• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ७. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ८. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ९. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • १०. बागमती सरकारबाट बाहिरियो एमाले, सबै मन्त्रीको सामूहिक राजीनामा

प्रयोगविहीन हुँदै २९ करोडको होल्डिङ सेन्टर जीर्ण

  •   बिहिबार, बैशाख ०३, २०८३ मा प्रकाशित

कोरोना महामारीको समयमा भारतबाट आउने संक्रमित तथा शङ्कास्पद व्यक्तिहरूलाई राख्न सरकारले करोडौँ रुपियाँ खर्चेर विराटनगरमा निर्माण गरेको होल्डिङ सेन्टर अहिले प्रयोगमै नआई जीर्ण बन्दै गएको छ।

विराटनगर–१६ रानीस्थित विराटनगर जुटमिलको पाँच बिघा जग्गामा २८ करोड ९१ लाख रुपियाँ खर्चेर निर्माण गरिएको यो संरचना अहिले संरक्षण र उपयोगको पर्खाइमा जीर्ण अवस्थामा पुगेको हो।

नेपाली सेनामार्फत २०७८ सालमै निर्माण सम्पन्न गरिएको यस सेन्टरमा २२ वटा ठूला आवास हलसहित ५९ वटा भवन संरचनाहरू छन्। ती संरचनामा संक्रमितका लागि बेड, १५ वटा किचन हाउस तथा २२ वटा शौचालय र बाथरुम निर्माण गरिएका थिए। तर, निर्माण सम्पन्न भएको तीन वर्षसम्म पनि सेन्टर सञ्चालनमा आउन सकेन।

लामो समयसम्म प्रयोगविहीन हुँदा प्रिफ्याब प्रविधिबाट बनाइएका भवनहरू घाम र पानीका कारण मक्किन थालेका छन्। भवनका टिनका पाता उप्किएका छन् भने प्रिफ्याबका भित्ताहरूमा प्वाल पर्न थालेका छन्। त्यहाँ खटिएका सुरक्षाकर्मीका अनुसार सरसफाइ गर्न जाँदा पनि सामग्रीहरू टुटफुट हुने अवस्था छ।

“केही दिनअघि सरसफाइ गर्न जाँदा जे छोयो त्यही फुट्ने र भाँचिने अवस्था छ,” सुरक्षामा खटिएका एक सुरक्षाकर्मीले भन्नुभयो, “आइसोलेसनमा प्रयोग गरिएका प्लास्टिकका सामग्रीहरू मक्किएका छन्, छोएपछि टुट्ने डरले सफा गर्न पनि समस्या छ।”

होल्डिङ सेन्टरको सुरक्षाका लागि अहिले नेपाली सेनाको एउटा प्लाटुन खटिएको छ। तर मानवीय गतिविधि नहुँदा र उपयोगविहीन हुँदा धाराका टुटीदेखि पानीका ट्याङ्कीसमेत बिग्रिएका छन्। विगतमा कोशी प्रदेश सरकारले यस स्थानमा अस्पताल सञ्चालन गर्ने योजना बनाएको भए पनि उक्त योजना अघि बढ्न सकेन, जसका कारण विशाल संरचना उपयोगविहीन बनेको हो।

विपदका समयमा मात्र प्रयोग गर्ने उद्देश्यले बनाइएका यस्ता अस्थायी संरचनाहरूलाई अन्य समयमा कसरी उपयोग गर्ने भन्ने स्पष्ट नीतिको अभाव देखिएको छ। विज्ञहरूले यसलाई शिक्षा, तालिम केन्द्र वा अन्य अस्थायी प्रयोजनका लागि प्रयोग गर्न सुझाव दिए पनि सरकारले ठोस निर्णय गर्न सकेको छैन।

यदि भोलि कुनै विपद आइलागेर पुनः सञ्चालन गर्नुपर्ने अवस्था आएमा मर्मतका लागि मात्र पनि थप ठुलो रकम खर्च गर्नुपर्ने स्थिति छ। राज्यको करिब २९ करोड रुपियाँ लगानीमा निर्माण गरिएको यो आयोजना उचित व्यवस्थापनको अभावमा ‘बालुवामा पानी’ सरह बनेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। उनीहरूले यो संरचना तत्काल कुनै न कुनै प्रयोजनमा उपयोग गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

विराटनगर–१६ रानीस्थित विराटनगर जुटमिलको पाँच बिघा क्षेत्रमा निर्माण गरिएको होल्डिङ सेन्टर प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ।

बिहिबार, बैशाख ०३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो
रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

भर्खरै

  • १.
    सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो

  • २.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • ३.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ४.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ५.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ६.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ७.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ८.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.