• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ७. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

स्वस्तिमा खड्काको फिल्म ‘लालीबजार’माथि विवाद चुलियो

  •   सोमबार, बैशाख १४, २०८३ मा प्रकाशित

काठमाडौं । नेपाली फिल्म क्षेत्रमा यतिबेला लालीबजार विवादमा तानिएको छ। फिल्मकी मुख्य अभिनेत्री स्वस्तिमा खड्काले यसलाई आफ्नो करियरकै उत्कृष्ट काम भएको दाबी गरिरहेकै बेला ट्रेलर सार्वजनिक भएपछि बादी समुदायबाट आलोचना सुरु भएको हो।

बादी समुदायकी प्रतिनिधि डा. रोशनी नेपाली बादीले पत्रकार सम्मेलन गर्दै फिल्मको प्रदर्शन रोक्न माग गरेकी छन्। उनका अनुसार फिल्मले बादी समुदायलाई गलत र अनैतिक रूपमा चित्रण गरेको छ, जसले उनीहरूको सामाजिक प्रतिष्ठामा आघात पुर्‍याएको छ। उनले दलित आयोगमार्फत चलचित्र विकास बोर्डमा समेत पत्राचार गरिएको जानकारी दिएकी छन्।

डा. रोशनीले फिल्मको नाम र विषयवस्तु दुवैप्रति गम्भीर आपत्ति जनाउँदै “यसले हाम्रो चरित्र हत्या गरेको छ” भन्ने आरोप लगाएकी छन्। उनका अनुसार फिल्मका कारण देश–विदेशमा रहेका बादी युवाहरू मानसिक दबाबमा परेका छन्। उनले कुनै दृश्य काट्ने वा नाम परिवर्तन गर्ने मात्र नभई फिल्म नै पूर्ण रूपमा रोक्नुपर्ने माग राखेकी छन्।

यता, फिल्मका निर्माता रबिन्द्र सिंह बाँनियाले भने आरोप अस्वीकार गरेका छन्। उनले फिल्मले बादी समुदायको इतिहास र पीडालाई उजागर गर्ने उद्देश्य राखेको बताएका छन्। “हामीले समुदायका अगुवा र पीडितसँग प्रत्यक्ष संवाद गरेर सहमतिमा काम गरेका हौँ,” उनले भने, “यो व्यक्तिगत धारणा मात्र हो, अधिकांश समुदायका सदस्यहरू असहमत छन्।”

विवादबीच बादी समुदायभित्र नै दुई धार देखिएको छ। केहीले फिल्म रोक्नुपर्ने माग गरिरहेका छन् भने अन्यले आवश्यक परिमार्जनसहित प्रदर्शन गर्न दिनुपर्ने धारणा राखेका छन्। हिक्मत बादीका अनुसार पहाड र तराईका बादी समुदायबीच दृष्टिकोण फरक देखिएको छ। उनले फिल्मले ऐतिहासिक शोषण र पीडालाई देखाउन खोजेकाले पूर्ण रूपमा रोक्नु उपयुक्त नहुने बताएका छन्।

त्यस्तै, समुदायकी अर्की प्रतिनिधि हेना देवीसरा बादीले सुरुवातमा ट्रेलरप्रति आपत्ति भए पनि फिल्म हेरेपछि आफ्नो धारणा केही परिवर्तन भएको बताएकी छन्। उनका अनुसार फिल्मले विगतको बाध्यात्मक अवस्थालाई प्रस्तुत गरेको छ र समुदायको आवाज राज्यसम्म पुर्‍याउन सहयोग गर्न सक्छ।

निर्देशक यम थापाको निर्देशनमा बनेको ‘लालीबजार’मा स्वस्तिमा खड्का, रबिन्द्र सिंह बाँनिया, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठलगायत कलाकारहरूको अभिनय रहेको छ। फिल्म आगामी १८ गते शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आउने तयारीमा छ।

बादी समुदायको संवेदनशील विषय उठाएकाले ‘लालीबजार’ अहिले बहसको केन्द्रमा छ। फिल्मले सामाजिक यथार्थ उजागर गरेको हो वा समुदायको छवि बिगारेको हो भन्ने विषयमा बहस अझै जारी रहने देखिन्छ।

सोमबार, बैशाख १४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.