• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • २. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ३. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

  • ५. पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

  • ६. सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ७. सरकारसँगको वार्तापछि सोनम वाङ्चुकले अन्त्य गरे आमरण अनसन

  • ८. शिक्षामन्त्रीको राजीनामा पछि सीजेपीको आन्दोलन फिर्ता

  • ९. चितवनमा ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

  • १०. विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

‘पार्वती’को ‘नौतुना रेलैमा’मा टिकटक बनाएर जित्नुहोस् ५० हजार रुपैयाँ

  •   आइतबार, असार १४, २०८३ मा प्रकाशित

काठमाडौं । अभिनेत्री नीता ढुङ्गानाको निर्देशनमा बनेको बहुप्रतीक्षित नेपाली फिल्म ‘पार्वती’ले दर्शकलाई लक्षित गर्दै विशेष टिकटक प्रतियोगिता घोषणा गरेको छ। फिल्मको चर्चित रत्यौली गीत ‘नौतुना रेलैमा’मा भिडियो बनाएर सहभागी हुनेहरूले आकर्षक नगद पुरस्कार जित्ने अवसर पाउने भएका छन्।

निर्माण कम्पनी नीता फिल्म्सका अनुसार प्रतियोगितामा सहभागी हुन इच्छुकले ‘नौतुना रेलैमा’ गीतमा सिर्जनात्मक टिकटक भिडियो तयार गरी आफ्नो टिकटक खातामा पोस्ट गर्नुपर्नेछ। भिडियो पोस्ट गर्दा #पार्वती, #भाद्र१२ र #नौतुनारेलैमा ह्यासट्याग अनिवार्य रूपमा प्रयोग गर्नुपर्नेछ।

प्रतियोगिताका विजेतामध्ये प्रथम हुनेले ५० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ र तेस्रो हुनेले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। यसबाहेक उत्कृष्ट पाँच जना सहभागीलाई फिल्म हेर्न निःशुल्क टिकट प्रदान गरिनेछ। निर्माण पक्षका अनुसार भिडियोको सिर्जनशीलता र प्राप्त भ्युजका आधारमा विजेता छनोट गरिनेछ।

हालै सार्वजनिक भएको ‘नौतुना रेलैमा’ गीतले छोटो समयमै दर्शकमाझ राम्रो चर्चा बटुलिरहेको छ। विवाह समारोहमा खेलिने परम्परागत रत्यौलीलाई आधुनिक शैलीमा प्रस्तुत गरिएको गीतको भिडियोमा नीता ढुङ्गाना, दीपाश्री निरौला, अञ्जली अधिकारी, सिरु विष्ट, बसुन्धरा भुसाल, आशा पौडेल, अशोक दर्जी र क्रिमसन श्रेष्ठको आकर्षक नृत्य देख्न सकिन्छ।

विशेषगरी, भिडियोमा दीपाश्री निरौला पुरुषको भेषमा प्रस्तुत भएकी छन् भने नीता ढुङ्गाना परम्परागत महिलाको पहिरनमा देखिएकी छन्। उनीहरूको रमाइलो अभिनय र नृत्यले गीतलाई अझ मनोरञ्जनात्मक बनाएको छ।

फिल्म ‘पार्वती’को कथा, पटकथा र निर्देशन नीता ढुङ्गानाले नै गरेकी हुन् भने स्क्रिनप्ले शिवम् अधिकारीले लेखेका छन्। चलचित्रमा दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेललगायत कलाकारहरूको अभिनय रहेको छ।

फिल्मको छायांकन सुदीप बरालले गरेका हुन् भने नृत्य निर्देशन रामजी लामिछानेको रहेको छ। शंकर पाण्डे कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजर रहेका छन् भने हरिहर अधिकारी निर्माता हुन्।

यसैगरी, फिल्मको सम्पादन तथा टिजर–ट्रेलर साहिल खानले तयार पारेका छन्। पोस्टर डिजाइन रोयल भीमसेनले गरेका हुन् भने वितरणको जिम्मेवारी एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले लिएका छन्। फिल्मको डिजिटल अधिकार ओएसआरसँग रहेको छ।

आगामी भदौ १२ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको ‘पार्वती’ले टिकटक प्रतियोगितामार्फत दर्शकसँग प्रत्यक्ष जोडिने प्रयास गरेको निर्माण पक्षको विश्वास छ।

आइतबार, असार १४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटनामा प्रचण्डको चिन्ता– सरकार अझ जिम्मेवार बन्नुपर्छ
धार्मिक सद्भाव जोगाउन सबै दल एक हुनुपर्छ : गगन थापा
अचानक चक्कर र वान्तापछि बाबुराम भट्टराई ग्राण्डी अस्पतालमा
जब बिर्तामोडको आकाशमा उडे चन्द्र यान र रकेट
सुनसरी घटनाबारे प्रधानमन्त्रीको अपिलः दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति दिइने
आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

Namaste Chitwan

लोकप्रिय

  • १.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • २.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

  • ३.
    छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४.
    अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार

  • ५.
    पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

  • ६.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली

भर्खरै

  • १.
    सुनसरी घटनामा प्रचण्डको चिन्ता– सरकार अझ जिम्मेवार बन्नुपर्छ

  • २.
    धार्मिक सद्भाव जोगाउन सबै दल एक हुनुपर्छ : गगन थापा

  • ३.
    अचानक चक्कर र वान्तापछि बाबुराम भट्टराई ग्राण्डी अस्पतालमा

  • ४.
    जब बिर्तामोडको आकाशमा उडे चन्द्र यान र रकेट

  • ५.
    सुनसरी घटनाबारे प्रधानमन्त्रीको अपिलः दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति दिइने

  • ६.
    आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

  • ७.
    आज साउन १३ गते बुधबारको तपाइको राशिफल

  • ८.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.