• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

मतपत्र छपाइको तयारी पूरा

  •   सोमबार, पुष ०७, २०८२ मा प्रकाशित

आगामी फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइको तयारी पूरा भएको छ ।

सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ गर्न लागेको हो । यसअघि निर्वाचन आयोगले मौखिक र पत्रमार्फत मतपत्र छपाइका लागि तयारी अवस्थामा रहन केन्द्रलाई अनुरोध गरेको थियो ।

सोही अनुसार केन्द्रले मतपत्र छपाइका लागि चार वटा अत्याधुनिक छापाखाना र २५० जना जनशक्तिसमेत तयारी अवस्थामा राखिसकेको छ । साथै मतपत्र छपाइका लागि आवश्यक कागज, मसीलगायत मेसिनका लागि चाहिने अन्य पार्टपुर्जाको पनि केन्द्रले जोहो गरिसकेको छ ।

केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार मतपत्र छाप्ने विषयमा आइतबार पनि निर्वाचन आयोगसँग छलफल भएको थियो । पौडेलका अनुसार आयोगले निर्देशन दिनेबित्तिकै छपाइको काम सुरु हुने छ । केन्द्रले अहिलेको जनशक्ति, छपाइ मेसिन र वार्षिक कार्ययोजनालाई असर नपर्ने गरी काम गर्न कम्तीमा पनि पुस १६ गतेबाट छपाइको कार्य सुरु गर्ने गरी कार्ययोजना बनाउन आयोगलाई अनुरोध गरेको छ ।

केही दिनअगाडिकै समय राखेर काम गर्दा छपाइ मेसिनमा अकस्मात् कुनै समस्या आइहालेमा पनि मर्मत गरेर काम गर्न सहज होस् भन्ने चाहना केन्द्रको छ । आयोगले पनि औपचारिक निर्णय नगरे पनि यही मितिको आसपासबाट मतपत्र छाप्ने विषयमा सकारात्मक देखिएको पौडेलले बताउनुभयो । पहिलो चरणमा समानुपातिकतर्फको मतपत्र छपाइ गरिने छ । समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन आयोगमा ९३ वटा दलले संयुक्त र एक्लाएक्लै निवेदन दिएका छन् । विगतका निर्वाचनलाई हेर्दा प्रतिनिधि सभाका लागि समानुपातिक र प्रत्यक्षतर्फ करिब चार करोड थान मतपत्र छाप्नुपर्ने आकलन केन्द्र र आयोगले गरेका छन् । यसरी हिसाब गर्दा समानुपातिकका लागि डेढ करोडदेखि दुई करोड थानसम्म मतपत्र छाप्नुपर्ने हुन्छ ।

केन्द्रका प्रबन्ध सञ्चालक पौडेलका अनुसार समानुपातिकको मतपत्र छपाइका लागि २९ दिनको कार्यतालिका बनाइसकिएको र निर्वाचन आयोगको औपचारिक पत्र आउनसाथ काम सुरु गरिने छ । समानुपातिकको मतपत्र छापिसक्दा प्रत्यक्षतर्फको पनि छाप्ने बेला हुने र सोही अनुसार गर्ने योजना बनाइएको छ ।

जनक शिक्षाले निर्वाचनको मतपत्रसहित मतदाता परिचयपत्र, सूचनामूलक पोस्टरलगायतका आवश्यक सामग्री छपाइका लागि पनि तयारी गरेको छ । मतपत्र छपाइका लागि करिब २५ करोड रुपियाँ खर्च लाग्ने अनुमान जनक शिक्षाको छ । यसअघि पनि जनक शिक्षाले स्थानीय निर्वाचन, राष्ट्रिय सभा निर्वाचन, प्रतिनिधि सभा निर्वाचन, समानुपातिक तथा प्रत्यक्ष निर्वाचनलगायत निर्वाचनका सबै मतपत्र छपाइ गर्दै आएको छ । पछिल्लो समय जनक शिक्षाले नेपाल टेलिकमको पाँच करोड थान रिचार्जकार्ड छपाइको कार्य पनि गरिरहेको छ । जसमध्ये चार करोड थान छपाइ कार्य सकिएको छ ।

पाठ्यपुस्तक छपाइ अन्तिम चरणमा

मतपत्र छपाइ गर्नुपरे पनि विद्यालय तहको पाठ्यपुस्तक छपाइ कार्य भने प्रभावित नहुने जनक शिक्षाले स्पष्ट पारेको छ । सरकारले अघिल्लो वर्ष विद्यालय तहका कक्षा एक, दुई र चारबाहेकका पाठ्यपुस्तक छपाइको जिम्मेवारी जनक शिक्षालाई दिएको थियो । अहिले पनि सोही अनुसार पाठ्यपुस्तक छपाइको कार्य भइरहेको र एक करोड २० लाख थान छपाइसकिएको केन्द्रले जनाएको छ । बाँकी पुस्तक पनि मतपत्रसँगै छाप्ने केन्द्रको योजना छ ।

केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले भन्नुभयो, “जनक शिक्षाले मतपत्र छपाइलाई प्राथमिकता दिँदा विद्यालय तहको पाठ्यपुस्तक छपाइ प्रभावित होला कि भन्ने चिन्ता बजारमा देखिएको छ तर कुनै पनि हालमा प्रभावित नहुने गरी हामीले काम गरिरहेका छौँ ।”

सोमबार, पुष ०७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.