काठमाडौं, चैत्र २५ ।लोकप्रिय हास्य टेलिभिजन शो कमेडी दरबार को तेस्रो सिजन यही बैशाख ४ गतेदेखि प्रसारणमा आउने भएको छ। पहिलो र दोस्रो सिजनको सफलतापछि करिब तीन महिनापछि शो नयाँ स्वरूपमा दर्शकमाझ फर्किन लागेको हो।
निर्देशक तथा होस्ट विक्की अग्रवाल का अनुसार यसपटक कार्यक्रमलाई अझ आकर्षक बनाउन सेट, प्रस्तुति शैली र फर्म्याटमा विशेष परिवर्तन गरिएको छ।

यस सिजनमा ‘महाराजा’का रूपमा मनोज गजुरेल र ‘महारानी’का रूपमा गौरी मल्ल यथावत रहनेछन् भने अभिनेत्री दिया मास्के नयाँ ‘रानी’का रूपमा शोमा जोडिएकी छन्।
शोमा सन्तोष थापा, दिनेश काफ्ले र सुजन जिम्बा नयाँ कमेडियनका रूपमा प्रवेश गरेका छन्। अघिल्ला सिजनका लोकप्रिय कलाकारहरू पनि यथावत रहने निर्माण टिमले जनाएको छ।
माया इन्टरटेन्मेन्ट द्वारा निर्माण गरिएको कार्यक्रम प्राइम टिभी एचडी र ओएसआर रियालिटी युट्युब च्यानलमार्फत प्रसारण हुनेछ।नयाँ सेट, नयाँ कलाकार र परिमार्जित प्रस्तुति शैलीसहित ‘कमेडी दरबार’ सिजन ३ ले दर्शकलाई अझ बढी मनोरञ्जन दिने अपेक्षा गरिएको छ।


