• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ७. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ८. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ९. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • १०. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

सहिद कृष्णसेन ‘इच्छुक’ स्मृति दिवसमा भरतपुरमा पत्रकार सम्मान तथा दीप प्रज्वलन कार्यक्रम

  •   बुधबार, जेठ १३, २०८३ मा प्रकाशित

काठमाडौं, जेठ १३ । सहिद कृष्णसेन ‘इच्छुक’ स्मृति दिवसको अवसरमा प्रेस सेन्टर भरतपुर महानगरको आयोजनामा “पत्रकार सम्मान कार्यक्रम” सम्पन्न गरिएको छ। कार्यक्रम प्रेस सेन्टर भरतपुर महानगरका उपाध्यक्ष रवि अधिकारी को अध्यक्षतामा सम्पन्न भएको हो भने प्रमुख अतिथिका रूपमा प्रेस सेन्टर नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुरेश चन्द्र अधिकारी सहभागी थिए।

कार्यक्रममा पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएका पत्रकारहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा गोपाल परियार लाई ‘इच्छुक’ आजीवन पत्रकारिता सम्मानसहित नगद ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिएको छ।

त्यसैगरी अजिता अधिकारी लाई ‘प्रज्ञा पत्रकारिता सम्मान’सहित नगद ९ हजार ९ सय ९९ रुपैयाँ तथा आयुस न्यौपाने लाई ‘डिजिटल पत्रकारिता सम्मान’सहित नगद ९ हजार ९ सय ९९ रुपैयाँ प्रदान गरिएको थियो।

प्रमुख अतिथि सुरेश चन्द्र अधिकारी ले सहिद कृष्णसेन ‘इच्छुक’लाई राज्यले २०५९ साल जेठ १३ गते हिरासतभित्र चरम यातना दिएर हत्या गरेको उल्लेख गर्दै लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र जनपक्षीय पत्रकारिताका लागि इच्छुकले गरेको योगदान अतुलनीय रहेको बताए।

कार्यक्रममा प्रेस सेन्टरका अग्रज पत्रकार चिन्तामणि पौडेल ले सहिद कृष्णसेन ‘इच्छुक’को जीवन, संघर्ष र पत्रकारिता क्षेत्रका योगदानबारे जानकारी दिएका थिए। उनले इच्छुकले जनताको आवाजलाई सशक्त रूपमा उठाएको उल्लेख गर्दै उनको विचार आज पनि सान्दर्भिक रहेको बताए।

त्यसैगरी नेकपा भरतपुर महानगर अध्यक्ष तथा बागमती प्रदेश सदस्य सुमन सापकोटा ‘ईश्वर’ले सहिद कृष्णसेन ‘इच्छुक’ले देखाएको मार्गमा पत्रकारहरू अघि बढ्नुपर्ने धारणा व्यक्त गरे। उनले सत्य र जनताको पक्षमा उभिने पत्रकारिता नै इच्छुकप्रतिको सच्चा सम्मान हुने बताए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ उपाध्यक्ष दिपेन्द्र अधिकारी, प्रेस युनियन अध्यक्ष अनिल ढकाल, प्रेस चौतारी उपाध्यक्ष रामकान्त पौडेल तथा प्रेस सेन्टर नेपाल चितवनका अध्यक्ष राजेन्द्र आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

यसै अवसरमा सहिद कृष्णसेन ‘इच्छुक’ स्मृति चौबिस कोठीमा दीप प्रज्वलन कार्यक्रम पनि सम्पन्न गरिएको थियो। कार्यक्रममा सहभागीहरूले सहिद इच्छुकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको विचार र योगदानलाई स्मरण गरेका थिए।

२०५९ साल जेठ ६ गते तत्कालीन राज्य पक्षद्वारा पक्राउ परेका इच्छुकको हिरासतमा रहेका बेला जेठ १३ गते मृत्यु भएको समाचार सार्वजनिक गरिएको थियो। उनको मृत्युबारे व्यापक प्रश्न उठेका थिए र मानवअधिकारवादी, पत्रकार तथा नागरिक समाजले यसलाई हिरासतमा भएको यातनाको परिणाम भएको आरोप लगाएका थिए। त्यसयता जेठ १३ गतेलाई कृष्णसेन ‘इच्छुक’ स्मृति दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउने परम्परा रहँदै आएको छ।

बुधबार, जेठ १३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो
रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

भर्खरै

  • १.
    सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो

  • २.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • ३.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ४.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ५.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ६.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ७.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ८.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.