काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले पदबाट राजीनामा दिनुभएको छ ।
आइतबार प्रमुख शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाउनुभएको हो । उहाँले स्वेच्छाले राजीनामा दिएको बताउनुभएको छ । राजीनामा पत्रमा महानगरकाे नेतृत्व र कार्यपालिकालाई सफलताकाे शुभकामना व्यक्त गर्नुभएको छ ।
‘नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन तथा काठमाडौँ महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम म काठमाडौँ महानगरपालिकाको नगर प्रमुख पदबाट मिति २०८२।१०।०४ गते देखि लागू हुने गरी स्वेच्छाले राजीनामा पेश गर्दछु’ बालेनले राजीनामा पत्रमा भन्नुभएको छ, ‘यस पदमा रहँदा काठमाडौँ महानगरपालिका र नगरवासीको हितमा सकेसम्म इमान्दारिपूर्वक कार्य गर्ने प्रयास गरेको छु।
अबको दिनमा महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास-यात्रा थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनोस भन्ने कामना गर्दै, तपाईँ तथा नगर कार्यपालिकालाई सफलताको शुभेच्छा व्यक्त गर्दछु।’


