• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ७. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ८. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ९. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • १०. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली फिर्ता

  •   बिहिबार, बैशाख ०३, २०८३ मा प्रकाशित

विभिन्न व्यक्तिको प्रलोभनमा परी कम्बोडिया पुगेका ४६ जना नेपाली नागरिकको उद्धार गरी स्वदेश फर्काइएको छ।

नेपाली राजदूतावास बैँककको पहल, कम्बोडिया सरकारको सहयोग तथा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कम्बोडियाको सहजीकरणमा ती नेपालीहरूलाई चैत ३० र वैशाख १ गते नेपाल फर्काइएको दूतावासले जनाएको छ।

उद्धार गरिएका ती नेपालीलाई अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोहरूमा गैरकानुनी काममा लगाइएको तथा केहीलाई बिना भिसा वा भिसा अवधि सकिएर बस्न बाध्य बनाइएको पाइएको दूतावासले जनाएको छ। यसैबिच, अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपालीहरूको उद्धार तथा स्वदेश फिर्ताका लागि पहल भइरहेको पनि बताइएको छ।

दूतावासका अनुसार कम्बोडियामा केही नेपाली नागरिकलाई अनलाइन ठगीलगायत गैरकानुनी गतिविधिमा संलग्न गराइएको तथा भिसा अवधि सकिएर वा बिना भिसा बसिरहेका व्यक्तिहरू भेटिएको जानकारी प्राप्त भएको छ।

कम्बोडिया सरकारले हालै अनलाइन स्क्यामिङ केन्द्रहरूमा संलग्न गतिविधिलाई लक्षित गर्दै कडा कानुन लागु गरेको छ। उक्त कानुन अनुसार यस्ता केन्द्रहरूमा काम गर्ने व्यक्तिलाई अपराधको प्रकृति अनुसार न्यूनतम दुई वर्षदेखि आजीवन कारावाससम्मको सजाय तथा एक लाख २५ हजारदेखि पाँच लाख अमेरिकी डलरसम्म जरिवाना हुने व्यवस्था रहेको छ।

दूतावासले बिना भिसा वा भिसा अवधि सकिएर बसिरहेका नेपालीलाई यथाशीघ्र स्वदेश फर्कन पुनः आग्रह गरेको छ।

त्यस्तै, स्क्यामिङ केन्द्रहरूमा काम गराइएकाहरूको राहदानी कम्पनीले जफत गर्ने वा हराएको भनी गुनासो आउने गरेको उल्लेख गर्दै यस्तो अवस्थामा नेपाली राजदूतावास बैँककले निःशुल्क एकतर्फी यात्रा अनुमतिपत्र जारी गरी उद्धार गर्ने व्यवस्था रहेको जनाएको छ। विस्तृत जानकारी दूतावासको वेबसाइटमा उपलब्ध रहेको पनि उल्लेख गरिएको छ।

दूतावासका अनुसार पछिल्लो समय कम्बोडियामा नेपालीको आगमन उल्लेख्य रूपमा बढेको छ। सन् २०२१ मा १०१ जना, २०२२ मा १,९७७ जना, २०२३ मा २,९४० जना, २०२४ मा ६,४०४ जना तथा २०२५ मा ९,६७७ जना नेपालीहरू भ्रमण भिसामा कम्बोडिया गएको तथ्याङ्कले देखाएको छ।

राजदूतावासले नेपाल सरकारले तोकेका मापदण्ड अनुसार श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा छिटो र धेरै आम्दानीको प्रलोभनमा परी भ्रमण भिसामा कम्बोडिया, लाओस, म्यानमार, थाइल्यान्डलगायत देशमा गई गैरकानुनी काममा नलाग्न सबैलाई आग्रह गरेको छ।

बिहिबार, बैशाख ०३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो
रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

भर्खरै

  • १.
    सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो

  • २.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • ३.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ४.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ५.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ६.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ७.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ८.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.