• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ७. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ८. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ९. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • १०. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

चियाको राम्रो विकल्प तेस्रो मुलुक

  •   बुधबार, असार ०३, २०८३ मा प्रकाशित

इलाम, असार ३ गते । भारतमा चिया निकासी बर्सेनि ठप्प हुन थालेपछि चिया किसान र व्यवसायीले अबको समाधान तेस्रो मुलुुक निकासी हुन सक्ने बताएका छन् । भारतबाट नेपाली चिया निर्यातमा पटक पटक कडाइ गरेर अघोषित रूपमा निर्यात ठप्प बनाउने काम भइरहँदा त्यसको विकल्प तेस्रो मुलुक नै भएको व्यवसायीको भनाइ छ ।

किसान, उद्योगी र सरकारले भारतमा चिया ठप्प भएको विषयलाई समस्याभन्दा पनि अवसरका रूपमा लिनु पर्छ । किनकि सधैँ नेपालको बजार भारत नै हो भन्ने भ्रम चिर्ने समय अहिले आएको छ । इलामको जसबिरेस्थित जसबिरे चिया उद्यागका सञ्चालक गृष्म सुब्बाले भन्नुभयो । उहाँले पटक पटक आउने यो समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने बताउनुभयो ।

चीन, जर्मन, रुसलगायतका सातभन्दा बढी मुलुकमा चिया पठाउने सुब्बाले अबको मुख्य र सजिलो बाटो चीनसँग ‘जीटुजी’ सम्झौता सरकारले गर्नुअघि बढ्नुपर्ने बताउनुभयो । चीनमा नेपाली चिया मन पराइने र राम्रोसँग बिक्री हुने हुँदा सोही बाटो भएर विश्वभर जान सक्ने उहाँको बुझाइ छ । चिनियाँ व्यापारी नेपाल आउन खोजिरहेको तर त्यसका लागि आधिकारिक व्यापार सम्झौता नहुँदा समस्या रहेको भन्दै सुब्बाले अहिले साना पोका बनाएर कुरियरमार्फत चिया पठाउनु परेको बाध्यता सुनाउनुभयो ।

सन् २००९ देखि तेस्रो मुलुकमा चिया निर्यात गरिरहनुभएका इलामको सूर्योदय नगरपालिकाको सुन्दरपानी टी स्टेटका सञ्चालक उदय चापागाईं पनि तेस्रो मुलुक नै नेपाली चियाको विकल्प भएको बताउनुहुन्छ । स्विट्जरल्यान्डको संस्था आइओएमबाट अर्गानिक प्रमाणीकरण भएर नौ मुलुकमा निकासी भइरहेको चियामा पछिल्लो पटक भारतले अपजस लगाएको उहाँको बुझाइ छ । प्रमाणीकरण भएर तेस्रो मुलुक जाने तर भारतको ल्याबमा त्यही चियाको परीक्षण रिपोर्ट फेल हुने ? भन्ने प्रश्न गर्दै उहाँले यो त भारतले नेपाली चिया रोक्न खोजेको प्रत्यक्ष प्रमाण रहेको दाबी गर्नुभयो ।

नेपाल–भारत सीमाक्षेत्रमा भारतीय उद्योगले नेपाली हरियो पत्ती लगेर उनीहरूका नामबाट चिया उत्पादन गर्ने, त्यही हरियो पत्ती नेपालमा तयार भएर भारत जाँदा सटिफाई नहुने चिया रोक्नुको अर्को प्रमाण भएको चापागाईं बताउनुहुन्छ ।

जर्मनी, बेल्जियम, लक्जेम्बर्ग, हल्यान्ड र बेलायतमा एकमहिने लामो चियासम्बन्धी कार्यक्रममा सहभागी भएर हिजो मात्र नेपाल फर्कनुभएका चापागाईंले सरकारले आर्थिक कूटनीति अवलम्बन गरेर तेस्रो मुलुकमा चिया निर्यातको विकल्प दिनुपर्ने बताउनुहुन्छ ।

