चितवन । भरतपुर महानगरपालिका–१० चौविसकोठीमा ट्रक र स्कुटर ठोक्किँदा एक युवाको ज्यान गएको छ।
दुर्घटनामा तनहुँको आबुखैरेनी गाउँपालिका–४ घर भई हाल भरतपुर–१० मा बस्दै आएका २३ वर्षीय सुजन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।
शनिबार राति करिब ८ः४५ बजे केन्द्रीय बसपार्कबाट नारायणगढतर्फ जाँदै गरेको ना ४३ प ४१६३ नम्बरको स्कुटर सोही दिशातर्फ गुडिरहेको ना ४ ख ७४१९ नम्बरको ट्रकसँग ठोक्किएको थियो।
दुर्घटनापछि गम्भीर घाइते भएका मगरलाई तत्काल उपचारका लागि चितवन मेडिकल कलेज पुर्याइएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रहरी प्रवक्ता चन्द्रभूषण यादवका अनुसार दुर्घटनामा संलग्न ट्रक र चालकलाई नियन्त्रणमा लिइएको छ। मृतकको शव पोस्टमार्टमका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ।
तपाईको प्रतिक्रिया



