• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

असोज ९ मा रिलिज हुने ‘हन्टर’को प्रदर्शन मिति घोषणा, फेस-अफ पोस्टरले बढायो चर्चा

  •   शुक्रबार, असार १२, २०८३ मा प्रकाशित

काठमाडौं । जीवन सिंहको लेखन तथा निर्देशनमा बनेको नेपाली चलचित्र ‘हन्टर’ आगामी असोज ९ गते (सेप्टेम्बर २५) देखि देशभर प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले बिहीबार चलचित्रको नयाँ ‘फेस-अफ’ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।

निर्देशक जीवन सिंहको यो पहिलो निर्देशकीय चलचित्र हो। सार्वजनिक पोस्टरले चलचित्रको कथा, पात्र र द्वन्द्वबारे रोचक संकेत दिएको छ।

ट्राइडेन्ट कन्सेप्टले डिजाइन गरेको पोस्टरमा अभिनेता अरुण क्षेत्री र प्रकाश शाह आमनेसामने देखिएका छन्। प्रकाशको अनुहारमा देखिएको आक्रोश र अरुणको आँखामा झल्किएको प्रतिशोधले उनीहरूबीच हुने सशक्त भिडन्तलाई संकेत गरेको छ। पोस्टरले ‘हन्टर’ र ‘सिकार’बीचको संघर्ष नै कथाको केन्द्रमा रहेको आभास दिलाउँछ।

त्यसैगरी पोस्टरको तल्लो भागमा अरुण क्षेत्री र अभिनेत्री सुप्रज्ञा शर्मालाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ। यसले चलचित्रमा एक्सनसँगै प्रेमकथाले पनि महत्वपूर्ण स्थान पाएको देखाउँछ। निर्माण टिमका अनुसार कथामा प्रेम, द्वन्द्व र प्रतिशोध एकअर्कासँग गहिरोसँग जोडिएका छन्।

निर्देशक सिंहले ‘हन्टर’को कथा समाजका वास्तविक पात्र र घटनाबाट प्रेरित भएर तयार पारिएको बताए। उनका अनुसार चलचित्रले दर्शकलाई यथार्थसँग जोडिएको कथा प्रस्तुत गर्नेछ।

ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा निर्माण भएको चलचित्रका निर्माता ममता सिंह, गोविन्द राज र राज ए. भट्ट हुन्। मनिष चन्द, युना शाही र सन्तोष आस्ना पाल सह–निर्माताका रूपमा रहेका छन् भने रोयल भीमसेन (भीमसेन शाही) कार्यकारी निर्माता हुन्।

चलचित्रमा अरुण क्षेत्री, प्रकाश शाह र सुप्रज्ञा शर्माका साथै गरिमा शर्मा, सरोज खनाल, रमेश बुढाथोकी, रुजा राउत, रोशनी दाहाल, गीता अधिकारी, सुरज भण्डारी, टेकराज शर्मा र लालबहादुर थापालगायत कलाकारको अभिनय रहेको छ।

चलचित्रको सम्पादन निर्देशक सिंह स्वयंले गरेका छन्। कृष्ण थापाको छायांकन, शुक्रराज शाहको द्वन्द्व निर्देशन, विक्रम स्वाँर र सञ्जय खिमजिमको कोरियोग्राफी तथा बाबुल गिरी, चक्र बम र महेश ताम्राकारको संगीत रहेको छ।

दसैंको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको ‘हन्टर’ले एक्सन, प्रेम, इमोसन र सशक्त ड्रामाको संयोजनमार्फत दर्शकमाझ नयाँ स्वाद प्रस्तुत गर्ने निर्माण पक्षको विश्वास छ। चलचित्रको देशव्यापी वितरण आरआर फिल्म्सले गर्नेछ।

शुक्रबार, असार १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.