• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

‘राम नाम सत्य’ प्रचारमा आयुष, भन्छन्–‘फिल्मबाट उत्साहित छु’

  •   सोमबार, चैत २३, २०८२ मा प्रकाशित

काठमाडौं, चैत्र २३
टिकटकमा लोकप्रिय फलोअर्स र दर्शकको माया कमाएका टिकटकर आयुष सिंह ठकुरी अब नेपाली फिल्मको पर्दामा पनि देखिदैछन् । माइकल चन्दको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘राम नाम सत्य’बाट आयुषले डेब्यू गर्दैछन् । यो फिल्म चैत्रको २७ गते अर्थात शुक्रबारबाट देशभरका हलमा रिलिजमा आउँदैछ ।

फिल्मको रिलिजको एक केही दिन अगाडि आयुष मिडियासँगको अन्तरक्रियामा उपस्थित भए ।आयुष यो फिल्मलाई लिएर निकै उत्साहित सुनिए । उनले भने–‘यो फिल्मको कथावस्तु मन परेका कारण नै मैले काम गरेको हुँ । मलाई धेरै फिल्मको अफर नआएको होइन । तर, राम नाम सत्यको कथाले तान्यो र काम गर्न तयार भएँ ।’

फिल्म भित्र आफ्नो भूमिका दर्शकका लागि सरप्राइज हुने आयुषको तर्क छ । आयुष भन्छन्–‘मैले बोलेका एउटा संवाद ट्रेलरमा समावेश छ । यो ट्रेलर आउँदा मेरो परिवार र आफन्तले नै मेरो बोली चिन्नु भएन । पछि मैले नै यो संवाद मेरो हो भनेर भन्दा धेरै छक्क पर्नु भएको थियो । फिल्मका लागि निकै मिहिनेत गरेको छु ।’

आयुषले अहिले नै आफूले फिल्मको व्यापारबारे नसोचेको तर्क गर्छन् । उनले, दर्शकले सुरुवातमा आफ्नो काम मन पराउन आवश्यक रहेको बताए । टिकटकमा लाखौ फलोअर्स कमाएका आयुषलाई ती दर्शक हलसम्म तान्ने चुनौती छ । यो बिषयमा आयुष भन्छन्–‘विदेशमा बस्ने धेरै नेपालीहरुले पनि नेपालमा रहेका आफन्त र साथीभाइका लागि टिकट खरिद गरिदिने, हल बुक गरिदिने भन्नुभएको छ । दर्शक फिल्मप्रति नै उत्साहित रहेको पाएको छु ।’

आयुषले फिल्मको सिक्वेल बन्ने जानकारी दिए । भने–‘राम नाम सत्य’को सिक्वेल पनि बन्दैछ । सिक्वेलमा मेरो भूमिका के हुन्छ भन्ने वुझ्नका लागि पनि दर्शकले राम नाम सत्यको पहिलो भाग छुटाउन हुँदैन ।’

आयुषले यो फिल्मका लागि आफूले शतप्रतिशत मिहिनेत गरेको सुनाए । फिल्ममा कथावस्तु बलियो रहेको, सस्पेन्स–थ्रिलर कथा रोचक रहेको सुनाउँदै आयुषले हरेक कोणबाट फिल्मले दर्शकलाई मनोरञ्जन दिने तर्क गरे ।

आयुषले अब निरन्तर फिल्म क्षेत्रमा काम गर्ने संकेत गरे । उनले भने–‘मैले अझै मिहिनेत गर्नुछ । आफूलाई तयार गर्नुछ । यसैले, हतार गरेर काम गरिहाल्छु भन्दिनँ । तर, अब निरन्तर यही क्षेत्रमा अगाडि भने बढ्छु ।’

उपेन्द्र शाही र स्वेता विमलीको निर्माणमा तयार भएको यो फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, आयुष सिंह ठकुरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, सुनील थापा, प्रशान्त ताम्राकार, खुशी कार्की लगायतका कलाकारहरुको अभिनय छ । नयाँ वर्षमा सोलो रिलिज हुन लागेको फिल्मले बम्पर ओपनिङ गर्ने विश्लेषण वितरकको छ ।

सोमबार, चैत २३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.