• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

पाकिस्तानी आक्रमणमा ६७ अफगानी सुरक्षाकर्मी मारिए

  •   मङ्गलबार, फागुन १९, २०८२ मा प्रकाशित

पाकिस्तानले अफगानिस्तानसँगको जारी सीमापार युद्ध पाँचौँ दिनमा प्रवेश गरेको अवस्थामा ६७ अफगानी सुरक्षाकर्मी मारिएको दाबी गरेको छ । दक्षिणपश्चिम र उत्तरपश्चिम सीमाक्षेत्रमा मङ्गलबार बिहानदेखि तीव्र झडप भएको जनाउँदै इस्लामाबादले एक पाकिस्तानी सैनिकको पनि ज्यान गएको पुष्टि गरेको छ ।

पाकिस्तानका सूचनामन्त्री अत्ताउल्लाह तरारले अफगान सीमामा भएका ‘धेरै आक्रमणलाई सफलतापूर्वक विफल पारिएको’ बताउनुभयो । उहाँका अनुसार अफगान स्थल सेनाले बलुचिस्तान प्रान्तका किल्ला सैफुल्ला, नुस्की र चमन जिल्लामा रहेका १६ स्थानमा भूमि आक्रमण गरेको थियो । त्यसको प्रत्युत्तरमा पाकिस्तानी सेनाले २७ अफगान सैनिक मारिएको दाबी गरेको उहाँले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिनुभयो ।

उहाँका अनुसार उत्तरपश्चिमी खैबर पख्तुनख्वाको सीमावर्ती क्षेत्रमा पनि अफगान सेनाले २५ स्थानमा आक्रमण गरेको थियो । ती क्षेत्रमा भएको झडपमा ४० अफगान सुरक्षा बलका सदस्य मारिएको दाबी पाकिस्तानले गरेको छ । यसरी दुवै मोर्चामा गरी ६७ अफगान सुरक्षाकर्मी मारिएको इस्लामाबादको भनाइ छ ।

यी दाबीबारे काबुलबाट तत्काल कुनै आधिकारिक प्रतिक्रिया आएको छैन । तर, दुवै देशले विगत बिहीबारदेखि एकअर्कालाई भारी क्षति पुर्‍याएको दाबी गर्दै आएका छन् । अफगानिस्तानले अघिल्लो आइतबार भएको पाकिस्तानी हवाई आक्रमणको प्रतिशोधस्वरूप आक्रमण सुरु गरेको जनाएको थियो । त्यसयता पाकिस्तानले सीमाक्षेत्रमा निरन्तर सैन्य अपरेसन सञ्चालन गरिरहेको छ । सोमबार तरारले ४३५ अफगान सुरक्षाकर्मी मारिएको र ३१ स्थान नियन्त्रणमा लिइएको दाबी गर्नुभएको थियो ।

यसबीच, अफगान पक्षले पनि आफ्ना कारबाहीबाट पाकिस्तानी सेनालाई ठूलो क्षति पुर्‍याइएको दाबी गर्दै आएको छ । यद्यपि, स्वतन्त्र रूपमा यी दाबीहरूको पुष्टि हुन सकेको छैन ।

पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले सोमबार अफगानिस्तानभित्र जारी सैन्य कारबाहीको बचाउ गर्दै इस्लामाबादले कूटनीतिक प्रयासका सबै विकल्प प्रयोग गरिसकेपछि मात्र उग्रवादीविरुद्ध कदम चालिएको बताउनुभएको थियो । उहाँले काबुललाई पाकिस्तानमा आक्रमणका लागि जिम्मेवार समूहहरूलाई निशस्त्र बनाउन आग्रह गर्नुभयो ।

पाकिस्तानले हालको अवस्थालाई अफगानिस्तानसँगको ‘खुला युद्ध’ का रूपमा वर्णन गरेको छ । सीमाक्षेत्र अल–कायदा र इस्लामिक स्टेट समूहजस्ता आतङ्कवादी सङ्गठनहरूको गतिविधि बढेको क्षेत्र मानिँदै आएको छ । पछिल्ला महिनाहरूमा पाकिस्तानभित्र हिंसा बढेको र त्यसका लागि प्रतिबन्धित तेहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) जिम्मेवार रहेको इस्लामाबादको आरोप छ । पाकिस्तानले टिटिपीले अफगान भूमिबाट सञ्चालन गर्दै आएको र अफगान तालिबान सरकारले सुरक्षित आश्रय दिएको आरोप लगाउँदै आएको छ, जसलाई काबुलले अस्वीकार गर्दै आएको छ ।

हालको सीमापार द्वन्द्वले गत अक्टोबरमा कतार र टर्कीको मध्यस्थतामा भएको युद्धविरामलाई प्रभावहीन बनाएको छ । इस्तानबुलमा सम्पन्न वार्ता स्थायी सहमति बनाउन असफल भएपछि दुवै पक्षबीच तनाव पुनः चुलिएको हो । पाकिस्तानी अधिकारीहरूले अफगान तालिबान सरकारले टिटिपी र अन्य उग्रवादी समूहहरूविरुद्ध प्रमाणित र प्रभावकारी कदम नचालेसम्म सैन्य अपरेसन जारी रहने स्पष्ट पारेका छन् ।

मङ्गलबार, फागुन १९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.