काठमाडौंः जेडी भान्स ले इरानसँगको २१ घण्टा लामो वार्ता कुनै ठोस सम्झौता बिना टुङ्गिएको बताएका छन्।
इस्लामाबाद मा आइतबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले गहन र गम्भीर छलफल भएपनि युद्धलाई स्थायी रूपमा अन्त्य गर्ने विषयमा इरान सँग सहमति हुन नसकेको जानकारी दिए।
उनका अनुसार, इरानी प्रतिनिधिमण्डलसँगको २१ घण्टे वार्ता विषयवस्तुका हिसाबले महत्त्वपूर्ण भए पनि अन्ततः कुनै नतिजा ननिस्कनु दुःखद भएको हो।
उपराष्ट्रपति भान्सले वार्ता असफल हुनु संयुक्त राज्य अमेरिका भन्दा पनि इरानका लागि बढी चुनौतीपूर्ण र नराम्रो खबर भएको टिप्पणी गरेका छन्।
तपाईको प्रतिक्रिया



