• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

असार १५ मा खेतमै पुगे ‘हली’ टिम, धान रोप्दै गरे फिल्मको प्रचार

  •   सोमबार, असार १५, २०८३ मा प्रकाशित

काठमाडौं, असार १५ । आगामी साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘हली’को निर्माण टिमले राष्ट्रिय धान दिवस तथा दही–चिउरा पर्वको अवसर पारेर खेतमै पुगेर धान रोपाइँ गर्दै फिल्मको प्रचारलाई फरक शैलीमा अघि बढाएको छ।

सोमबार ललितपुरको सुनाकोठीमा आयोजित रोपाइँ कार्यक्रममा फिल्मका कलाकार, निर्माता तथा प्राविधिक टोलीले किसानसँगै हिलोमा धान रोप्दै असार १५ मनाएका थिए। कार्यक्रममा अभिनेता प्रमोद दीप, अभिनेत्री सुजता थापा र विद्या कार्की, संगीतकार बाबुल गिरी, निर्माता पूजा गुरुङ र जस्मिन श्रेष्ठलगायतको सक्रिय सहभागिता रहेको थियो।

फिल्मको कथा किसान र ‘हली’को जीवनसँग प्रत्यक्ष रूपमा जोडिएकाले प्रचारका लागि कृत्रिम कार्यक्रमभन्दा वास्तविक खेतमै पुगेर किसानसँग असार १५ मनाउने निर्णय गरिएको निर्माण पक्षले जनाएको छ।

निर्माताद्वय पूजा गुरुङ र जस्मिन श्रेष्ठले असार १५ नेपाली किसानको श्रम, पसिना र आशासँग जोडिएको पर्व भएकाले फिल्मको विषयवस्तुसँग यसको गहिरो सम्बन्ध रहेको बताए। उनीहरूका अनुसार किसानको सम्मानस्वरूप सम्पूर्ण टिमले खेतमा पुगेर रोपाइँमा सहभागिता जनाएको हो।

रोपाइँ कार्यक्रममा कलाकारहरूले पनि किसानसँगै हिलोमा उत्रिएर धान रोपे। उनीहरूले किसानको दैनिक संघर्षलाई नजिकबाट अनुभूति गर्न पाएको भन्दै यस्तो अनुभवले फिल्मप्रतिको जिम्मेवारी अझ बढाएको प्रतिक्रिया दिए।

जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायु फिल्म्सको सहकार्यमा निर्माण भएको ‘हली’ वास्तविक घटनाबाट प्रेरित सामाजिक कथामा आधारित फिल्म हो। निर्देशक तथा लेखक ओम प्रतीकका अनुसार फिल्मले एउटा श्रमिक किसानको संघर्षमार्फत समाज परिवर्तनको सशक्त सन्देश दिन खोजेको छ।

फिल्ममा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडी तथा निर्देशक ओम प्रतीक स्वयंको अभिनय रहेको छ।

यस्तै, फिल्मका गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माको विशेष प्रस्तुति पनि समावेश गरिएको छ। गीतहरूको कोरियोग्राफी कविराज गहतराजले गरेका छन् भने केही गीतमा निर्देशक ओम प्रतीकसँग उनको संयुक्त काम रहेको छ।

फिल्मका कार्यकारी निर्माता अर्जुन भुसाल, सहनिर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्युसर लक्ष्मण कर्मचार्य तथा मुख्य सहायक निर्देशक जीवननाथ गौतम हुन्। राहुल राईको छायांकन रहेको फिल्मको सम्पादन रामप्रसाद चौधरी र विपिन मल्लले गरेका छन्।

फिल्ममा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको छ भने गीतका शब्दमा निर्मात्री जस्मिन श्रेष्ठको पनि योगदान छ। बाबुल गिरी र शान्तिश्री परियारको स्वर रहेका गीतहरूले फिल्मलाई थप आकर्षक बनाउने विश्वास निर्माण पक्षको छ।

कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको ‘हली’लाई नेशनल सिने ग्रुप प्रालिले देशभर वितरण गर्नेछ भने ओएसआर डिजिटल यसको डिजिटल पार्टनरका रूपमा आबद्ध रहेको छ।

सोमबार, असार १५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.