• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

चियाको राम्रो विकल्प तेस्रो मुलुक

  •   बुधबार, असार ०३, २०८३ मा प्रकाशित

इलाम, असार ३ गते । भारतमा चिया निकासी बर्सेनि ठप्प हुन थालेपछि चिया किसान र व्यवसायीले अबको समाधान तेस्रो मुलुुक निकासी हुन सक्ने बताएका छन् । भारतबाट नेपाली चिया निर्यातमा पटक पटक कडाइ गरेर अघोषित रूपमा निर्यात ठप्प बनाउने काम भइरहँदा त्यसको विकल्प तेस्रो मुलुक नै भएको व्यवसायीको भनाइ छ ।

किसान, उद्योगी र सरकारले भारतमा चिया ठप्प भएको विषयलाई समस्याभन्दा पनि अवसरका रूपमा लिनु पर्छ । किनकि सधैँ नेपालको बजार भारत नै हो भन्ने भ्रम चिर्ने समय अहिले आएको छ । इलामको जसबिरेस्थित जसबिरे चिया उद्यागका सञ्चालक गृष्म सुब्बाले भन्नुभयो । उहाँले पटक पटक आउने यो समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने बताउनुभयो ।

चीन, जर्मन, रुसलगायतका सातभन्दा बढी मुलुकमा चिया पठाउने सुब्बाले अबको मुख्य र सजिलो बाटो चीनसँग ‘जीटुजी’ सम्झौता सरकारले गर्नुअघि बढ्नुपर्ने बताउनुभयो । चीनमा नेपाली चिया मन पराइने र राम्रोसँग बिक्री हुने हुँदा सोही बाटो भएर विश्वभर जान सक्ने उहाँको बुझाइ छ । चिनियाँ व्यापारी नेपाल आउन खोजिरहेको तर त्यसका लागि आधिकारिक व्यापार सम्झौता नहुँदा समस्या रहेको भन्दै सुब्बाले अहिले साना पोका बनाएर कुरियरमार्फत चिया पठाउनु परेको बाध्यता सुनाउनुभयो ।

सन् २००९ देखि तेस्रो मुलुकमा चिया निर्यात गरिरहनुभएका इलामको सूर्योदय नगरपालिकाको सुन्दरपानी टी स्टेटका सञ्चालक उदय चापागाईं पनि तेस्रो मुलुक नै नेपाली चियाको विकल्प भएको बताउनुहुन्छ । स्विट्जरल्यान्डको संस्था आइओएमबाट अर्गानिक प्रमाणीकरण भएर नौ मुलुकमा निकासी भइरहेको चियामा पछिल्लो पटक भारतले अपजस लगाएको उहाँको बुझाइ छ । प्रमाणीकरण भएर तेस्रो मुलुक जाने तर भारतको ल्याबमा त्यही चियाको परीक्षण रिपोर्ट फेल हुने ? भन्ने प्रश्न गर्दै उहाँले यो त भारतले नेपाली चिया रोक्न खोजेको प्रत्यक्ष प्रमाण रहेको दाबी गर्नुभयो ।

नेपाल–भारत सीमाक्षेत्रमा भारतीय उद्योगले नेपाली हरियो पत्ती लगेर उनीहरूका नामबाट चिया उत्पादन गर्ने, त्यही हरियो पत्ती नेपालमा तयार भएर भारत जाँदा सटिफाई नहुने चिया रोक्नुको अर्को प्रमाण भएको चापागाईं बताउनुहुन्छ ।

जर्मनी, बेल्जियम, लक्जेम्बर्ग, हल्यान्ड र बेलायतमा एकमहिने लामो चियासम्बन्धी कार्यक्रममा सहभागी भएर हिजो मात्र नेपाल फर्कनुभएका चापागाईंले सरकारले आर्थिक कूटनीति अवलम्बन गरेर तेस्रो मुलुकमा चिया निर्यातको विकल्प दिनुपर्ने बताउनुहुन्छ ।

अहिले रोकिएको नेपाली चियाको बजार पनि सहज रहेको तर सरकारले आर्थिक कूटनीतिक पहल गर्न आवश्यक रहेको चापागाईं बताउनुहुन्छ । “अहिले रोकिएको चियाको बजार टर्की, पाकिस्तान, इरानसहित खाडी मुलुक राम्ररी निकासी हुन सक्छ तर उद्योगीको पहलले मात्र हुँदैन सरकारको अग्रसरता हुनु पर्छ,” चापागाईंले भन्नुभयो ।

“भारतको भन्दा नेपाली चियाको गुणस्तर राम्रो छ, भारतले आफ्नो चियाको गुणस्तर कम भएको र नेपाली चियाको माग उच्च भएकाले बजार छेक्ने रणनीति लिएको हो । त्यो चिर्न नेपाल सरकार लाग्नु पर्छ,” उहाँको भनाइ छ ।

कोभिड–१९ को समयमा समेत चिया उद्योग सञ्चालन गरेका चापागाईं भने पूर्ण अर्गानिक रहेका आफ्ना किसानको बगान र गोर्खा टी स्टेट चियाको मुख्य समयमा बन्द नहुने अडानमा हुनुहुन्छ । “मैले पटक पटक सरकार, अर्थ, परराष्ट्र, कृषि मन्त्रालय र मन्त्री, सचिवसँग छलफल गरेको छु, नेपाली चियालाई तेस्रो मुलुक कसरी पठाउन सकिन्छ भन्नेमा अब पनि छलफल हुन्छ । सरकारलाई एउटै मात्र आग्रह नेपाली चिया हाम्रो मुलुकको दीर्घकालीन सम्पत्ति हो भनेर सरकारले लिइदिनु पर्छ,” चापागाईंले भन्नुभयो ।

किसानहरूको संस्था केन्द्रीय चिया सहकारी सङ्घले नेपाली चियाको बजार व्यवस्थापन गर्न र बन्द भएका उद्योग खोल्ने वातावरण तयार गर्न सरकारलाई आग्रह गरेको छ । चियाको मुख्य सिजनमा उद्योग बन्द हुँदा साना किसानको जीवन निर्वाहमा थप ठुलो समस्या भएको भन्दै सङ्घले एक अपिलमार्फत सरकारलाई नेपालमै चियाको अक्सन सेन्टर स्थापना गर्न आग्रहसमेत गरेको छ । सङ्घले पनि तेस्रो मुलुकका लागि चियाको बजारको ढोका खोल्न सरकारलाई आग्रह गरेको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका प्रतिनिधि इन्द्र अधिकारीले अहिलेको समस्याको समाधान सरकारबाटै सम्भव रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षमा ३६ देखि ४० पटक चिया टिप्नु पर्छ, दुई दिन ढिलो हुँदा गुणस्तर खस्किन्छ, त्यस कारण चियाको समाधान चाँडो खोजियोस् भनेर हामीले माथि पनि भनिरहेका छौँ ।

सरकारले भने चियाको विषयमा के गर्दै छ भन्ने किसान र उद्योगीलाई खास जानकारी छैन । प्रधानमन्त्रीको सचिवालयबाट फोनमार्फत उद्योगीलाई चियाको समाधान के हुन सक्छ लेखेर पठाउन भनियो । हामीले हिजो मात्र सबै कुरा लेखेर पठाएका छौँ । त्यसपछि के हुन्छ भन्ने जानकारी छैन । असार १ गतेदेखि चिया उद्योग बन्द हुँदा हजारौँ चिलो हरियो पत्ती किसानको बगानमै नष्ट हुने अवस्थामा छ ।

बुधबार, असार ०३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.