• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • १०. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

पोस्टरसँगै सार्वजनिक भयो ‘हली’को रिलिज डेट

  •   शुक्रबार, जेठ १५, २०८३ मा प्रकाशित

काठमाडौं । निर्देशक ओम प्रतीक को नयाँ नेपाली चलचित्र हली आगामी साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले शुक्रबार चलचित्रका दुई आधिकारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।

सार्वजनिक पोस्टरमध्ये एकमा चलचित्रका मुख्य कलाकारहरू रिसाहा र तनावपूर्ण अवस्थामामा देखिएका छन्। पोस्टरमा निर्देशक स्वयं ओम प्रतीक, सरोज खनाल, प्रमोद दीप र सुजता थापा देखिएका छन्। उनीहरूबीचको सम्बन्धमा आएको खटपट र त्यसले सिर्जना गरेको परिस्थितिलाई पोस्टरले संकेत गरेको छ।

पोस्टरको पृष्ठभूमिमा घरको दैलोमा थाल बोकेर बसेका दुई महिलाको दृश्यले नारी जीवनका पीडा र संघर्षलाई चित्रण गरेको देखिन्छ। निर्माण पक्षका अनुसार चलचित्रको वास्तविक कथा टिजर र ट्रेलर सार्वजनिक भएपछि थप प्रस्ट हुनेछ।

जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्म्स को सहकार्यमा निर्माण भएको चलचित्र ‘हली’ वास्तविक घटनाबाट प्रेरित रहेको बताइएको छ। समाज र देश परिवर्तनका लागि एक जना ‘हली’ नै पर्याप्त हुन्छ भन्ने सशक्त सन्देश चलचित्रले बोकेको निर्माण पक्षको दाबी छ।

यसअघि व्यावसायिक रूपमा सफल चलचित्र मोहर निर्देशन गरिसकेका ओम प्रतीकले यस पटक पनि कथावस्तुप्रति आफू पूर्ण विश्वस्त रहेको बताएका छन्। चलचित्रको कथा तथा पटकथा निर्देशक प्रतीक स्वयंले लेखेका हुन्।

व्यवसायी पूजा गुरुङ र जश्मिन श्रेष्ठले लगानी गरेको चलचित्रमा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीलगायत कलाकारहरूको अभिनय रहेको छ। निर्देशक ओम प्रतीक स्वयं पनि चलचित्रमा मुख्य भूमिकामा देखिनेछन्।

चलचित्रको विशेष आकर्षणका रूपमा समावेश गरिएको प्रमोशनल गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्मा ले विशेष नृत्य प्रस्तुति दिएका छन्। गीतको कोरियोग्राफी कविराज गहतराज ले गरेका हुन्। चलचित्रका अन्य गीतहरूमा ओम प्रतीक र कविराज गहतराजको संयुक्त कोरियोग्राफी रहेको छ।

चलचित्रमा राहुल राईको छायांकन, रामप्रसाद चौधरीको सम्पादन तथा विपिन मल्लको सुपरभाइजिङ सम्पादन रहेको छ। संगीतकार शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको चलचित्रमा जश्मिन श्रेष्ठको शब्द तथा बाबुल गिरी र शान्ति श्री परियार को स्वर सुन्न पाइनेछ।

कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको चलचित्रको वितरण नेशनल सिने ग्रुप प्रालि ले गर्नेछ भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।

शुक्रबार, जेठ १५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.