• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ७. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ८. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ९. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • १०. बागमती सरकारबाट बाहिरियो एमाले, सबै मन्त्रीको सामूहिक राजीनामा

आर्थिक रुपान्तरण र विकासको यात्रामा नेपालको नयाँ सरकारलाई चीनको साथ: चिनीयाँ राजदूत चाङ

  •   बुधबार, चैत ११, २०८२ मा प्रकाशित

काठमाडौँ- चीनले नेपालको आर्थिक रुपान्तरण र विकासको यात्रामा नयाँ सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।आगामी पाँच वर्षका निम्ति गठन हुने स्थिर सरकारले दशकौँदेखिको नेपालीको समृद्धि र सुशासनको चाहना पूरा गर्ने विश्वास पनि बेइजिङले व्यक्त गरेको छ ।

साथै उसले पर्यटन, लगानी र पूर्वाधारमा साझेदारी एवं सहकार्य बढाएर नेपालीको विकासको आकाङ्क्षा साकार पार्न सकिने बताएको छ ।

मङ्लबार साँझ आफ्नो कार्यालयमा मूलधारका प्रमुख सञ्चारमाध्यमका पत्रकारहरूलाई जनवादी गणतन्त्र चीनको १४औँ राष्ट्रिय जन कंग्रेसको चौथो अधिवेशनबारे जानकारी दिँदै नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले चीन नेपालसँगको सम्बन्ध थप सुदृढ बनाउन नेपालको नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

वर्षौँदेखि नेपालको सहयोगी बन्दै आएको चीनले नेपाली जनताको चाहनाअनुरूप सधैँ सहयोग गर्ने, नेपालको सामाजिक–आर्थिक विकासलाई केन्द्रमा राखेर विगतदेखि गर्दै आएको सहयोगलाई निरन्तरता दिने तथा राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला भएका सहमतिहरूको कार्यान्वयनमा उहाँले जोड दिनुभयो । नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको संरक्षणमा चीन सधैँ साथमा रहने प्रतिबद्धता पनि उहाँले दोहोर्याउनुभयो ।

नेपालको आर्थिक–सामजिक उन्नयनमा जलस्रोत र पर्यटन क्षेत्रमा पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै राजदूत चाङले पर्यटनसँग सम्बन्धित भौतिक पूर्वाधार सुधार गर्न सके अधिकभन्दा अधिक चिनियाँ पर्यटक नेपाल भित्र्याउन सकिने बताउनुभयो । चिनियाँ लगानीकर्ताले नेपालमा होटल तथा रेष्टुराँ क्षेत्रमा लगानी गर्न रुचि देखाए पनि लगानीको सुरक्षा, नीतिगत स्पष्टता तथा प्रशासनिक सहयोगको अभावका कारण केही कठिनाइ भएको गुनासो उहाँले गर्नुभयो । “हाम्रा लगानीकर्ताले प्रशासनिक झन्झटका कारण नेपालमा काम गर्न असहज भएको बताएका छन् ,” अब बन्ने सरकारले यस्ता समस्या हल गर्नेमा आफू आश्वस्त रहेको बताउँदै उहाँले भन्नुभयो ।

चिनियाँ राजदूतले पर्यटनलाई आर्थिक विकासको वाहकका रूपमा उच्च प्राथमिकतामा राखेर दुवै देशले सहकार्य गर्न सके छोटो समयमै नेपालको आर्थिक विकास सम्भव हुने धारणा व्यक्त गर्नुभयो । साथै चिया प्रशोधन, प्याकेजिङ र ब्रान्डिङलाई नेपालको आर्थिक उन्नतिको अर्को सम्भावित क्षेत्रका रूपमा औँल्याउँदै यस क्षेत्रमा पनि चिनियाँ सहयोग आकर्षित गर्न सकिने उहाँले बताउनुभयो ।

चीनले हासिल गरेको प्राविधिक प्रगतिको लाभ नेपालले पनि लिन सक्ने उल्लेख गर्दै हरित विकासलाई प्राथमिकतामा राखेर त्यससँग सम्बन्धित व्यवसाय प्रवद्र्धन गर्न सकिने बताउँदै चिनियाँ कूटनीतिज्ञले व्यापार र लगानीसँग सम्बन्धित नीतिगत व्यवस्था एकीकृत रूपमा एउटै स्थानबाट उपलब्ध गराउन सके चिनियाँ लगानीकर्ताको आकर्षण बढ्ने बताउनुभयो ।

हजारौँ वर्ष पुरानो नेपाल–चीन सम्बन्ध अझ सुदृढ बनाउन आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले विकास र समृद्धिका साझा एजेन्डामा नेपालको नयाँ सरकारसँग निकट सम्पर्कमा रहेर काम गर्न चीन तयार रहेको दोहोर्याउनुभयो । स्थिर सरकारले आगामी पाँच वर्षमा नेपाललाई विकासको मार्गमा अघि बढाउने विश्वास व्यक्त गर्दै अल्पविकसित राष्ट्रहरूको समूहबाट बाहिरिने नेपालको लक्ष्य प्राप्तिमा चीनले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।

दुई वटा मात्र छिमेकी भएकाले सन्तुलित परराष्ट्र नीति कार्यान्वयन गर्न नयाँ सरकारलाई कठिन नहुने राजदूत चाङको बुझाइ छ । जनचाहनाअनुसार नीति तथा कार्यक्रम निर्माण गर्दै नयाँ सरकारले नेपाली जनताको जीवनस्तर सुधार गर्ने तथा विकासका चाहना पूरा गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

