• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

ब्राजिल र मोरक्कोको शानदार यात्रा जारी, विश्वकपको नकआउट चरणमा प्रवेश

  •   बिहिबार, असार ११, २०८३ मा प्रकाशित

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’बाट ब्राजिल र मोरक्कोले नकआउट चरणमा स्थान सुरक्षित गरेका छन्। बिहीबार बिहान सम्पन्न खेलमा ब्राजिलले स्कटल्यान्डलाई ३–० ले पराजित गर्दा मोरक्कोले हाइटीमाथि ४–२ को रोमाञ्चक जित निकाल्दै अन्तिम ३२ को यात्रा तय गरेको हो।

मियामी स्टेडियममा भएको खेलमा ब्राजिलका स्टार फरवार्ड भिनिसियस जुनियर नायक बने। उनले दुई गोल गर्दा मथेउस कुन्हाले एक गोल थपे। खेलको सातौं मिनेटमै भिनिसियसले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी समयमा उनले दोस्रो गोल थप्दै टोलीलाई २–० को बलियो स्थितिमा पुर्‍याए।

दोस्रो हाफको ६०औं मिनेटमा कुन्हाले गोल गरेपछि ब्राजिलले ३–० को सहज जित दर्ता गर्‍यो। जितसँगै ब्राजिल ७ अंकसहित समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ।

यता, एटलान्टामा भएको अर्को खेलमा मोरक्कोले हाइटीविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै ४–२ को जित निकाल्यो। खेलमा हाइटीले दुई पटक अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा हार बेहोर्न बाध्य भयो।

आत्मघाती गोलको मद्दतमा सुरुआती अग्रता बनाएको हाइटीविरुद्ध मोरक्कोले ३९औं मिनेटमा बराबरी गोल फर्काएको थियो। त्यसपछि हाइटी फेरि अगाडि बढे पनि पहिलो हाफको अतिरिक्त समयमा मोरक्कोले पुनः खेल बराबरीमा ल्यायो।

दोस्रो हाफमा दबाब बढाएको मोरक्कोले ७८औं मिनेटमा पहिलो पटक अग्रता बनायो भने ८९औं मिनेटमा अर्को गोल थप्दै ४–२ को जित सुनिश्चित गर्‍यो।

समूह चरणको समाप्तिसँगै ब्राजिल र मोरक्को दुवैको समान ७ अंक भए पनि हेड–टु–हेडको आधारमा ब्राजिल शीर्ष स्थानमा रह्यो भने मोरक्को उपविजेताका रूपमा नकआउट चरणमा पुग्यो।

हाइटी भने प्रतियोगिताबाट बाहिरिएको छ। स्कटल्यान्डको सम्भावना कमजोर बने पनि गणितीय रूपमा अझै समाप्त भएको छैन।

बिहिबार, असार ११, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.