अहिले रोकिएको नेपाली चियाको बजार पनि सहज रहेको तर सरकारले आर्थिक कूटनीतिक पहल गर्न आवश्यक रहेको चापागाईं बताउनुहुन्छ । “अहिले रोकिएको चियाको बजार टर्की, पाकिस्तान, इरानसहित खाडी मुलुक राम्ररी निकासी हुन सक्छ तर उद्योगीको पहलले मात्र हुँदैन सरकारको अग्रसरता हुनु पर्छ,” चापागाईंले भन्नुभयो ।

“भारतको भन्दा नेपाली चियाको गुणस्तर राम्रो छ, भारतले आफ्नो चियाको गुणस्तर कम भएको र नेपाली चियाको माग उच्च भएकाले बजार छेक्ने रणनीति लिएको हो । त्यो चिर्न नेपाल सरकार लाग्नु पर्छ,” उहाँको भनाइ छ ।

कोभिड–१९ को समयमा समेत चिया उद्योग सञ्चालन गरेका चापागाईं भने पूर्ण अर्गानिक रहेका आफ्ना किसानको बगान र गोर्खा टी स्टेट चियाको मुख्य समयमा बन्द नहुने अडानमा हुनुहुन्छ । “मैले पटक पटक सरकार, अर्थ, परराष्ट्र, कृषि मन्त्रालय र मन्त्री, सचिवसँग छलफल गरेको छु, नेपाली चियालाई तेस्रो मुलुक कसरी पठाउन सकिन्छ भन्नेमा अब पनि छलफल हुन्छ । सरकारलाई एउटै मात्र आग्रह नेपाली चिया हाम्रो मुलुकको दीर्घकालीन सम्पत्ति हो भनेर सरकारले लिइदिनु पर्छ,” चापागाईंले भन्नुभयो ।

किसानहरूको संस्था केन्द्रीय चिया सहकारी सङ्घले नेपाली चियाको बजार व्यवस्थापन गर्न र बन्द भएका उद्योग खोल्ने वातावरण तयार गर्न सरकारलाई आग्रह गरेको छ । चियाको मुख्य सिजनमा उद्योग बन्द हुँदा साना किसानको जीवन निर्वाहमा थप ठुलो समस्या भएको भन्दै सङ्घले एक अपिलमार्फत सरकारलाई नेपालमै चियाको अक्सन सेन्टर स्थापना गर्न आग्रहसमेत गरेको छ । सङ्घले पनि तेस्रो मुलुकका लागि चियाको बजारको ढोका खोल्न सरकारलाई आग्रह गरेको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका प्रतिनिधि इन्द्र अधिकारीले अहिलेको समस्याको समाधान सरकारबाटै सम्भव रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षमा ३६ देखि ४० पटक चिया टिप्नु पर्छ, दुई दिन ढिलो हुँदा गुणस्तर खस्किन्छ, त्यस कारण चियाको समाधान चाँडो खोजियोस् भनेर हामीले माथि पनि भनिरहेका छौँ ।

सरकारले भने चियाको विषयमा के गर्दै छ भन्ने किसान र उद्योगीलाई खास जानकारी छैन । प्रधानमन्त्रीको सचिवालयबाट फोनमार्फत उद्योगीलाई चियाको समाधान के हुन सक्छ लेखेर पठाउन भनियो । हामीले हिजो मात्र सबै कुरा लेखेर पठाएका छौँ । त्यसपछि के हुन्छ भन्ने जानकारी छैन । असार १ गतेदेखि चिया उद्योग बन्द हुँदा हजारौँ चिलो हरियो पत्ती किसानको बगानमै नष्ट हुने अवस्थामा छ ।

बुधबार, असार ०३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो
रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

भर्खरै

  • १.
    सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो

  • २.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • ३.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ४.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ५.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ६.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ७.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ८.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.