• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

सहिद कृष्णसेन ‘इच्छुक’ स्मृति दिवसमा भरतपुरमा पत्रकार सम्मान तथा दीप प्रज्वलन कार्यक्रम

  •   बुधबार, जेठ १३, २०८३ मा प्रकाशित

काठमाडौं, जेठ १३ । सहिद कृष्णसेन ‘इच्छुक’ स्मृति दिवसको अवसरमा प्रेस सेन्टर भरतपुर महानगरको आयोजनामा “पत्रकार सम्मान कार्यक्रम” सम्पन्न गरिएको छ। कार्यक्रम प्रेस सेन्टर भरतपुर महानगरका उपाध्यक्ष रवि अधिकारी को अध्यक्षतामा सम्पन्न भएको हो भने प्रमुख अतिथिका रूपमा प्रेस सेन्टर नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुरेश चन्द्र अधिकारी सहभागी थिए।

कार्यक्रममा पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएका पत्रकारहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा गोपाल परियार लाई ‘इच्छुक’ आजीवन पत्रकारिता सम्मानसहित नगद ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिएको छ।

त्यसैगरी अजिता अधिकारी लाई ‘प्रज्ञा पत्रकारिता सम्मान’सहित नगद ९ हजार ९ सय ९९ रुपैयाँ तथा आयुस न्यौपाने लाई ‘डिजिटल पत्रकारिता सम्मान’सहित नगद ९ हजार ९ सय ९९ रुपैयाँ प्रदान गरिएको थियो।

प्रमुख अतिथि सुरेश चन्द्र अधिकारी ले सहिद कृष्णसेन ‘इच्छुक’लाई राज्यले २०५९ साल जेठ १३ गते हिरासतभित्र चरम यातना दिएर हत्या गरेको उल्लेख गर्दै लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र जनपक्षीय पत्रकारिताका लागि इच्छुकले गरेको योगदान अतुलनीय रहेको बताए।

कार्यक्रममा प्रेस सेन्टरका अग्रज पत्रकार चिन्तामणि पौडेल ले सहिद कृष्णसेन ‘इच्छुक’को जीवन, संघर्ष र पत्रकारिता क्षेत्रका योगदानबारे जानकारी दिएका थिए। उनले इच्छुकले जनताको आवाजलाई सशक्त रूपमा उठाएको उल्लेख गर्दै उनको विचार आज पनि सान्दर्भिक रहेको बताए।

त्यसैगरी नेकपा भरतपुर महानगर अध्यक्ष तथा बागमती प्रदेश सदस्य सुमन सापकोटा ‘ईश्वर’ले सहिद कृष्णसेन ‘इच्छुक’ले देखाएको मार्गमा पत्रकारहरू अघि बढ्नुपर्ने धारणा व्यक्त गरे। उनले सत्य र जनताको पक्षमा उभिने पत्रकारिता नै इच्छुकप्रतिको सच्चा सम्मान हुने बताए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ उपाध्यक्ष दिपेन्द्र अधिकारी, प्रेस युनियन अध्यक्ष अनिल ढकाल, प्रेस चौतारी उपाध्यक्ष रामकान्त पौडेल तथा प्रेस सेन्टर नेपाल चितवनका अध्यक्ष राजेन्द्र आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

यसै अवसरमा सहिद कृष्णसेन ‘इच्छुक’ स्मृति चौबिस कोठीमा दीप प्रज्वलन कार्यक्रम पनि सम्पन्न गरिएको थियो। कार्यक्रममा सहभागीहरूले सहिद इच्छुकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको विचार र योगदानलाई स्मरण गरेका थिए।

२०५९ साल जेठ ६ गते तत्कालीन राज्य पक्षद्वारा पक्राउ परेका इच्छुकको हिरासतमा रहेका बेला जेठ १३ गते मृत्यु भएको समाचार सार्वजनिक गरिएको थियो। उनको मृत्युबारे व्यापक प्रश्न उठेका थिए र मानवअधिकारवादी, पत्रकार तथा नागरिक समाजले यसलाई हिरासतमा भएको यातनाको परिणाम भएको आरोप लगाएका थिए। त्यसयता जेठ १३ गतेलाई कृष्णसेन ‘इच्छुक’ स्मृति दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउने परम्परा रहँदै आएको छ।

बुधबार, जेठ १३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.