• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

निपाह भाइरस सङ्क्रमण रोक्न अन्तरिम निर्देशिका

  •   सोमबार, माघ १९, २०८२ मा प्रकाशित

भारत तथा बङ्गलादेशमा निपाह भाइरस देखिएपछि नेपालमा फैलन सक्ने सम्भावना बढेको छ ।

४० देखि ७५ प्रतिशत मृत्युदर रहेको निपाह भाइरस फैलिन नदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निपाह भाइरसको नमुना सङ्कलन तथा परीक्षणका लागि अन्तरिम निर्देशिकासमेत जारी गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भारत तथा बङ्गलादेशमा समेत निपाह भाइरस देखिसकेको अवस्थामा नेपालमा फैलन सक्ने सम्भावना रहेकोले अन्तरिम निर्देशिका जारी गरेको जानकारी दिनुभयो । “निपाह भाइरस हालसम्म नेपालमा देखा परेको छैन,” उहाँले भन्नुभयो, “फैलन सक्ने जोखिम विद्यमान छ, त्यसैले त्यही जोखिमलाई ध्यान दिँदै नमुना सङ्कलन र परीक्षणका लागि अन्तरिम निर्देशिका सार्वजनिक गरेका हौँ ।”

डा. बुढाथोकीले दिनुभएको जानकारी अनुसार अन्तरिम निर्देशिकामा ज्वरो तथा श्वासप्रश्वासमा गम्भीर समस्या देखिएका व्यक्तिलाई शङ्कास्पद निपाह भाइरस हुन सक्ने केसका रूपमा वर्गीकरण गरिएको छ । उहाँले चेतनास्तरमा परिवर्तन भएका, निपाह प्रभावित क्षेत्रको यात्रा गरेका व्यक्तिलाई शङ्कास्पद निपाह भाइरस हुन सक्ने रूपमा वर्गीकृत गरिएको बताउनुभयो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाले छिमेकी मुलुकमा निपाह भाइरस फैलिएपछि नेपालमा पनि उच्च जोखिममा रहेको बताउनुभयो । उहाँले सङ्क्रमणको शङ्का लागेका व्यक्तिलाई विशेष निगरानी गरिनुपर्ने बताउनुभयो । उहाँले निपाह भाइरस चमेरो, सुँगुर वा सङ्क्रमित व्यक्तिबाट मात्र सर्ने जानकारी दिँदै विश्वको तथ्याङ्क हेर्दा निपाह भाइरसले ४० देखि ७५ प्रतिशतको मृत्यु हुने गरेको बताउनुभयो ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले फलफूल खाने चमेरोमा प्राकृतिक रूपमा यो भाइरस पाइने भन्दै निपाह भाइरसको हालसम्म कुनै खोप तथा विशेष औषधी नभएको जानकारी दिनुभयो । उहाँका अनुसार भारतको पश्चिम बङ्गालमा चिकित्सक तथा नर्सलाई निपाह भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । भारतमा सन् २००१ देखि नै देखिए पनि नेपालमा भने हालसम्म निपाह भाइरस पुष्टि भएको छैन ।

निपाह भाइरस चमेरो, सङ्क्रमित सुँगुर वा मानिसको सम्पर्क, श्वास वा थुकबाट सर्छ । सङ्क्रमण भएमा चार–१४ दिनमा देखा पर्छ, जस्तै ज्वरो, टाउको दुखाइ, मांसपेशी दुखाइ, घाँटी दुखाइ, वाकवाकी, बेहोसी, र मस्तिष्कमा समस्या (इन्सेफलाइटिस) लगायतका लक्षण देखिन्छन् । सङ्क्रमितलाई तुरुन्त आइसोलेसनमा राख्ने, चमेरोले टोकेको वा फल नखाने, काँचो खजुरको रस नपिउने, सङ्क्रमित व्यक्ति वा जनावरसँग सुरक्षाका उपाय अपनाउने, पिपिई प्रयोग गर्ने, हात राम्ररी धुने, मास्क लगाउने, सुँगुर फार्ममा सावधानी अपनाउने र ज्वरो वा टाउको दुखाइ भएमा तुरुन्त अस्पताल जानु पर्छ । यसबाट बच्ने उत्तम उपाय सतर्कता र व्यक्तिगत सुरक्षा नै हुन् ।

 

सोमबार, माघ १९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.