• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ७. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ८. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

‘लालीबजार’ हेरेपछि फिल्मकर्मी भावुक, सामाजिक कथाको प्रशंसा

  •   शुक्रबार, बैशाख २५, २०८३ मा प्रकाशित
काठमाडौं, बैशाख २५
आज वैशाख २५ देखि नेपालभर प्रदर्शन भएको फिल्म ‘लालीबजार’ लाई प्रिमियर शोमा हेर्ने सेलिब्रेटी तथा बादी समुदायका अभियन्ताले तारिफ गरेका छन् । प्रदर्शनको पूर्व सन्ध्यामा बिहिबार बेलुकी गरिएको भव्य प्रिमियरमा मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले फिल्म हेरेपछि ’लालीबजार’ को विषयवस्तु, निर्देशकीय पक्ष, कलाकारको अभिनयको प्रशंसा गरे ।
कलाकार मदनकृष्ण श्रेष्ठले ‘लालीबजार’ लाई पर्फेक्ट फिल्म लागेको प्रतिक्रिया दिए । उनले भने, ‘यो फिल्म सबै पक्षमा अब्बल छ, नेपाली कथालाई निकै राम्रोसँग पर्दामा प्रस्तुत गरिएको छ । आमा र छोरीको भावनात्मक सम्बन्धलाई फिल्मले निकै राम्रोसँग प्रस्तुत गरेको छ । १० मा यो फिल्मले १० नै नम्बर डिजर्भ गर्छ ।’
उनले फिल्मको विषयवस्तु छनोट गरेर निर्माण पक्षले देखाएको सहासको तारिफ गरे । कलाकार हरिवंश आचार्यले फिल्म सामाजिक संदेशसहित मनोरन्जनात्मक बनेको प्रतिक्रिया दिए ।‘फिल्म एकदमै राम्रो छ, शब्दमा प्रसंशा गर्न सकिरहेको छैन । एकदमै राम्रो छ, मैले हेरेका मध्येमा राम्रो फिल्मको सूचीमा पर्छ लालीबजार’, अभिनेता आचार्यले भने ।
प्रिमियरमा उपस्थित फिल्मकर्मीले विषयवस्तुसँगै अभिनेत्री स्वस्तिमा खड्काको अभिनयको प्रसंशा गरेका थिए । फिल्ममा उनले निर्वाह गरेको भूमिकाले उपस्थित फिल्मकर्मीको आँखा रसाएको थियो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले स्वस्तिमाले आफ्नो अभिनय क्षमता पुनः प्रस्ट्याएको प्रतिक्रिया दिँदै निर्माण कम्पनि षट्कोण आट्र्सले राम्रो फिल्म बनाएको बताए ।
‘स्वस्तिमा आफैँमा आफ्नो अभिनय क्षमताका कारण चर्चामा आउँछिन्, यसपटक उनले आफ्नो उचाई झन् बढाएकी छिन् । यो फिल्म हेर्ने जो कोहीको आँखा रसाउँछ, ढुक्क हुनुस् । यो फिल्म हाम्रो भाषामा भन्दा ’बबाल’ नै चल्छ’, अध्यक्ष डिसीले भने ।
उनले फिल्मले दर्शकको मन जित्नेमा विश्वस्त रहेको बताए । फिल्म हेर्न आइपुगेकी पूर्व मन्त्री सुमना श्रेष्ठले फिल्मले सामाजिक विभेद र त्यस विरुद्ध उठाउनु पर्ने कदमलाई फिल्मीशैलीमा सबैले बुझ्ने गरी देखाइएको बताइन ।
‘षट्कोण आट्र्सले सामाजिक विषयमा फिल्म बनाउँदै आइरहेको छ, यसपटक विषयवस्तु छनोटमा झनै परिपक्क भएको महसुस भयो । हाम्रो समाजमा रहेका राम्रा र नराम्रा पक्षलाई स्पष्टसँग सबैले महसुस गर्ने गरी देखाइएको छ । फिल्म हेने आउनेले केही सिक्दै, बुझ्दै नै फर्किनुहुन्छ भन्ने मलाई लागेको छ’, श्रेष्ठले भनिन् ।
नेता रवीन्द्र मिश्रले नेपाली समाजको एउटा कालखण्डको क्रुर र पीडादायी विभेदको विषयलाई ‘लालीबजार’ फिल्ममा कलात्मक र सशक्त ढङ्गबाट चित्रण गरिएको बताए ।
उनले भने,‘लालीबजारलाई किन विवादमा ल्याईयो मैले बुझिन् । यसले कलात्मक रुपमा विद्रोह बोलेको छ । यो एउटा आमाको कथा हो, जहाँ आमाले छोरीका लागि गर्ने सङ्घर्षलाई देखाईएको छ । यो फिल्मले दर्शकको समय र पैसाको सदुपयोग गर्दै हलबाट निस्किदै गर्दा केही दिएर नै पठाउँछ ।’

