काठमाडौं । चर्चित हास्य कलाकार खेम शर्मा ‘चतुरे’को निधन भएको छ। अमेरिकाको बाल्टिमोरमा उपचारका क्रममा आइतबार बिहान उनको निधन भएको हो।
हास्य कलाकार शिवहरि पौडेलका अनुसार शर्मा विगत ७ वर्षदेखि क्यान्सरसँग लडिरहेका थिए। पछिल्लो समय उनी अमेरिकामै बस्दै आएका थिए र त्यहीँ उपचाररत थिए।
टेलिफिल्म ‘चतुरेको दाउपेच’बाट चर्चामा आएका शर्मा नेपाली हास्य क्षेत्रका परिचित कलाकार हुन्। उक्त टेलिफिल्मले उनलाई दर्शकमाझ ‘चतुरे’ उपनामले चिनाएको थियो।
उनले थुप्रै टेलिफिल्म तथा चलचित्रहरूमा अभिनय गरेका छन्। साथै, ‘चतुरेको दाउपेच’ नामक चलचित्र पनि निर्माण गरेका थिए।
लामो समय हास्यकलामा सक्रिय शर्माको निधनसँगै नेपाली कला क्षेत्र शोकमा डुबेको छ।
तपाईको प्रतिक्रिया


