• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ७. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ८. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ९. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • १०. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

अमेरिका, जापानपछि हङकङमा पनि बिक्यो ‘आ बाट आमा २’

  •   मङ्गलबार, असार ०९, २०८३ मा प्रकाशित

काठमाडौं, आषाढ ०९
आगामी असोज ३० गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको बहुप्रतिक्षित नेपाली चलचित्र ‘आ बाट आमा २’ ले प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा राम्रो व्यापार गर्न थालेको छ। चलचित्रको हङकङ प्रदर्शन अधिकार आधिकारिक रूपमा बिक्री भएको निर्माण पक्षले जनाएको छ।

निर्माण टिमका अनुसार हङकङमा चलचित्र प्रदर्शनको अधिकार श्री स्वर्णिम कम्युनिकेसन प्रालिले खरिद गरेको हो। चलचित्रको छायांकन पूर्ण रूपमा नसकिँदै विदेशी बजारबाट आएको सकारात्मक प्रतिक्रिया र व्यापारिक सम्झौताले निर्माण पक्षलाई थप उत्साहित बनाएको छ।

निर्देशक चन्द्र पन्तले हङकङ प्रदर्शन अधिकार आकर्षक मूल्यमा बिक्री भएको जानकारी दिँदै सम्झौतासम्बन्धी आर्थिक विवरण भने हाल सार्वजनिक नगर्ने बताए। उनका अनुसार समयअनुसार थप विवरण सार्वजनिक गरिनेछ।

गत वर्ष प्रदर्शन भएर दर्शकबाट राम्रो प्रतिक्रिया पाएको ‘आ बाट आमा’ को सफलतापछि यसको सिक्वेलप्रति स्वदेशसँगै विदेशमा पनि उत्साह देखिएको छ। यही कारण चलचित्र प्रदर्शनअघि नै विभिन्न देशका वितरकहरूले चासो देखाइरहेका छन्।

यसअघि चलचित्रको जापान प्रदर्शन अधिकार आर एन्ड बी इन्टरटेनमेन्टले खरिद गरिसकेको छ भने अमेरिका र क्यानडाको वितरण अधिकार डोको फिल्म्सले आफ्नो पक्षमा पारिसकेको छ। प्रमुख अन्तर्राष्ट्रिय बजारमा लगातार अधिकार बिक्री हुनु चलचित्रप्रतिको विश्वास र अपेक्षाको संकेत मानिएको छ।

आर्या इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भइरहेको चलचित्रमा पल शाह, मलिका महत, आकाश श्रेष्ठ, रिस्ता गुरुङ, निकिता आचार्य, सबिन श्रेष्ठ, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलीप अखेडाको अभिनय रहनेछ।

निर्देशक चन्द्र पन्तकै कथा, पटकथा तथा निर्देशन रहेको चलचित्रको निर्माण व्यवस्थापन करणसिंह रसालीले सम्हालिरहेका छन्।

‘दशैंको जमरा र आमाको पर्खाइको कथा’ भन्ने मूल भावमा आधारित चलचित्रले वैदेशिक रोजगारी र परिस्थितिका कारण टाढिएका आमा–सन्तानबीचको भावनात्मक सम्बन्ध, पीडा र प्रतिक्षाको कथा प्रस्तुत गर्नेछ।

नेपालभित्र चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल प्रदर्शन अधिकार ओएसआर डिजिटलसँग रहेको छ।

मङ्गलबार, असार ०९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो
रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

भर्खरै

  • १.
    सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो

  • २.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • ३.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ४.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ५.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ६.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ७.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ८.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.