• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै

  •   मङ्गलबार, चैत १०, २०८२ मा प्रकाशित

झापाको दमक नगरपालिका वडा नं. १० स्थित दमक एग्रिकल्चर फार्म प्रा. लि.मा पालिएका लेयर्स कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय झापाले प्रभावित क्षेत्रलाई संकटग्रस्त घोषणा गर्दै आवश्यक सतर्कता अपनाउन निर्देशन दिएको छ।

झापाका निमित्त प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रशाईका अनुसार संक्रमण फैलिन नदिन २० मिटर वरिपरि क्षेत्रलाई संकटग्रस्त घोषित गरी विज्ञ पशु प्राविधिक बाहेक अन्य व्यक्तिको आवतजावतमा प्रतिबन्ध लगाइएको छ। संक्रमण फैलिन नदिन प्रभावित क्षेत्रबाट कुखुरा, अण्डा तथा अन्य पन्छीजन्य सामग्रीको ओसारपसार पूर्ण रूपमा रोकिएको छ। फार्ममा करिब २० हजार कुखुरा रहेका थिए। सञ्चालक देवेन्द्र प्रसाईका अनुसार अचानक धेरै कुखुरा मर्न थालेपछि परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको हो।

फार्ममा रहेका २० हजार र नजिकैको अर्को फार्मका ५ हजार गरी कुल करिब २५ हजार कुखुरा नष्ट गर्ने कार्य सुरु गरिएको छ। शंकास्पद कुखुरा र मरेका कुखुराको ल्याब परीक्षण पनि तीव्र पारिएको छ। दमक नगरपालिकाका प्रमुख रामकुमार थापाका अनुसार सरोकारवाला निकायहरूसँग समन्वय गरी संक्रमित तथा प्रभावित कुखुरा नष्ट गर्ने कार्य तीव्र रुपमा अघि बढाइएको छ। सबैमा सचेतता अपनाउन अपिल गरिएको छ।

सरोकारवाला निकायबाट खटिएको प्राविधिक टोलीले खाडल खनेर कुखुरा, दाना तथा अण्डा सुरक्षित तरिकाले नष्ट गर्ने कार्य शुरु गरेको छ। भेटनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र झापाकी प्रमुख सितल भट्टराईका अनुसार तीन वटा द्रुत प्रतिक्रिया टोली (च्च्त्) यस कार्यमा खटिएको छ। फार्म सञ्चालक देवेन्द्र प्रसाईका अनुसार बर्डफ्लु पुष्टि भएपछि कुखुरा र अण्डा बिक्री रोकिएको थियो। शनिबार–आइतबार ल्याब परीक्षणबाट संक्रमण पुष्टि भएको हो।

कुखुरा र अण्डाको व्यापारमा असर
यस घटनापछि स्थानीय बजारमा कुखुरा र अण्डाको व्यापार घटेको छ। उपभोक्तामा त्रास फैलिएपछि बिक्री प्रभावित भएको व्यवसायीहरूले बताएका छन्। कुखुराजन्य परिकार राम्रोसँग पकाएर खाइने भएकाले मानिसमा संक्रमणको जोखिम न्यून रहेको भए पनि भ्रमका कारण व्यापार घटेको छ। कुखुरा उत्पादक भरत चम्लागाईले कुखुरा व्यवसायमा ठुलो लगानी रहेको हुँदा भ्रम हटाउन सबैको सहयोग आवश्यक रहेको जानकारी दिनुभएको छ।

मङ्गलबार, चैत १०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.