ऐन, २०७३ मा यसप्रकारका मतदातालाई प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि मात्र मतदान गर्न पाउने व्यवस्था छ । स्थायी रूपमा बसोवास गर्दै आएको वडाको मतदाता नामावलीमा नाम रहे पनि आश्रित भएपछि छोराछोरी वा आफन्तसँग निर्वाचन क्षेत्रबाहिर बसेका व्यक्ति विगतदेखि नै मतदान गर्न वञ्चित हुँदै आएका छन् ।

मतदाता नामावलीसम्बन्धी ऐनले कुनै व्यक्ति व्यापार, व्यवसाय, रोजगारी, अध्ययन, अध्यापन, सरकारी वा गैरसरकारी सेवा, औषधोपचार वा अन्य कुनै कामविशेष वा कारणले वा कानुनबमोजिम थुना वा कैदमा रहेका कारणले आफ्नो नाम दर्ता भएको निर्वाचन क्षेत्रको गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडामा अनुपस्थित रहेको अवस्थालाई स्थायी बसोवास गरेको मानिने व्यवस्था गरेको छ । यसप्रकारका मतदातामध्ये सरकारी सेवामा रहेका तथा थुना वा कैदमा रहेका व्यक्तिलाई मात्रै अस्थायी मतदाता नामावलीमा नाम दर्ता गरी समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न पाउने अभ्यास छ । यसप्रकारका मतदाताको सङ्ख्या यकिन नभए पनि सङ्ख्या ठुलो हुने अनुमान गरिएको छ ।

आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईले मतदाता नामावली ऐन अनुसारै कार्यविधि तयार गरिएको र विगतमा समेत ऐनले परिभाषित गरेबमोजिमै अस्थायी मतदाता नामावली तयार हुँदै आएको बताउनुभयो । तर ऐनले ‘आयोगले तोकेको अन्य व्यक्ति’ समेत अस्थायी मतदाता नामावलीमा समेट्न सकिने व्यवस्था गरेको छ । अस्थायी मतदाता नामावलीमा नाम समेट्न नसकिने यसप्रकारका मतदाताका लागि सरकारले कानुन संशोधन गरी विकल्प दिने प्रव्रिmया अगाडि बढाएको छ । तर अझै सुनिश्चित भइसकेको छैन ।

सरकारले ‘अन्तरनिर्वाचन क्षेत्र’ र ‘विदेशमा रहेका’ मतदातालाई लक्षित गरी ऐन संशोधन प्रयास गरेको हो । तर सो प्रव्रिmया सुरु भएको करिब एक महिना बितेको छ । अन्तरनिर्वाचन क्षेत्रसम्बन्धी व्यवस्थाले देशभित्र आफ्नो निर्वाचन क्षेत्रबाहिरका मतदाताको मतदान सुनिश्चित गर्ने छ ।

बिहिबार, मङि्सर २५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.