राजदूत चाङले चीन विश्व समुदायका सबै सदस्य राष्ट्रहरूसँग मिलेर समान र सुव्यवस्थित बहुध्रुवीय विश्वको प्रवद्र्धन गर्न तथा सबैका लागि लाभदायक र समावेशी आर्थिक विश्वव्यापीकरणलाई अगाडि बढाउन तयार रहेको बताउनुभयो । उहाँले चीन विश्व शासन प्रणालीको सुधार र विकासमा सहभागी भई अन्तरराष्ट्रिय व्यवस्थालाई अझ न्यायोचित र समतामूलक बनाउन प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभयो ।

फरक प्रसङ्गमा उहाँले कालापानी नेपाल र भारतबीचको द्विपक्षीय विषय भएको उल्लेख गर्दै वार्ताको माध्यमबाट यो समस्याको समाधान खोजिनुपर्ने र चीनलाई आरोप लगाउन नहुने स्पष्ट गर्नुभयो । परराष्ट्र सचिवस्तरको नेपाल–भारत संयन्त्रलाई सक्रिय बनाएर समस्या समाधान गर्न सकिने उहाँको भनाइ थियो ।

बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) नेपालको आर्थिक विकासमा सहयोगी हुने विश्वास व्यक्त गर्दै चिनियाँ राजदूतले कृषि, पूर्वाधार विकास तथा लगानी विस्तारलाई आफ्नो मुलुकले प्राथमिकता दिएको बताउनुभयो । चीनले नेपाललाई दिएको कर छुट सुविधाको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिँदै उहाँले हाल कृषिजन्य वस्तुमा सीमित निर्यातलाई अन्य उत्पादनतर्फ विस्तार गर्न चीन तयार रहेको जानकारी दिनुभयो । व्यापार विस्तारको प्रशस्त सम्भावना रहेको भन्दै उहाँले द्विपक्षीय साझेदारीलाई केन्द्रमा राखेर काम गरिरहेको बताउनुभयो ।

आपसी सम्मान, सार्वभौमिकताको कदर, आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीति तथा शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तमा आधारित चीन र नेपालबीचको सम्बन्धलाई अझ सघन बनाउन आफू सधै क्रियाशील रहने बताउँदै उहाँले नेपाल सरकारले चीनलाई विश्वसनीय विकास साझेदार तथा सच्चा मित्रका रूपमा लिँदै आएकामा त्यसको सराहना गर्नुभयो । राजदूत चाङले भन्नुभयो, “ विभिन्न क्षेत्रमा चीनले पु¥याउँदै आएको सहयोगले द्विपक्षीय सम्बन्धलाई व्यावहारिक र परिणाममुखी बनाएको छ । साथै नेपाल एक चीन सिद्धान्तमा दृढ रहेको छ, जसलाई चीनले उच्च महत्व दिँदै आएको छ ।”

नेपाल–चीन सम्बन्ध बहुआयामिक सहकार्यतर्फ उन्मुख हुँदै गएको ‘ट्रान्स–हिमालयन बहुआयामिक कनेक्टिभिटी सञ्जाल’ को अवधारणाले नेपाललाई भूपरिवेष्टित नभइ भूजडित राष्ट्रमा रूपान्तरण गर्ने लक्ष्य लिएको बताउँदै चिनियाँ राजदूतले प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्ग, कोदारी–झाङ्मु सडक स्तरोन्नति, सीमापार सुरुङ तथा उत्तर–दक्षिण आर्थिक करिडोर विस्तारजस्ता परियोजना दुवै देशका निम्ति लाभप्रद हुने विश्वास व्यक्त गर्नुभयो ।

सन् २०१९ मा राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा दुई देशबीच २० भन्दा बढी समझदारीपत्रमा हस्ताक्षर भई सम्बन्धलाई ‘रणनीतिक सहकार्य साझेदारी’मा स्तरोन्नति गरिएको सन्दर्भ जोड्दै चिनियाँ राजदूतले पारस्परिक लाभका प्रस्तावित परियोजनाबारे चर्चा गर्नुभएको हो ।

सीमापार व्यापार प्रवद्र्धनका लागि तातोपानी–झाङ्मु तथा रसुवागढी–नाकाको स्तरोन्नति, सुक्खा बन्दरगाह तथा हवाई कनेक्टिभिटी विस्तार, पोखरा र गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलमार्फत उडान विस्तार, बेइजिङ र काठमाडौँबीच सिधा हवाई सम्पर्क विस्तार गरी पर्यटन प्रवद्र्धनमा उहाँले जोड दिनुभयो ।

सन् २०१७ मा नेपाल बिआरआईमा सहभागी भएपछि पूर्वाधार, व्यापार र कनेक्टिभिटीमा सहकार्य अझ सुदृढ भएको छ । यो सहकार्यले ऊर्जा,स्वास्थ्य, शिक्षा, खेलकुद, तथा सांस्कृतिक क्षेत्रमा समेत सकारात्मक प्रभाव पारेको छ भने सीमा व्यवस्थापन, सुरक्षा सहकार्य तथा अवैध गतिविधि नियन्त्रणमा पनि दुवै देशबीच समन्वय र साझेदारी भइरहेकामा उहाँले सन्तोष व्यक्त गर्नुभयो ।

नेपाल–चीन सम्बन्धको रणनीतिक महत्व बढ्दै गएको सन्दर्भमा सम्पर्क सञ्जाल विस्तार गरेर व्यापार वृद्धि, आर्थिक रूपान्तरण तथा एकल पारवहन निर्भरता घटाउने दिशामा उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ ।

बुधबार, चैत ११, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो
रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

भर्खरै

  • १.
    सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो

  • २.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • ३.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ४.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ५.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ६.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ७.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ८.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.