• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ७. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ८. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ९. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • १०. बागमती सरकारबाट बाहिरियो एमाले, सबै मन्त्रीको सामूहिक राजीनामा

उजाडिँदै छ किसानको सपना

  •   बुधबार, असार १०, २०८३ मा प्रकाशित

काठमाडौँ, असार १० गते । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३, साँगास्थित बद्री खत्रीको लेयर्स कुखुरा फार्ममा यतिबेला अस्वाभाविक सन्नाटा छ । केही महिनाअघि सयौँ कुखुराको चिरबिराहटले गुञ्जिने खोर अहिले रित्तिएको छ ।

खोरभित्र छरिएका खाली दानापात्र र सुनसान खोर एउटा किसानको उजाडिएको सपनाको कथा सुनाइरहेका छन् । बर्सौंको मेहनत, लाखौँको लगानी र भविष्यका अनेक योजना बोकेको फार्ममा बर्डफ्लु प्रवेश गरेपछि खत्रीको दैनिकी नै बदलिएको छ ।

“एकैदिनमा सयौँ कुखुरा मर्न थालेपछि सबै सपना चकनाचुर भए, उहाँको स्वर भर्राउँछ, अब बैङ्कको ऋण कसरी तिर्ने भन्ने चिन्ताले रातभर निद्रा लाग्दैन ।” खत्रीको यो पीडा केवल एक परिवारको कथा होइन, पछिल्ला पाँच महिनायता देशका ११ जिल्लामा फैलिएको बर्डफ्लुले सयौँ कुखुरा पालक किसानको जीवनमा ल्याएको साझा दुःखको प्रतिनिधि कथा हो । झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकमा सङ्क्रमण पुष्टि भएको मङ्गलबार पशुसेवा विभागले विज्ञप्ति जारी गरेर उल्लेख गरेको छ ।

विभागका महानिर्देशक डा. उमेश दाहालले जारी गर्नुभएको विज्ञप्तिमा रोग नियन्त्रणका लागि हालसम्म पाँच लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट गरिएको उल्लेख गरिएको छ । त्यस्तै करिब १० लाख अन्डा र झन्डै दुई लाख केजी दाना पनि नष्ट गरिएको छ ।

तथ्याङ्क सरकारी अभिलेखमा सामान्य अङ्क जस्ता देखिए पनि प्रत्येक अङ्कभित्र किसानको पसिना, लगानी र आशा जोडिएको हुने पोल्ट्री व्यवसायी दयाराम महतले बताउनुभयो ।

एउटा फार्ममा हजारौँ चल्ला नष्ट हुँदा त्यससँगै परिवारको आयस्रोत, बालबालिकाको पढाइ खर्च र भविष्यका योजना पनि प्रभावित हुने उहाँले उल्लेख गर्नुभयो ।

महानिर्देशक दाहालले कोशी प्रदेशका झापा, मोरङ र सुनसरीसहित बारा, महोत्तरी, चितवन र नवलपरासीमा सङ्क्रमण नियन्त्रणमा आइसकेको बताउनुभयो । काठमाडौँ उपत्यका र काभ्रेपलाञ्चोकका केही क्षेत्रमा सङ्क्रमण अझै बढ्दो क्रममा रहेको उहाँले भन्नुभयो । यसले किसान मात्र होइन, सर्वसाधारणलाई पनि चिन्तित बनाएको उहाँले बताउनुभयो ।

बर्डफ्लु मुख्यतः पन्छीमा देखिने रोग भए पनि केही प्रकारका भाइरस मानिसमा समेत सर्न सक्ने भएकाले यसको संवेदनशीलता उच्च मानिने पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा. मनोज शाहीले बताउनुभयो । जोखिमका कारण पशु क्वारेन्टाइन कार्यालयले सीमानाकामा निगरानी बढाइएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले अवैध रूपमा भित्रिने पन्छी नियन्त्रण गरी नष्ट गर्ने अभियान बताउँदै सङ्क्रमित क्षेत्रमा द्रुत कार्यदल परिचालन गरी पन्छी तथा पन्छीजन्य सामग्री नष्ट गरिँदै आएको दाबी गर्नुभयो ।

बर्डफ्लुको असर केवल व्यावसायिक फार्ममा मात्र सीमित छैन । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना समेत सङ्क्रमण देखिएपछि अनिश्चितकालका लागि बन्द गरिएको छ । सामान्य दिनमा बालबालिकाको हाँसो र पर्यटकको चहलपहलले भरिने चिडियाखाना अहिले मौन छ ।

यसले रोगको प्रभाव कृषिक्षेत्रभन्दा बाहिर पर्यटन, मनोरञ्जन र जनजीवनसम्म फैलिएको स्पष्ट देखाउँछ । बर्डफ्लु देखिएको फार्ममा सम्पूर्ण पन्छी नष्ट गर्नुपर्ने नियम छ । रोग नियन्त्रणका लागि यो आवश्यक कदम भए पनि किसानका लागि भने जीवनभरको लगानी एकै पटक समाप्त हुन सक्छ । एक पटक रोग लागेपछि कम्तीमा तीन महिना नयाँ कुखुरा राख्न मिल्दैन । पुनः बर्डफ्लुको जाँच गरेर पूर्ण रूपमा निःसङ्क्रमण गरेपछि मात्रै कुखुरा पाल्न मिल्ने भएकाले किसानले थप क्षति बेहोर्न बाध्य हुने छन् । यस क्षेत्रका विज्ञ पशु चिकित्सक मणिप्रसाद सापकोटाले रोग नियन्त्रणसँगै प्रभावित किसानलाई राहत, क्षतिपूर्ति र पुनस्र्थापनाको कार्यक्रम प्रभावकारी बनाउन नसके कृषक व्यवसायबाट पलायन हुने जोखिम पनि बढ्ने बताउनुभयो ।

पशुसेवा विभागले किसानलाई फार्ममा जैविक सुरक्षा कडाइका साथ पालना गर्न आग्रह गरेको छ । पुराना अन्डा क्रेट पुनः प्रयोग नगर्न, ढुवानीका साधन निःसङ्क्रमण गर्न, जङ्गली चराचुरुङ्गीबाट घरपालुवा पन्छीलाई सुरक्षित राख्न र स्वास्थ्य प्रमाणपत्रबिना पन्छी ओसारपसार नगर्न सचेत गराइएको छ ।

बुधबार, असार १०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो
रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

भर्खरै

  • १.
    सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो

  • २.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • ३.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ४.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ५.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ६.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ७.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ८.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.