• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

माओत्से गुरुङ निर्देशित सिनेमा ‘पेन्सन पट्टा’को छायांकन सम्पन्न

  •   बुधबार, माघ ०७, २०८२ मा प्रकाशित

काठमाडौं । चरित्र अभिनेता माओत्से गुरुङको निर्देशनमा निर्माण भइरहेको सिनेमा ‘पेन्सन पट्टा’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। कास्कीस्थित एक रिसोर्टमा मंगलबार ३३ दिनको छायांकनपछि सिनेमाको इन्डक्ल्याप गरिएको हो।

छायांकन सम्पन्न भएको जानकारी दिँदै निर्देशक गुरुङले कठिन परिस्थितिमा पनि रातदिन खटिएर काम गर्ने सम्पूर्ण कलाकार तथा प्राविधिक टिमप्रति आभार व्यक्त गरे। उनले सहकार्य र मेहनतकै कारण छायांकन सफलतापूर्वक पूरा भएको बताए।

हालसम्म सिनेमाको प्रदर्शन मिति तय गरिएको छैन। निर्देशक गुरुङका अनुसार अब केही दिनभित्रै पोस्ट–प्रोडक्सनको काम सुरु हुनेछ।
“पोस्ट–प्रोडक्सनमा कति समय लाग्छ, त्यसको आधारमा रिलिज मिति घोषणा गरिनेछ,” उनले भने, “हामी दर्शकलाई सुन्दर सिनेमा देखाउन चाहन्छौं। त्यसैले कुनै पनि सम्झौता नगरी काम गर्दैछौं, समय जति लाग्छ लागोस्।”

माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण भइरहेको सिनेमामा स्वयं निर्देशक गुरुङको पनि लगानी रहेको छ। सिनेमामा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, राज थापा (काउछा), लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली राईलगायत कलाकारहरूको अभिनय रहेको छ।

शीर्षकले भूतपूर्व लाहुरेको कथाको झल्को दिए पनि सिनेमा लोभी केटा कसरी दानी बन्छ भन्ने कथावस्तुमा आधारित रहेको निर्देशक तथा निर्माता गुरुङले बताएका छन्। सिनेमाको कथा पनि उनले स्वयं लेखेका हुन्।

मीन कोन्मे गुरुङ (सिकलेस), भोजबहादुर गुरुङ (युके) र सपना गुरुङको लगानी रहेको सिनेमाका प्रोडक्सन म्यानेजर डिबी गुरुङ हुन्। सुशन प्रजापतिले छायांकन गरेको सिनेमाको कास्टिङ डिरेक्टर सुरज तमु हुन् भने संगीत झुमा लिम्बु, मनोज थापा मगर र शिव बराइलीले तयार पारिरहेका छन्।

निर्देशक माओत्से गुरुङको डेब्यु निर्देशन रहेको सिनेमा ‘दयारानी’ बक्सअफिसमा सफल भएको थियो। चरित्र अभिनेताको रूपमा दर्शकमाझ लोकप्रिय उनी पछिल्लो समय लेखन, निर्देशन र निर्माणमा समेत सक्रिय देखिँदै आएका छन्। यसअघि उनले गुरुङ भाषाका चलचित्रहरू निर्देशन गरेका थिए।सिनेमा ‘पेन्सन पट्टा’लाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले देशव्यापी रूपमा वितरण गर्नेछ।

बुधबार, माघ ०७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.