चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनको जिल्ला सभापतिमा इन्जिनियर मिनि माधव खनाल निर्वाचित भएका छन्।
सार्वजनिक अन्तिम मतपरिणामअनुसार खनालले २२२ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कृष्णप्रसाद भुषालले १११ मत प्राप्त गरे भने प्रकाश आचार्यले २२ मत पाए।
उपसभापतिमा निर्मला गिरि १९० मतसहित निर्वाचित भएकी छन्। उनका प्रतिस्पर्धी टिकादत्त इटनीले ८४ तथा प्रभाकर जोशीले ७३ मत प्राप्त गरेका छन्।
त्यस्तै, सचिव पदमा तेजेन्द्रप्रसाद पौडेल १९४ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेत्र लामिछानेले १४५ मत प्राप्त गरे।
सहसचिव पदमा कुशल पाठक १८७ मतसहित निर्वाचित भएका छन्। सहसचिवका अन्य उम्मेदवार चुमबहादुर जीसीले ३७, पार्वती पाण्डेले ६९ तथा वेदप्रसाद आचार्यले ५४ मत प्राप्त गरेका छन्।
निर्वाचन परिणाम सार्वजनिक भएसँगै नवनिर्वाचित पदाधिकारीहरूलाई पार्टी संगठनलाई थप सुदृढ बनाउँदै जिल्लामा रास्वपाको गतिविधि प्रभावकारी रूपमा अघि बढाउने जिम्मेवारी प्राप्त भएको छ।