बादी समुदायकी अभियता देवीसरा बादीले फिल्मको विषयवस्तुले आफ्नो आमाको सङ्घर्षलाई स्मरण गएको बताइन । उनले भनिन्, ‘यो फिल्म मेरो पनि कथा हो । मेरो आमाले पनि मलाई सङ्घर्ष गरेर पढाउनु भयो, मैले फिल्म हेरिरहँदा आमालाई देखे । यो हरेक आमा र छोरीले हेर्न पर्ने फिल्म बनेको छ । यो हरेक समुदायका महिलाले गर्व महसुस गर्ने फिल्म बनेको छ ।’
निर्देशक तथा अभिनेता निश्चल बस्नेतले फिल्मले देखाएको विषयले जो सुकै दर्शकको मनछुने बताए । ‘मैले सोचेको भन्दा बढी राम्रो लाग्यो फिल्म, किनकि यसको चर्चाले नै मेरो अपेक्षा बढाएको थियो । यो फिल्मलाई फिल्मकै रुपमा हेर्दा पनि मनोरन्जक छ भने यसले दिएको संदेश निकै महत्वपूर्ण छ । यसले दिएको संदेश बढी भन्दा बढी दर्शकसम्म पुग्नु जरुरी छ, त्यसैले यो फिल्म हेर्न जरुरी छ जस्तो लागेछ’, निर्देशक बस्नेतले भने ।
प्रिमियरमा फिल्म हेरेर निस्किएका अभिनेता अनुपबिक्रम शाही, महेश त्रिपाठी, गौरी मल्ल, गरिमा शर्मा, तेरिया मगर लगायतले पनि फिल्मको विषयले मन छोएको प्रतिक्रिया दिएका थिए ।
‘लालीबजार’ निर्देशक तथा लेखक यम थापाले फिल्मले पाएको प्रतिक्रियाले आफू उत्साहित रहेको बताए । ‘पहिलो दर्शक बन्नुभएका फिल्मकर्मीले दिनुभएको प्रतिक्रियाले निकै उत्साहित छु, आजदेखि सार्वजनिक रुपमा नेपालभरका हलमा प्रदर्शन भएको छ । हेर्नेले मन पराउनु हुन्छ भन्नेमा पूर्ण विश्वस्त छु’, उनले भने।
फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा आर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कडायत, निश्चल पन्थी र विरवल चौधरीलगायत कलाकारहरूको अभिनय रहेको छ ।
यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु गर्दैछन् । विशाल थियटरका अभिनेता तथा निर्देशक हुन् भने प्रशंसा जेन–जी पुस्ताकी अभियन्ताकी रूपमा परिचित छिन् । निर्देशक यम थापाको कथा तथा निर्देशनमा बनेको फिल्म ‘लालीबजार’को पटकथा र संवाद निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन् । फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता हुन् ।

शुक्रबार, बैशाख २५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.