• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

कलाकर्मीको नजरमा अभिनेता ‘राते काइँला’

  •   आइतबार, माघ २५, २०८२ मा प्रकाशित

काठमाडौँ । कलाकर्मीहरूले ‘राते काइँला’ नामले परिचित अभिनेता सुनिल थापाको निधनले समग्र कलाकारिता जगतमा अपुरणीय क्षति पुगेको बताउनुभएको छ ।

शनिबार बिहान अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्याइएका ६८ वर्षीय थापाको दुःखद् निधन भएको थियो ।

प्रारम्भिक जाँच गरेपछि अस्पतालले उहाँलाई शनिबार बिहान ७ बजेर ४४ मिनेटमा निधन भएको घोषणा गरेको थियो । नेपालीसँगै भारतीय चलचित्रमा प्रसिद्ध नाम बनेका अभिनेता थापाको निधन चलचित्रकर्मी स्तब्ध भएका छन् । पछिल्लो समय थापाले नेपाली चलचित्र ‘राम नाम सत्य’ को छायाङ्कन गरिरहनुभएको थियो ।

उक्त चलचित्रमा खलपात्रको भूमिकामा निर्वाह गरिरहनुभएका थापाको आज छायाङ्कनको अन्तिम दिन शनिबार रहेको उक्त चलचित्रका निर्देशक माइकल चन्दले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “शुक्रबार राति १० बजेसम्म अभिनेता थापा छायाङ्कनमै हुनुहुन्थ्यो । हामीले उहाँको सम्पूर्ण काम शुक्रबार राति नै सकाउने तयारी गरेका थियौँ तर उहाँले नै शनिबार बिहान गरौँ भनेपछि सारेका थियौँ । पछिल्लो समय झण्डै चार हप्तादेखि उहाँले चलचित्रमा काम गरिरहनुभएको थियो ।”

निर्देशक चन्दका अनुसार खलपात्रको भूमिका निर्वाह गरिरहेका थापाको अन्त्येष्टिकै दृश्य शनिबार छायाङ्कन गर्ने तयारी भएको थियो । उहाँले निर्वाह गर्नुभएको खलपात्रलाई चलचित्रका अभिनेता विराज भट्टले ‘राम नाम सत्य’ को छायाङ्कन गर्ने दृश्य थियो ।

निर्देशक चन्दले भावविह्वल हुँदै भन्नुभयो, “चलचित्रमा उहाँलाई जलाउने दृश्य खिच्नु थियो । हामीले केही दिनदेखि द्वन्द्वका दृश्य छायाङ्कन गरिरहेका थियौँ, सोही कारण एक हप्तादेखि निरन्तर छायाङ्कनमा संलग्न थियौँ । उहाँले शनिबार बिहान ६ बजेदेखि १० बजेसम्म छायाङ्कन गरेर एउटा पारिवारिक समारोहमा सहभागी हुनुपर्ने कुरा बताउनुभएको थियो । शुक्रबार बेलुका नियमित रुपमा छुटिएका थियौँ, त्यो नै अन्तिम भेट भयो ।”

उहाँसँगै चलचित्रमा अभिनय गरिरहनुभएका अभिनेता प्रशान्त ताम्राकारले अभिनेता थापाको निधनलाई पत्याउन गाह्रो भइरहेको बताउनुभयो ।

“शनिबार बिहान हामी अभिनेता थापालाई छायाङ्कनका लागि कुरिरहेका थियौँ, अचानक उहाँ नरहेको खबर आयो । मैले चलचित्र ‘राम नाम सत्य’ मा पहिलो दृश्य उहाँसँगै दिएँ, हिजो बेलुकी अन्तिम दृश्य पनि उहाँसँगै भयो । उहाँले मलाई छायाङ्कन अवधिभर प्रोत्साहन गरिरहनुभयो, आफ्नो अनुभवले हामीलाई मार्गनिर्देश गर्नुहुन्थ्यो”, अभिनेता ताम्राकारले भन्नुभयो ।

अभिनेता भुवन केसीले चलचित्र क्षेत्रले देशकै अब्बल कलाकार गुमाएको प्रतिक्रिया दिनुभयो । नेपालीसँगै भारतीय चलचित्रमा स्थापित हुनुभएका अभिनेता थापा आफ्नो एक असल मित्र रहेको उहाँले बताउनुभयो ।

