जेठ १६, काठमाडौं ।गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको उपाधि जितेको छ ।आइतबार राति भएको फाइनलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरात च्याम्पियन बनेको हो ।गुजरातले पहिलो सहभागितामै उपाधि जितेको हो । गुजरातले यसै सिजनबाट आईपीएल खेल्न थालेकोहो ।
अहमदाबादमा राजस्थानले दिएको १ सय ३१ रनको लक्ष्य गुजरातले १८ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।गुजरातको जितमा सुबमन गिलले अविजित रहदै सर्वाधिक ४५ रन बनाए । कप्तान हार्दिक पान्डय ३४ रनमा आउट भए ।
डेभिड मिलर ३२ रनमा अविजित रहे । म्याथ्यु वेड ८ र रिद्धिमान शाह ५ रनमा आउट भए ।राजस्थानका ट्रेन्ट बोल्ड,प्रसिद्ध कृष्ण र युजभेन्द्र चाहलले १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३० रन जोडेको थियो ।राजस्थानका लागि जोश बट्लरले सर्वाधिक ३९ रन जोडे । याशभी जैसवालले २२ रन जोड्दा रियान परागले १५ रन जोडे । कप्तान सन्जु सामसन १४ रनमा आउट भए ।गुजरातका हार्दिक पान्डयले ३ तथा साई किशोरले २ विकेट लिए ।



