• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

थियटरबाट फिल्मसम्मको यात्रा : ‘लालीबजार’पछि चम्किए अभिनेता विशाल देवकोटा

  •   मङ्गलबार, असार १६, २०८३ मा प्रकाशित

काठमाडौं । अभिनेता विशाल देवकोटाले डेब्यु फिल्म ‘लालीबजार’ मार्फत नेपाली चलचित्र क्षेत्रमा प्रभावशाली प्रवेश गरेका छन्। फिल्ममा उनले निर्वाह गरेको ‘नारायण’ पात्रले दर्शकबाट व्यापक प्रशंसा बटुलिरहेको छ। सामाजिक कुप्रथाविरुद्ध आवाज उठाउने, शिक्षाको महत्व बुझाउने र इमान्दारिताको पक्षमा उभिने पात्रका रूपमा उनको अभिनयलाई दर्शकले विशेष रूपमा रुचाएका छन्।

आज आफ्नो जन्मदिन मनाइरहेका विशाल रंगमञ्चबाट अभिनय यात्रा सुरु गरेका कलाकार हुन्। अभिनयसँगै निर्देशनमा पनि सक्रिय रहेका उनले लामो समय थियटरमा काम गरेपछि रजतपटमा पाइला टेकेका हुन्।

विशाल ‘लालीबजार’ मा अडिसनमार्फत छनोट भएका थिए। निर्माण कम्पनी षट्कोण आर्ट्सका अनुसार उनको अभिनय क्षमताकै आधारमा उनलाई डेब्यु फिल्ममै अभिनेत्री स्वस्तिमा खड्कासँग मुख्य भूमिकामा अभिनय गर्ने अवसर दिइएको हो।

बाल्यकालदेखि नै कलाकार बन्ने सपना बोकेका विशालले थियटरमार्फत अभिनयको आधार तयार पारे। रंगमञ्चमा वर्षौंको अनुभव बटुलेपछि उनले चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन्।

जन्मदिनको अवसरमा उनले आफ्नो डेब्यु फिल्मले दिएको सफलतालाई जीवनकै विशेष उपहारका रूपमा लिएको बताए।

“सानैदेखि कलाकार बन्ने सपना थियो। त्यही सपना पछ्याउँदै आज यहाँसम्म आइपुगेको छु। यसपटकको जन्मदिन अझ विशेष रह्यो। सोमबार मात्रै ‘लालीबजार’को ५१ औँ दिनको सफलता मनाएँ, त्यसको भोलिपल्ट जन्मदिन परेको छ। यो मेरो नयाँ यात्राको सुरुआतजस्तो महसुस भएको छ,” उनले भने।

आफ्नो उमेर सार्वजनिक नगरे पनि जीवन र अभिनय दुवैमा आफू परिपक्व हुँदै गएको उनको भनाइ छ।

उनका अनुसार कान्तिपुर थिएटरमा मञ्चन भएको ‘मीरा’ नाटकले नै उनलाई फिल्मसम्म पुर्‍याउने बाटो खोलिदिएको थियो। सो नाटक हेरेपछि फिल्म ‘लालीबजार’ का निर्माता तथा निर्माण टिमले उनलाई अडिसनका लागि बोलाएको र विभिन्न चरण पार गरेपछि मुख्य भूमिकामा छनोट भएको उनले सुनाए।

“थियटरमा ‘मीरा’ नाटक गरिरहेको बेला प्रदीप भट्टराई सर, रबिन दाइ र जेबी दाइ नाटक हेर्न आउनुभएको थियो। त्यसपछि उहाँहरूले अडिसनका लागि बोलाउनुभयो। धेरै चरण पार गरेपछि फिल्ममा छनोट भएँ। थियटरमा गरेको संघर्ष अहिले फल दिन थालेको अनुभूति भइरहेको छ,” उनले बताए।

‘लालीबजार’को सफलतापछि विशाललाई नयाँ चलचित्रका प्रस्तावहरू आउन थालेका छन्। अहिले विभिन्न निर्माण टिमसँग छलफल भइरहेको बताउँदै उनले नयाँ परियोजना छनोटमा हतार नगर्ने स्पष्ट पारे।

“केही फिल्मका प्रस्ताव आएका छन्। केही निर्देशक र निर्मातासँग कुराकानी पनि भइरहेको छ। तर, कुन प्रोजेक्ट गर्ने भन्ने निर्णय गरिसकेको छैन। अब नयाँ यात्राको तयारीमा जुट्दैछु,” उनले भने।

झण्डै नौ वर्षअघि चितवनबाट अभिनयको सपना बोकेर काठमाडौं आएका विशालले पहिलो चलचित्रबाटै दर्शकको मन जित्न सफल भएका छन्। फिल्मको प्रचारप्रसारका क्रममा मोफसल भ्रमणमा पुगेका बेला धेरै दर्शकले उनलाई ‘छोरा होस् त नारायण जस्तो’ भन्ने प्रतिक्रिया दिएको स्मरण गर्दै उनले त्यो माया र विश्वासलाई आगामी चलचित्रहरूमा अझ सशक्त अभिनयमार्फत कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मङ्गलबार, असार १६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.