• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ७. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ८. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ९. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • १०. बागमती सरकारबाट बाहिरियो एमाले, सबै मन्त्रीको सामूहिक राजीनामा

भरतपुरमा रास्वपाको महाधिवेशन आजदेखि, ३५ सय प्रतिनिधि सहभागी हुँदै

  •   आइतबार, असार ०७, २०८३ मा प्रकाशित

भरतपुर, असार ७ गते  । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन आइतबारबाट चितवनको सदरमुकाम भरतपुरमा सुरु हुँदै छ । महाधिवेशनको अन्तिम तयारी पूरा भएको रास्वपा चितवनका अध्यक्ष मिनीमाधव खनालले जानकारी दिनुभयो । “हामीले महाधिवेशनको तयारी पूरा गरेका छौँ । ससाना तयारीका काम अन्तिम अवस्थासम्म पनि  भइरहन्छ,” उहाँले भन्नुभयो ।

महाधिवेशनको उद्घाटन समारोहका लागि भरतपुर महानगरपालिका–१० स्थित जिल्ला प्रहरी कार्यालय अगाडिको गेस्ट हाउस चौरमा जर्मन प्रविधिमा आधारित आल्मुनियम संरचनायुक्त डोम निर्माण गरिएको छ । करिब तीन हजार वर्गमिटर क्षेत्रफलमा उक्त डोम निर्माण गरिएको छ । यस्तै रास्वपाको ब्यानर, प्लेकार्ड र तोरणले नव विवाहित दुलही झैँ भरतपुर सजिएको छ । प्रतिनिधिहरूलाई स्वागत गर्न ठाउँ ठाउँमा स्वागत गेट निर्माण गरिएका छन् । महाधिवेशनमा भाग लिन देशविदेशका प्रतिनिधि भरतपुर आउन थालेका छन् । यो व्रmम आइतबार दिनभरि पनि जारी रहने बताइन्छ । “महाधिवेशनमा ३५ सय प्रतिनिधिलाई हामीले चितवनका तीन सयभन्दा बढी होटलमा राख्ने व्यवस्था मिलाएका छौँ,” उहाँले भन्नुभयो ।

महाधिवेशनका लागि केन्द्रीय नेताहरू चितवन आइसक्नुभएको छ । पार्टी सभापति रवि लामिछानेलगायत सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय सदस्य उपस्थित भइसक्नुभएको छ । आइतबार दिउँसो २ बजे प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेले महाधिवेशन संयुक्त रूपमा उद्घाटन गर्नुहुने छ । महाधिवेशन उद्घाटन कार्यव्रmममा राष्ट्रिय मान्यता प्राप्त दलका नेताहरूलाई आमन्त्रण गरिएको छ । देशविदेशका शीर्ष नेता पनि महाधिवेशन उद्घाटन समारोहमा सरिक हुनुहुने रास्वपाका केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिनुभयो ।

ड्रोनमार्फत ट्राफिक व्यवस्थापनको अनुगमन महाधिवेशनमा ट्राफिक व्यवस्थापन सहज बनाउन ड्रोनद्वारा अनुगमन गरिने भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख ट्राफिक प्रहरी निरीक्षक अनिल थापाका अनुसार पश्चिमतर्फबाट आउने सवारीसाधनलाई चितवन माध्यमिक विद्यालयको चौरमा, पूर्वबाट आउने सवारीसाधनलाई विशाल चोक र केन्द्रीय बसपार्कमा पार्किङको व्यवस्था मिलाइएको छ । महाधिवेशन स्थल वरपर ड्रोनले सवारीसाधनको अनुगमन गर्ने र ट्राफिक नियम उल्लङ्घन गर्नेलाई तत्काल कारबाही गरिने पनि उहाँले बताउनुभयो ।

यस्तै मोटर सइकलका हकमा भरतपुर अस्पताल अगाडिको मूल सडकमा पार्किङको व्यवस्था मिलाइएको छ । चारपाङ्ग्रे गाडी पार्किङ स्थलबाट भने कार्यव्रmम स्थलसम्म लैजान बसको व्यवस्था मिलाइएको छ । महाधिवेशन स्थलसँग जोडिने सडकहरू मालपोत चोकदेखि चौबिसकोठीसम्म, दूरसञ्चार र हाकिम चोकदेखि  भरतपुर अस्पतालसम्मको सडकमा सवारीसाधन निषेध गरिएको छ ।

प्रदर्शनी कक्षमा बन्दसत्र 

बन्दसत्र गरिने स्थल उद्योग सङ्घ चितवनको प्रदर्शनी कक्षको हलको विवाद सुल्झिएको छ । उद्योग मन्त्रालय र जिल्ला सुरक्षा समितिले पत्र नै लेखेर चितवन उद्योग सङ्घलाई हल उपलब्ध गराउन आग्रह गरेपछि सङ्घले बिहीबार साँझ नै हल उपलब्ध गराउने सहमति गरेको हो । बन्द सत्रका लागि हल पाउने निश्चित भएपछि रास्वपाले हलको सरसफाइको काम पनि सम्पन्न गरेको छ ।

विद्युतीय मतदान

रास्वपाको महाधिवेशनमा विद्युतीय प्रणालीमार्फत् मतदान गराइने भएको छ ।  निर्वाचन समितिका अनुसार प्रतिनिधिहरूले विद्युतीय उपकरणमा उम्मेदवारको नाम र फोटोमा स्पर्श गरेर मतदान गर्ने व्यवस्था मिलाइएको छ । पहिलो चरणमा एक जना सभापति र ९९ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुने छ । निर्वाचित सदस्यबाट पदाधिकारीहरूको निर्वाचन गरिने छ ।  असार ८ गते दिउँसो २ बजेदेखि मनोनयन प्रव्रिmया सुरु गरी सोही दिन साँझ पहिलो चरणको मतदान सम्पन्न गर्ने र त्यसको परिणाम आएपछि भोलिपल्ट पदाधिकारीहरूको चयन गरिने रास्वपा नेता अधिवक्ता यज्ञमणि न्यौपानेले जानकारी दिनुभयो । “हामीले निर्वाचन व्यवस्थापनका लागि तयारी सकेका छौँ । बन्दसत्रपछि निर्वाचनको कार्यक्रम अगाडि बढाइने छ,” उहाँले भन्नुभयो ।

आइतबार, असार ०७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो
रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

भर्खरै

  • १.
    सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो

  • २.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • ३.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ४.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ५.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ६.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ७.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ८.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.