• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

रोनाल्डोको ऐतिहासिक कीर्तिमान, पोर्चुगलको शानदार जित

  •   बुधबार, असार १०, २०८३ मा प्रकाशित

काठमाडौं । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले फिफा विश्वकप इतिहासमा नयाँ अध्याय थप्दै लगातार ६ फरक संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्। उज्बेकिस्तानविरुद्ध दुई गोल गर्दै उनले यो दुर्लभ उपलब्धि हासिल गरेका हुन्।

विश्वकप २०२६ अन्तर्गत बुधबार सम्पन्न खेलमा पोर्चुगलले उज्बेकिस्तानलाई ५–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको छैटौं मिनेटमै जोआओ कान्सेलोको पासमा गोल गर्दै रोनाल्डोले टोलीलाई अग्रता दिलाएका थिए।

३९औं मिनेटमा ब्रुनो फर्नान्डेसको उत्कृष्ट पासलाई गोलमा परिणत गर्दै उनले व्यक्तिगत दोस्रो गोल गरे र पोर्चुगलको अग्रता थप बलियो बनाए। उत्कृष्ट प्रदर्शनपछि रोनाल्डो खेलको ‘म्यान अफ द म्याच’ घोषित भए।

४१ वर्षीय रोनाल्डो विश्वकपमा गोल गर्ने दोस्रो सबैभन्दा बढी उमेरका खेलाडी पनि बनेका छन्। यो सूचीमा क्यामरुनका रोजर मिल्ला शीर्ष स्थानमा छन्, जसले १९९४ को विश्वकपमा ४२ वर्षको उमेरमा गोल गरेका थिए।

रोनाल्डोले २००६, २०१०, २०१४, २०१८, २०२२ र २०२६ गरी लगातार ६ संस्करणमा गोल गर्दै इतिहास रचेका हुन्। यसअघि यस्तो उपलब्धि कुनै पनि खेलाडीले हासिल गर्न सकेका थिएनन्।

मंगलबारका दुई गोलसँगै रोनाल्डोको विश्वकप गोल संख्या १० पुगेको छ। यससँगै उनले पोर्चुगलका महान् स्ट्राइकर युसेबियोको ९ गोलको कीर्तिमानलाई उछिनेका छन्।

यस्तै, अन्तर्राष्ट्रिय फुटबलमा उनको कुल गोल संख्या १४५ पुगेको छ, जुन पुरुष फुटबल इतिहासकै सर्वाधिक हो। उज्बेकिस्तानविरुद्धको खेल उनको अन्तर्राष्ट्रिय करियरको २३०औं खेलसमेत बनेको छ।

विश्व फुटबलका महान् खेलाडीमध्ये एक मानिने रोनाल्डोले उमेर केवल अंक मात्र भएको प्रमाणित गर्दै विश्वकपमा अर्को अविस्मरणीय कीर्तिमान आफ्नो नाममा लेखाएका छन्।

बुधबार, असार १०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.