काठमाडौं, आषाढ ०९
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) योजनाबद्ध तरिकाले कार्य गर्नुहोस् सफलता मिल्नेछ। कार्यक्षेत्रमा नयाँ कार्यको प्रस्ताव मिल्नेछ। पारिवारिक जमघटको बीच रमाइलो समय व्यतीत हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धैर्य र पराक्रमले आँटेको कार्य सम्पादन गर्न सकिनेछ। पहिला सम्पादन भएका कार्यको सफलताले अरु कार्यमा जोश जागर दिलाउनेछ। टाढिएका आफन्तहरूसंगको भेटघाटले मन प्रसन्न रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) इच्छाशक्ति बढ्नाले चाँडै लक्ष्य प्राप्ति गर्न सकिनेछ। व्यापार व्यवसायमा आफन्तहरूको सोचेजस्तो सहयोग नमिल्ला। आयआर्जन सामान्य रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा सफलता मिल्नेछ। युवा वर्गहरूमा नयाँ प्रेम प्रसंग प्रारम्भ होला। विभिन्न भौतिक संसाधन जुटाउन सक्नुहुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा अरुलाई प्रभावित पारेर काम निकाल्न सकिनेछ। राजनीतिक क्षेत्रमा नयाँ नेतृत्व बहन गर्नुपर्ला। व्यापार व्यवसायमा लाभ रहनेछ। गृहकार्यमा जीवनसाथीको सहयोग मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आत्मविश्वासमा वृद्धि हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। परिवारमा आफूभन्दा साना भाइबहिनीहरूबाट सहयोग मिल्ला। आजको शुभ रंथ हल्का हरियो हो भने शुभ अंक २ रहेको छ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सञ्चित धनमा वृद्धि हुनेछ। बोलिको प्रभावले कार्य सिद्ध गर्न सकिनेछ। कार्यक्षेत्र प्रभाव बढ्नेछर। आफन्तहरूको मध्य रमाइलो समय व्यतीत हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सेवामुलुक कार्यबाट प्रतिष्ठा मिल्नेछ। शुभचिन्तकहरूको साथ मिल्नेछ। नयाँ कार्यको रूपरेखा बन्नेछ।| सामाजिक कार्यमा प्रवृत्ति भइनेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ३ रहेको छ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) दाम्पत्य जीवन सुमधुर रहनेछ। साझेदारी व्यापारबाट राम्रो आयआर्जन गर्न सकिनेछ। छरछिमेकीसंग सम्बन्धमा सुधार आउनेछ। महत्वकांक्षी कार्यहरू गर्ने समय रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) परिजनहरूको सहयोगले बिग्रेको कार्य बन्नेछ। यात्रा अलि कष्टदायी रहन सक्छ। खानपानमा विशेष ध्यान दिनुहोस् साथै पौष्टिक भोजनको सेवन गर्नुहोला। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ४ रहेको छ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा प्रतिस्पर्धीलाई उछिन्दै विभिन्न अवसरहरु प्राप्त गर्न सक्नुहुनेछ। मेहनतले नाम कमाउन सकिएला। रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ कार्य थालनी हुनेछ। सामूहिक जमघटमा आफ्नो उपस्थितिलाई जनाउन सकिनेछ। कार्यक्षेत्रमा दीर्घकालीन योजनाहरू बन्नेछन्। आकस्मिक धनलाभका योग छन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।