“अभिनेता थापा मेरा लागि कलाकारभन्दा पनि असल मित्र हुनुहुन्थ्यो । चलचित्र ‘चिनो’ मा पहिलोपटक काम गरेयता हामीले थुप्रै चलचित्रको सेटमा कैयौँ अन्तरङ्ग क्षण बिताएका थियौँ । मैले निर्माण गरेका चलचित्रहरू ‘सपना’ देखि ‘क्याप्टेन’ सम्म हामीले सहकार्य गरेका छौँ । उहाँ र म अर्कालाई भेट्दा सधैँ के छ दोस्त भनेर सोध्थ्यौँ । उहाँको बिदाइले हामीलाई अपुरणीय क्षति पुगेको छ”, अभिनेता केसीले भन्नुभयो ।

अभिनेता राजेश हमालले अभिनेता थापालाई एक अद्भूत क्षमता भएका सहकर्मीका रुपमा स्मरण गरिरहने बताउनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत अभिनेता थापाले कलाकारितामा देखिएको रिक्तता कहिल्यै भरिन नसक्ने उल्लेख गर्नुभएको छ ।

“नेपाली चलचित्रको इतिहासमा तपाईँ एउटा महत्वपूर्ण मोड हुनुहुन्छ । मेरो चलचित्र यात्रा तपाईँप्रति समर्पित गर्दछु । तपाइको अभाव सधैँ महसुस हुनेछ”, अभिनेता हमालले उल्लेख गर्नुभएको छ ।

नेपाली चलचित्र ‘चिनो’मार्फत अभिनेता थापालाई नेपाली चलचित्रमा स्थापित गराउनुभएका निर्देशक तुलसी घिमिरेले पात्रलाई जीवन्त बनाउन सक्नु नै उहाँको खुबी रहेको बताउनुभयो ।

“अभिनेता थापाले आफ्नो कामलाई सधैँ गम्भीरतापूर्वक लिएर सम्पन्न गर्न मेहनत गर्नुभयो । पछिल्लो समय मैले चलचित्र ‘पहाड’ मा उहाँसँग काम गरेँ,  उहाँका मेहनत भाव देखेर म खुसी थिएँ । हामीले उहाँको दृश्यलाई समावेश गरेर प्रचार गर्न श्रव्यदृश्य (टिजर) तयार गरेका थियौँ, त्यही देखाउने सल्लाह हुँदै थियो, अचानक दुःखद् खबर सुनेँ । उहाँको अनुपस्थिति हामी चलचित्रकर्मीलाई महसुस हुनेछ”, निर्देशक घिमिरेले भन्नुभयो ।

नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाका अनुसार अभिनेता थापाको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि १ बजेर ३० मिनेटसम्म चाबहिलस्थित चलचित्र विकास बोर्डको प्राङ्गणमा राखेर पशुपति आर्यघाटमा लगी उहाँको अन्त्येष्टि सम्पन्न भएको छ ।

अभिनेता थापाको जन्म २०१७ जेठ ६ गते दाङमा भएको थियो । कलाकारिता गर्नुअघि उहाँले मुम्बईमा मोडलिङ, फुटबल खेल तथा फोटो पत्रकारिताजस्ता क्षेत्रमा काम गर्नुभयो । भारतीय चलचित्र ‘एक दुजे के लिये’ बाट कलाकारिताको सुरुआत गर्नुभएका थापाले नेपाली चलचित्र ‘मसाल’ मार्फत नेपालमा अभिनय यात्रा प्रारम्भ गर्नुभयो । करिब ३०० भन्दाबढी चलचित्रमा अभिनय गर्नुभएका थापाले नेपाली, हिन्दी र भोजपुरी भाषाका चलचित्रमा काम गर्नुभएको छ । पछिल्लो समय ‘द फ्यामिली म्यान’ नामक भारतीय वेब शृङ्खलाले उहाँलाई चर्चामा ल्याएको थियो । नेपाली चलचित्रले एक अनुभवी कलाकार र अमूल्य सांस्कृतिक धरोहर गुमाएको कलाकार, चलचित्रकर्मी तथा शुभेच्छुकहरूले बताएका छन् ।

उहाँलाई कलाकर्मीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली दिइरहेका छन् । भारतीय कलाकार प्रियङ्का चोपडा जोनस, मनोज बाज्पायीलगायतले पनि सामाजिक सञ्जालमार्फत अभिनेता थापाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । चलचित्रमा खलनायक पात्रलाई पनि अभिनेतासरह चर्चा र सम्मान दिलाउन सफल थापा ‘राते काइँला’ पात्रमार्फत विशेष रूपमा लोकप्रिय हुनुहुन्थ्यो । उहाँको एक श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।

आइतबार, माघ २५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.