• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली फिर्ता

  •   बिहिबार, बैशाख ०३, २०८३ मा प्रकाशित

विभिन्न व्यक्तिको प्रलोभनमा परी कम्बोडिया पुगेका ४६ जना नेपाली नागरिकको उद्धार गरी स्वदेश फर्काइएको छ।

नेपाली राजदूतावास बैँककको पहल, कम्बोडिया सरकारको सहयोग तथा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कम्बोडियाको सहजीकरणमा ती नेपालीहरूलाई चैत ३० र वैशाख १ गते नेपाल फर्काइएको दूतावासले जनाएको छ।

उद्धार गरिएका ती नेपालीलाई अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोहरूमा गैरकानुनी काममा लगाइएको तथा केहीलाई बिना भिसा वा भिसा अवधि सकिएर बस्न बाध्य बनाइएको पाइएको दूतावासले जनाएको छ। यसैबिच, अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपालीहरूको उद्धार तथा स्वदेश फिर्ताका लागि पहल भइरहेको पनि बताइएको छ।

दूतावासका अनुसार कम्बोडियामा केही नेपाली नागरिकलाई अनलाइन ठगीलगायत गैरकानुनी गतिविधिमा संलग्न गराइएको तथा भिसा अवधि सकिएर वा बिना भिसा बसिरहेका व्यक्तिहरू भेटिएको जानकारी प्राप्त भएको छ।

कम्बोडिया सरकारले हालै अनलाइन स्क्यामिङ केन्द्रहरूमा संलग्न गतिविधिलाई लक्षित गर्दै कडा कानुन लागु गरेको छ। उक्त कानुन अनुसार यस्ता केन्द्रहरूमा काम गर्ने व्यक्तिलाई अपराधको प्रकृति अनुसार न्यूनतम दुई वर्षदेखि आजीवन कारावाससम्मको सजाय तथा एक लाख २५ हजारदेखि पाँच लाख अमेरिकी डलरसम्म जरिवाना हुने व्यवस्था रहेको छ।

दूतावासले बिना भिसा वा भिसा अवधि सकिएर बसिरहेका नेपालीलाई यथाशीघ्र स्वदेश फर्कन पुनः आग्रह गरेको छ।

त्यस्तै, स्क्यामिङ केन्द्रहरूमा काम गराइएकाहरूको राहदानी कम्पनीले जफत गर्ने वा हराएको भनी गुनासो आउने गरेको उल्लेख गर्दै यस्तो अवस्थामा नेपाली राजदूतावास बैँककले निःशुल्क एकतर्फी यात्रा अनुमतिपत्र जारी गरी उद्धार गर्ने व्यवस्था रहेको जनाएको छ। विस्तृत जानकारी दूतावासको वेबसाइटमा उपलब्ध रहेको पनि उल्लेख गरिएको छ।

दूतावासका अनुसार पछिल्लो समय कम्बोडियामा नेपालीको आगमन उल्लेख्य रूपमा बढेको छ। सन् २०२१ मा १०१ जना, २०२२ मा १,९७७ जना, २०२३ मा २,९४० जना, २०२४ मा ६,४०४ जना तथा २०२५ मा ९,६७७ जना नेपालीहरू भ्रमण भिसामा कम्बोडिया गएको तथ्याङ्कले देखाएको छ।

राजदूतावासले नेपाल सरकारले तोकेका मापदण्ड अनुसार श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा छिटो र धेरै आम्दानीको प्रलोभनमा परी भ्रमण भिसामा कम्बोडिया, लाओस, म्यानमार, थाइल्यान्डलगायत देशमा गई गैरकानुनी काममा नलाग्न सबैलाई आग्रह गरेको छ।

बिहिबार, बैशाख ०३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.