• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

भैरहवामा आईएनआई सिनेमाज सञ्चालनमा, अत्याधुनिक प्रविधिसहित दर्शकलाई नयाँ अनुभव

  •   मङ्गलबार, जेठ २६, २०८३ मा प्रकाशित

काठमाडौं, जेठ २६
रुपन्देहीको सिद्धार्थनगरस्थित भाटभटेनी सुपरस्टोरमा अत्याधुनिक सुविधा सम्पन्न आईएनआई सिनेमाज औपचारिक रूपमा सञ्चालनमा आएको छ। भाटभटेनीको पाँचौँ तलामा स्थापना गरिएको मल्टिप्लेक्स गत शुक्रबारदेखि दर्शकका लागि खुला गरिएको हो।

बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार मानिने भैरहवामा पछिल्ला वर्षहरूमा पर्यटन, व्यापार तथा सेवा क्षेत्र तीव्र गतिमा विस्तार भइरहेका बेला आधुनिक सिनेमा पूर्वाधारका रूपमा आईएनआई सिनेमाज थपिएको छ। यसले स्थानीय दर्शकलाई अन्तर्राष्ट्रियस्तरको सिनेमा अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।

हलका संरक्षक तथा व्यवसायी दीपक कुँवरले भैरहवा द्रुत रूपमा विकसित हुँदै गएको व्यापारिक तथा पर्यटन केन्द्र भएकाले आधुनिक मल्टिप्लेक्सको आवश्यकता महसुस गर्दै लगानी गरिएको बताए। उनका अनुसार यसले मनोरञ्जन क्षेत्रसँगै स्थानीय अर्थतन्त्र र रोजगारी सिर्जनामा समेत योगदान पुर्‍याउनेछ।

कम्पनीका निर्देशक आभाष कुँवरले विदेशमा हासिल गरेको अनुभवलाई नेपालमा प्रयोग गर्दै आधुनिक मनोरञ्जन उद्योगको विकासमा योगदान दिने उद्देश्यले नयाँ शाखा सञ्चालन गरिएको जानकारी दिए। उनले युवाहरूलाई स्वदेशमै अवसर सिर्जना गर्न सकिने सन्देशसमेत दिन खोजिएको बताए।

सञ्चालकका अनुसार मल्टिप्लेक्समा दुईवटा अत्याधुनिक अडिटोरियम रहेका छन्। प्रत्येक हलमा १९८ सिट क्षमता रहेको छ भने एकैपटक ३९६ दर्शकले सिनेमा हेर्न सक्ने व्यवस्था गरिएको छ।

हलमा बेल्जियममा निर्मित बार्को लेजर प्रोजेक्टर, १६ च्यानलको डीटीएस–एक्स इमर्सिभ साउन्ड सिस्टम तथा आधुनिक सिटिङ सुविधा जडान गरिएको छ। कम्पनीका सञ्चालक सुरेन्द्र थापाका अनुसार यी प्रविधिले दर्शकलाई विश्वस्तरीय सिनेमा अनुभव दिलाउनेछन्।

सुरक्षालाई प्राथमिकता दिँदै आगलागी प्रतिरोधी सामग्री, आकस्मिक बहिर्गमन मार्ग तथा अन्य आवश्यक सुरक्षा पूर्वाधारसमेत तयार गरिएको जनाइएको छ।

सन् २०१९ मा स्थापना भएको आईएनआई सिनेमाजले हाल काठमाडौं, बुटवल, सिमरा, नवलपुरलगायत विभिन्न स्थानमा सेवा दिँदै आएको छ। भैरहवामा नयाँ शाखा सञ्चालन भएसँगै कम्पनीको कुल स्क्रिन संख्या १३ पुगेको छ।

व्यवस्थापनले भैरहवा, तिलोत्तमा, बुटवल तथा आसपासका क्षेत्रका दर्शकबाट सकारात्मक साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेको छ। कम्पनीका अनुसार टिकट वेबसाइट तथा विभिन्न डिजिटल भुक्तानी माध्यमबाट समेत खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ।

नयाँ मल्टिप्लेक्सको सञ्चालनसँगै भैरहवा तथा लुम्बिनी प्रदेशको मनोरञ्जन र पर्यटन क्षेत्रलाई थप ऊर्जा मिल्ने अपेक्षा गरिएको छ।

मङ्गलबार, जेठ २६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.