• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • १०. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

काठमाडौंमा सम्पन्न भयो चिनियाँ फिल्म महोत्सव, ६ फिल्म हेर्न पुगे करिब १४ सय दर्शक

  •   शुक्रबार, जेठ २२, २०८३ मा प्रकाशित

काठमाडौं, जेठ २२
बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट घोषित भएका र प्रतिस्पर्धा गरेका ६ चिनियाँ फिल्महरूको काठमाडौं प्रदर्शन बिहीबार सम्पन्न भएको छ ।

बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रवर्द्धन कार्यक्रम ‘तियानतान अवार्ड प्यानोरामा’ अन्तर्गतको यस कार्यक्रम ठमेलस्थित छाया सेन्टरमा तीन दिन चलेको थियो ।

चीन चलचित्र प्रशासन र बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानसँग सहकार्य गरेर कार्यक्रम गरेको हो ।

तीन दिनको ९ शोमा देखाइएका ६ चिनियाँ फिल्म करिब १४ सय दर्शकले हेरेको आयोजकको दाबी छ । उनीहरूले आफूलाई मन परेको विभिन्न जनराका चिनियाँ फिल्महरू नेपालमा व्यवसायिक प्रदर्शनको अपेक्षा गरेका छन् ।

यस कार्यक्रम पश्चात चिनियाँ चलचित्रकर्मीले नेपाली बजारलाई गम्भीरताका साथ लिएको महसुस भएको प्रतिष्ठानका अध्यक्ष केपी पाठकले अनुभव व्यक्त गरे ।

उनले भने, ‘चिनियाँ चलचित्रहरू पनि नेपालमा नियमित तथा व्यावसायिक रूपमा प्रदर्शन हुने वातावरण निर्माण हुने र नेपाली चलचित्रहरू चिनियाँ बजारमा विभिन्न माध्यमबाट प्रदर्शन हुनेमा हामी आशावादी छौं । दुई देशको बजारमा एक–अर्कालाई प्रवेश गराउने माध्यम यस्तै कार्यक्रमहरू हुन् ।’

नेपालका लागि चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन तथा मिनिसटर काउन्सिलर चोउ पानले चीन र नेपालबीचको यस कार्यक्रममा मन्तव्य राखेका थिए। आफ्नो मन्तव्यका क्रममा चोउ पानले दुई देशबीचको सांस्कृतिक आदानप्रदानको सबैभन्दा जीवन्त माध्यम चलचित्र भएको भएको उल्लेख गरे।

कार्यक्रमको पहिला दिन मंगलबार फिल्महरू ‘ट्रयाप्ड’, ‘बियोन्ड द स्काइज’ र ‘समर डायरी’ प्रदर्शन भएको थियो ।दोस्रो बुधबार ‘समर डायरी’, ‘द स्याडोलेस टावर’ र ‘जर्नी टु द वेस्ट’ प्रदर्शन भएको थियो ।अन्तिम दिन बिहीबार ‘लस्ट इन द स्टार्स’, ‘द स्याडोलेस टावर’ र ‘जर्नी टु द वेस्ट’ प्रदर्शन भएको थियो ।

कार्यक्रमको पहिलो दिन ‘द ट्रयाप्ड’का निर्देशक सागर झाङले फिल्म प्रदर्शन पश्चात नेपाली दर्शकसँग प्रश्नोत्तर गरेका थिए ।

उनले आफ्नो किशोरअवस्थाको सम्झना यस फिल्म समेटेको जानकारी दिए । सस्पेन्स क्राइम जनरामा बनेको यो फिल्ममा सन् १९९५ मा चीनमा बन्दुक प्रतिबन्ध हुनुभन्दा एक वर्षअघि जेलबाट भागेको एक गुण्डाले सहरमा बिताण्डा मच्चाएको कथा देखाइएको छ । तथापि, यसको कथा पूर्ण काल्पनिक भएको निर्देशक झाङको भनाइ छ ।

झिहाई लिउद्वारा निर्देशित फिल्म ‘बियोन्ड द स्काइज’ले युद्धको कथा समेटेको छ ।

सन् १९३५ मा चिनियाँ गृहयुद्धको एक घटनाबारे बनेको यो फिल्मले ४८ घण्टा भित्र शत्रुको गोलाबारुद डिपो ध्वस्त पार्ने अभियानमा निस्केका एक साहसी युवा कम्युनिस्ट सिपाहीको कथा प्रस्तुत गर्दछ । उनका साथमा ३५० सहकर्मी सिपाहीहरूको जीवन खतरामा रहेको परिस्थितिले फिल्मलाई रोचक बनाएको छ ।

वु सुआङ निर्देशित ‘समर डायरी’ मरुभूमिमा बस्ने एक बालक आफ्नी आमा खोज्न सहर निस्किँदा विकसित परिस्थिति र उसको जीवनमा आएको परिवर्तनको कथामा बनेको छ ।

झाङ लु निर्देशित फिल्म ‘द स्याडोलेस टावर’ एक असफलताको सामना गरिरहेका वृत्तचित्र निर्मातालाई केन्द्रीय भूमिकामा छन् । बेइजिङ सहरको छायाँ र उज्यालोबीच जीवनमा असफलताहरू भोगिरहेका एक वृत्तचित्र निर्माताको रहस्यमयी युवतीसँगको भेट र निकटताबारेको कथामा फिल्ममा प्रस्तुत छ ।

‘जर्नी टु द वेस्ट’को निर्देशक दाशाङ कोङ हुन् । यस फिल्मका शीर्ष कलाकार एक पत्रिकाका सम्पादक हुन्छन् । पत्रिकाको स्तर खस्किए पनि उनी एलियनको खोजीमा लागिरेहका हुन्छन् । यही अवस्थमा अन्तरिक्षबाट आएको संकेतले उनी एलियनको खोजीमा पुनः सक्रिय रहेको कथामा यो फिल्म बनेको छ । हाँस्य खुराकहरूले यो फिल्मले मनोरञ्जन प्रदान गर्छ ।

फिल्म ‘लस्ट इन द स्टार’ सस्पेन्स क्राइम जनराको फिल्म हो । यसको कथा थाइल्यान्डमा एक गर्भवती महिलालाई भीरबाट खसालिएको वास्तविक घटनामा आधारित छ । नवविवाहित श्रीमती हनिमुनको क्रममा रहस्यमय रूपमा हराउँछिन् । सबैले उनका श्रीमान्लाई हत्याराका रुपमा शंका गर्छन् । मृत भनिएकी श्रीमती अचानक सकुशल फिर्ता भएको घटनाले आश्चर्य प्रदान गर्छ । यो फिल्ममा सस्पेन्स खुराक प्रशस्त पाइन्छ ।

काठमाडौंस्थित चिनियाँ सांस्कृतिक केन्द्रसहित त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र लुम्बिनी बुद्धिस्ट विश्वविद्यालयका कन्फुसियस इन्स्टिच्युटहरूको पनि सहयोगमा यो कार्यक्रम भएको हो ।

शुक्रबार, जेठ २२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.