• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • २. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ३. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

  • ५. पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

  • ६. सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ७. सरकारसँगको वार्तापछि सोनम वाङ्चुकले अन्त्य गरे आमरण अनसन

  • ८. शिक्षामन्त्रीको राजीनामा पछि सीजेपीको आन्दोलन फिर्ता

  • ९. चितवनमा ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

  • १०. विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

श्रमसंस्कृति पार्टीका अध्यक्ष राईद्वारा मनोनयन दर्ता

  •   मङ्गलबार, माघ ०६, २०८२ मा प्रकाशित

धरान उपमहानगरमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन पत्र दर्ता सुरु भएको छ। मङ्गलबार धरान-८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले आफ्नो मनोनयन पत्र दर्ता गराउनुभएको छ ।

उहाँले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गराउनुभएको हो । उहाँ २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा धरानको प्रमुखमा निर्वाचित हुनुभएको थियो।

उहाँले २० हजार ८ सय २१ मत प्राप्त गर्दै नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्नुभएको थियो । यो नतिजाले धरानमा दलगत राजनीतिभन्दा फरक, वैकल्पिक सोच र व्यक्तित्व केन्द्रित राजनीतिप्रति जनताको भरोसा बढ्दै गएको देखिएको थियो ।

प्रमुख हुँदा राईको कार्यकालको सबैभन्दा ठोस उपलब्धि धरानको दीर्घकालीन खानेपानी समस्या समाधानतर्फ गरिएको पहल थियो । हरेक निर्वाचनमा सबै पार्टी उम्मेदवारहरुले खानेपानीलाई मुख्य एजेन्डा बनाउँदै आएकोमा उहाँले पनि आफ्नो प्रमुख एजेन्डामा खानेपानी नै थियो । उहाँ निर्वाचन हुनुभएदेखि पकुवा, सर्दु, सेउती, भालु र कोकाहा खोलाबाट पानी ल्याउने योजना अघि बढाउनुभएको थियो ।

विशेषगरी कोकाहा १ र २ बाट ४२ किलोमिटर जङ्गलको बाटो हुँदै पाइपलाइन विस्तार गरी ९८ औं दिनमा धरानमा पानी झारिनु ऐतिहासिक मानिन्छ ।

खानेपानी व्यवस्थापन बोर्डका अनुसार हाल कोकाहाबाट दैनिक करिब १२ लाख लिटर पानी धरान आउँछ, जबकि धरानको दैनिक माग ३ करोड लिटरभन्दा बढी छ । पूर्ण समाधान नभए पनि यसले धरानको पानीको समस्या केही हदसम्म कम भएको छ ।

नियमित सरसफाइ अभियान, ढल व्यवस्थापन र लागूपदार्थविरुद्धको अभियानमार्फत उहाले स्वास्थ्यलाई नागरिक व्यवहारसँग जोड्न खोज्नुभएको थियो । ‘से नो टु ड्रग्स’ अभियानले युवामाझ चेतना फैलाउनुभएको थियो ।

स्थानीय स्रोतमा आधारित आत्मनिर्भर अर्थतन्त्रमा उहाँले धरान-२० मा सञ्चालन गरिएको ‘माया धराने’ बेसार उद्योग यसै सोचको परिणाम हो । कृषि पकेट क्षेत्रका किसानले उत्पादन गरेको बेसार प्रशोधन गरी अर्गानिक उत्पादन बजारमा ल्याइएको छ । यसले स्थानीय किसान, महिला र युवालाई प्रत्यक्ष आर्थिक लाभ दिएको छ ।

यसैगरी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर १ का लागि हालसम्म अध्यक्ष राईसहित ४ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । नेपाल मजदुर पार्टीका उम्मेदवार महेश श्रेष्ठ, स्वतन्त्र उम्मेदवार देउमान लिम्बू ,मङ्गोल नेशनल अर्गनाइजेसनका राजेन्द्र गुरुङले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

मङ्गलबार, माघ ०६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्णालीमा नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ
मन्त्रीपरिषद् बैठकका पाँच निर्णय (सूचीसहित)
अस्ट्रेलियामा ‘मालती मंगले’को भव्य रेड कार्पेट प्रिमियर, सिड्नीमा हाउसफुलसँगै ओभरफ्लो दर्शक
‘बेहुली’को ‘दिलमा ठाउँ छ’ डिजिटलमा सुपरहिट, ४ दिनमै १३ लाख भ्युज
रहस्यमय थिम पोस्टरसहित ‘पञ्चमी’को घोषणा, निर्देशनमा सौगात बस्नेतको डेब्यु
‘ककाकिकी’को थिम गीत सार्वजनिक, नयाँ कथाको झल्को

Namaste Chitwan

लोकप्रिय

  • १.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • २.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

  • ३.
    छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४.
    अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार

  • ५.
    पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

  • ६.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली

भर्खरै

  • १.
    कर्णालीमा नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ

  • २.
    मन्त्रीपरिषद् बैठकका पाँच निर्णय (सूचीसहित)

  • ३.
    अस्ट्रेलियामा ‘मालती मंगले’को भव्य रेड कार्पेट प्रिमियर, सिड्नीमा हाउसफुलसँगै ओभरफ्लो दर्शक

  • ४.
    ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ डिजिटलमा सुपरहिट, ४ दिनमै १३ लाख भ्युज

  • ५.
    रहस्यमय थिम पोस्टरसहित ‘पञ्चमी’को घोषणा, निर्देशनमा सौगात बस्नेतको डेब्यु

  • ६.
    ‘ककाकिकी’को थिम गीत सार्वजनिक, नयाँ कथाको झल्को

  • ७.
    ‘पार्वती’को टिजर सार्वजनिक, अटिजम भएकी दिदी र भाइको भावुक कथाले बढायो उत्सुकता

  • ८.
    शान्ति–सद्भावका लागि राष्ट्रिय एकता आवश्यकः सभापति लामिछाने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.