• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

‘निर्वाचनको तयारी नब्बे प्रतिशत सकियो’

  •   आइतबार, माघ ०४, २०८२ मा प्रकाशित

काठमाडौँ, माघ ४ गते  । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचन कार्यतालिका अनुसार अघि बढिरहेको बताउनुभएको छ । आयोगबाट स्वीकृत कार्यतालिका अनुसार माघ २ गते सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको बताउँदै कार्यवाहक प्रमुख भट्टराईले तयारीका हिसाबले ९० प्रतिशत काम सकिएको बताउनुभयो ।

निर्वाचन आयोगमा चुनावको तयारी सम्बन्धमा गृहमन्त्री ओमप्रकाश अर्यालसँगको शनिबार भएको छलफलमा भण्डारीले आयोगले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनको दुवै तयारीलाई एकसाथ अघि बढाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आयोगबाट स्वीकृत कार्यतालिका अनुसार निर्वाचनको काम नियमित र तालिका अनुसार अघि बढिरहेको छ । निर्वाचन कार्यालयहरू स्थापना भइसकेका छन् । अब निर्वाचन तयारीका हिसाबले हामी ८०–९० प्रतिशतसम्म पुगेका छौँ ।” उहाँले निर्वाचन आचारसंहिता पालनालाई प्रभावकारी बनाउने पनि बताउनुभयो । आचारसंहिता कार्यान्वयनलाई आयोगले सूक्ष्म रूपमा अनुगमन गर्ने र विगतका अनुभवका समेत आधारमा कार्यान्वयन गर्ने पनि बताउनुभयो । छलफलमा गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन सुरक्षा प्रत्याभूतिमा सरकारले कुनै कमी हुन नदिने बताउनुभयो । मन्त्री अर्यालले मन्त्रालय र आयोगबिच समन्वयमा हुनुपर्ने कामलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता पनि जनाउनुभयो ।

उहाँले भन्नुभयो, “मन्त्रालय र आयोगबिच दोहोरो समन्वय हुनुपर्ने विषय पहिचान गरी सहकार्य हुन्छ । सुरक्षा व्यवस्थामा सरकारका तर्फबाट पर्याप्त रूपमा तयारी छ । निर्वाचन तयारी, मतदान प्रक्रिया र मतगणनासम्मको एकीकृत सुरक्षा योजना अनुसार सुरक्षाको प्रत्याभूति सरकारले गर्छ ।”

आयोगका सचिव कृष्णबहादुर राउतले आयोगले हालसम्म गरेका मुख्य कामको जानकारी दिनुभएको थियो । सचिव राउतले समानुपातिक निर्वाचनको काम तालिका अनुसार अघि बढिरहेको र प्रत्यक्षतर्फको काममा आयोग अघि बढेको बताउनुभयो । उहाँले राष्ट्रिय सभा सदस्य निर्वाचनको मतपत्र छपाइ सकिएको जानकारी दिँदै सम्बन्धित कार्यालयमा पठाउने चरणमा रहेको बताउनुभयो । राष्ट्रिय सभामा १८ जना सदस्यका लागि हुने निर्वाचनमा एक जना निर्विरोध भइसक्नुभएको र १७ जनाका लागि चुनाव हुने उहाँले बताउनुभयो ।

राउतका अनुसार समानुपातिकतर्फ शुक्रबारसम्म ६१ लाखभन्दा बढी मतपत्र छपाइ भइसकेको छ । दुई करोड आठ लाख हारहारीमा मतपत्र छपाइ हुनुपर्नेमा दैनिक औसत दस लाख हाराहारीमा छपाइ भइरहेको पनि जानकारी उहाँले दिनुभयो । माघ ९ गते प्रत्यक्षतर्फको उम्मेदवारी टुङ्गो लागेसँगै मतपत्रको डिजाइन स्वीकृत र छपाइ कार्य प्रारम्भ हुने उहाँले बताउनुभयो ।

निर्वाचन सामग्री खरिदको प्रक्रिया जिल्ला कार्यालयहरूलाई पनि हस्तान्तरण गरिएको र सोही अनुसार काम भइरहेको उहाँको भनाइ थियो । सरकार मातहतका संस्थासँग खरिदलाई प्राथमिकता दिएको जानकारी उहाँले दिनुभयो ।

आइतबार, माघ ०४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.