भरतपुर । नेपाली चलचित्र ‘१२ गाउँ २’को छायांकनका लागि चितवनमा रहेका चर्चित एक्सन स्टार विराट भट्ट ले स्थानीय किसानद्वारा उत्पादित ‘अन्नपूर्ण मोही’को प्रशंसा गरेका छन्।
गर्मीका बीच सुटिङमा व्यस्त रहेका भट्टले प्यास मेटाउन अन्नपूर्ण दुग्ध उत्पादन सहकारीको ‘अन्नपूर्ण मोही’ सेवन गर्दै यसको स्वाद र स्वास्थ्य लाभको खुलेर तारिफ गरे। उनले किसानको मेहनत र परिश्रमबाट तयार हुने स्वदेशी दुग्धजन्य उत्पादनको प्रयोग र प्रवर्द्धन आजको आवश्यकता भएको बताए।
भट्टका अनुसार मोही स्वास्थ्यका लागि अत्यन्त लाभदायक पेय पदार्थ हो। स्थानीय उत्पादनको प्रयोगले किसानलाई प्रत्यक्ष रूपमा प्रोत्साहन मिल्ने र उपभोक्तामा स्वदेशी वस्तुप्रतिको विश्वास थप मजबुत बन्ने उनको भनाइ छ।
उनले स्वदेशी उत्पादनको बजार विस्तारका लागि सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको उल्लेख गर्दै स्थानीय किसानको उत्पादनलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे।
चितवनमा छायांकन भइरहेको चलचित्र ‘१२ गाउँ २’को टोलीसँग रहेका भट्टको यो कदमलाई स्थानीय उत्पादन र किसानप्रतिको समर्थनका रूपमा समेत हेरिएको छ। अन्नपूर्ण दुग्ध उत्पादन सहकारीद्वारा उत्पादित ‘अन्नपूर्ण मोही’ पछिल्लो समय चितवनसहित आसपासका क्षेत्रमा लोकप्रिय बन्दै गएको छ।



