• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ७. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ८. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ९. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • १०. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

ठूला व्यवसायीमाथि एकैसाथ मुद्दा, गोल्छा–भट्ट–अग्रवालविरुद्ध अर्बौंको बिगो दाबी

  •   बिहिबार, जेठ २८, २०८३ मा प्रकाशित

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको लामो अनुसन्धानपछि चर्चित उद्योगी तथा व्यवसायीहरूमाथि ठगी, बैंकिङ कसुर, धितोपत्र उल्लंघन र आर्थिक अनियमिततासम्बन्धी विभिन्न मुद्दा दायर भएका छन्।

व्यवसायी दिपक भट्ट, सुलभ अग्रवाल र शेखर गोल्छासहित दर्जनौं व्यक्तिविरुद्ध जिल्ला अदालत काठमाडौं, उच्च अदालत पाटन तथा विशेष अदालतमा छुट्टाछुट्टै अभियोगपत्र दर्ता गरिएको हो।

बीमा ऐन, २०७९ विपरीत आर्थिक अनियमितता गरेको आरोपमा शेखर गोल्छा, दिपक भट्ट, सुलभ अग्रवालसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ। सो प्रकरणमा नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्षहरू शरद ओझा र मदन दाहालसमेत मुछिएका छन्।

जिल्ला अदालत काठमाडौंमा दायर गरिएको मुद्दाअनुसार हिमालयन रिइन्स्योरेन्स लिमिटेडसँग सम्बन्धित शेखर गोल्छासहित १० जनाविरुद्ध २ अर्ब ७३ करोड ३३ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको छ। यस्तै, भृकुटी ब्रोकिङ कम्पनीसँग आबद्ध सन्दिप चाचान अग्रवाल, सुधा कर्ण, राजिव ठाकुर र सुलभ अग्रवालसहितका प्रतिवादीविरुद्ध ३ अर्ब ७३ करोड ८५ लाख रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष श्रेष्ठसहित ९ जनाविरुद्ध १६ करोड १७ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको छ भने दिपक भट्टविरुद्ध मात्रै २ अर्ब ८९ करोड २० लाख रुपैयाँभन्दा बढी बिगो कायम गरिएको छ।

यसैबीच, धितोपत्रसम्बन्धी ऐन, २०६३ उल्लंघन गरेको आरोपमा ८१ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा अर्को मुद्दा दायर गरिएको छ। त्यस्तै, उच्च अदालत पाटनमा दिपक भट्ट, शाहिल अग्रवाल, सुलभ अग्रवाल र शंकरलाल अग्रवालविरुद्ध बैंकिङ कसुरअन्तर्गत मुद्दा दर्ता गरिएको छ, जसमा ४२ करोड १४ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको छ।

यता, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दिपक भट्ट र अग्रवाल समूहविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरणसम्बन्धी छुट्टै मुद्दासमेत दायर गरेको छ।

लामो समयदेखि अनुसन्धानको दायरामा रहेका प्रभावशाली व्यवसायीहरूमाथि एकैसाथ यति ठूलो परिमाणमा कानुनी कारबाही अघि बढाइएपछि व्यावसायिक तथा बैंकिङ क्षेत्रमै व्यापक चर्चा सुरु भएको छ। अदालतमा मुद्दा दर्ता भएसँगै अब यी बहुचर्चित प्रकरणहरूको कानुनी परीक्षण अगाडि बढ्ने भएको छ।

बिहिबार, जेठ २८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो
रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

भर्खरै

  • १.
    सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो

  • २.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • ३.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ४.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ५.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ६.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ७.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ८.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.