• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

चलचित्र ‘परालको आगो’ को फस्टलुक्स सार्वजनिक

  •   बिहिबार, फागुन १४, २०८२ मा प्रकाशित

काठमाडौं, फागुन १४
आगामी वैशाख ११ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘परालको आगो’को फस्ट लुक्स सार्वजनिक भएको छ। बिहिबार निर्माण टिमले फिल्मको पहिलो पोस्टर रिलिज गरेको हो।

सार्वजनिक पोस्टरमा फिल्मका मुख्य तीन पात्र सुहाना थापा,सौगात मल्ल र प्रकाश सपुतलाई देख्न सकिन्छ। तीनै पात्र निकै गम्भीर भावभंगिमामा देखिन्छन्। जहाँ सुहानाको सिउँदोमा सिन्दुर,अनि निधारमा टीका लगाएकी छन्। तर पनि उनको मन खुशी छैन भन्ने भाव पोस्टरमा झल्किन्छ। यता प्रकाश सपुत घुम ओडेर रसिला आँखा पारेका छन्। प्रकाश र सौगात मल्लको अनुहार रुन्चे देखिन्छ। यि तिनै पात्रले फिल्मको कथावस्तु रहस्यमय र सामाजिक द्वन्द्वमा आधारित रहेको संकेत गरेको छ।

लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको यो फिल्ममा ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र समाजभित्र लुकेका मनोवैज्ञानिक तथा भावनात्मक संघर्षलाई फिल्मले उठान गर्ने अनुमान गरिएको छ। पोस्टरमा देखिएको आगोको झिल्को र अँध्यारो पृष्ठभूमिले कथा प्रतीकात्मक रूपमा ‘परालको आगो’ जस्तै सानो कारणले ठुलो परिणाम निम्त्याउने विषयवस्तुमा केन्द्रित हुनसक्ने संकेत गर्छ।

यस फिल्ममा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, किशोर भण्डारी,ज्याक श्रेष्ठ,सरिता भण्डारी,रेणु न्यौपाने,बाल कलाकार मन्जिला बाँनिया लगायतले अभिनय गरेका छन्।

हरि ॐ सिने मेकर्स प्रा.लिको निर्माणमा बनेको यस फिल्मका निर्माता सुशील पोखरेल हुन्। सुशील देवकोटाले लेखेको यस फिल्ममा छायाँकार संकल्प भुजेल,नृत्य निर्देशन रामजी लामिछाने,सम्पादन मिलन श्रेष्ठ, रंग संयोजक कनाल कँवर रहेका छन्।

त्यसै गरि फिल्मको भि.एफ.एक्स. समिर मिया,सत्यम रानाले गरेका हुन् भने टिजर र ट्रेलर साहिल खानले काटेका छन्। त्यसै गरि ५.१ मिक्सिङमा मुकेश शाहले गरेका छन् भने नगेन्द्र घिमिरे निर्माण संयोजनको काम गरेका छन्। त्यसै गरि यो फिल्ममा निर्माण नियन्त्रक ईश्वर घिमिरेको छ भने पाश्वं संगीत किरण तुलाधर,संगीत शान्ती ठटाल, सत्य–स्वरुप, प्रकाश सपुतको रहेको छ। फिल्मको गीतमा गीतकार मनबहादुर मुखिया, सुरेन्द्र राना, प्रकाश सपुतले लेखेका छन्।

फिल्ममा भेषभूषा डिजाइन सुजन परियार,श्रृंगारको जिम्मा मदन न्यौपानेले गरेका छन् भने केश विन्यासमा रोनिशा अधिकारी रहेकी छन्। यस फिल्मको पोस्टर निर्माण आइडियल डिजाइनर्सले गरेको हो भने कला निर्देशकका रुपमा प्रतिक चौधरी रहेका छन्। मुख्य सहायक निर्देशक करण बहादुर साउद रहेका छन् भने निर्माता सुलभी पोखरेल, सत्यम पोखरेल छन्।यस फिल्मको वितरण आर फिल्मसले गर्दैछ भने ओएसआर ओटीटी राईट लिइसकेको छ।गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’ नाममा ४५ वर्षअघि प्रताप सुब्बाले पनि फिल्म निर्देशन गरेका थिए।

बिहिबार, फागुन १४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.